२०८३, आश्विन २३ गते

Oct 09 2026

images
images

लगातारको वर्षाले शिद्धबाबामा पहिरो, बुटवल पाल्पा सडकखण्ड अवरुद्ध

लुम्बिनी पत्रिकाले सञ्चालनमा ल्याएको आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, अन्तर्वार्ता, सूचना प्रविधि तथा जीवनका विभिन्न आयामका सम्पूर्ण समाचार र विश्लेषणलाई समुचित रूपमा पस्कँदै आएको छ।
मंगलवार, श्रावण २० २०८२
मंगलवार, श्रावण २० २०८२
  • बुटवल । अविरल वर्षाका कारण बुटवल–पाल्पा सडकखण्ड अन्तर्गत तीनाउ गाउँपालिका ३शिद्धबाबा मन्दिर  नजिकै पहिरो खस्दा सडकमा पूर्ण रुपमा अवरुद्ध बनेको छ।

    इलाका प्रहरी कार्यालय दोभानका अनुसार शिद्धबाबा मन्दिर नजिकै सडक माथिबाट ठूलो चट्टान र माटोसहितको पहिरो खसेपछि सडक दुबैतर्फबाट अवरुद्ध भएको हो। 

    निरन्तर वर्षा भइरहेकाले थप पहिरो खस्ने सम्भावना रहेको र सुरक्षालाई मध्यनजर गर्दै तत्काल ठूलो मेसिन पठाउन कठिन भएको जनाइएको छ।

    पहिरो पन्छाउन डोजरले जाेखिमपूर्ण रहेकाे र ठूला चट्टानहरू खसिरहेकाे भनेर जान नमानेकाेले कतिबेला सडक खुल्ने एकिन नभएकाे प्रहरीले जनाएकाे छ । 

    सोही क्षेत्रमा सोमबार बिहान १० बजेदेखी अपराह्न ४ बजेसम्म पहिरोका कारणले सडक अवरुद्ध बनेको थियो।

    यस क्षेत्रमा वर्षाकाे समयमा निकै लामाे समय पहिलेदेखी नै पहिराे जाने कारणले गर्दा दुर्घटनाहरु बढेसंगै सरकारले सुरुङमार्ग निर्माण गरेकाे छ । सुरुङकाे ब्रेक थ्रु भइसकेकाे छ भने लाइनिङकाे कामहरु भइरहेकाे छ । 

    images
    images
    images
    images

    © 2026 All right reserved to lumbinipatrika.com  | Site By : Sobij