२०८३, आश्विन २३ गते

Oct 09 2026

images
images

बाँझो जमिन उपयोग गर्नेलाई अनुदान

बाँझो जमिन उपयोग गर्नेलाई अनुदान

बाँझो जमिन उपयोग गर्नेलाई अनुदान

बाँझो जमिन उपयोग गर्नेलाई अनुदान

बाँझो जमिन उपयोग गर्नेलाई अनुदान
लुम्बिनी पत्रिकाले सञ्चालनमा ल्याएको आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, अन्तर्वार्ता, सूचना प्रविधि तथा जीवनका विभिन्न आयामका सम्पूर्ण समाचार र विश्लेषणलाई समुचित रूपमा पस्कँदै आएको छ।
मंगलवार, श्रावण २० २०८२
मंगलवार, श्रावण २० २०८२
  • स्याङ्जाको पुतलीबजार नगरपालिकाले बाँझो जमिनलाई उपयोगमा ल्याउने कार्यक्रम अघि सारेको छ । नगरपालिकाले बाँझो जमिनमा खेती गर्ने किसानलाई प्रति रोपनी २ हजार रुपैयाँ अनुदान दिएर किसानलाई आकर्षित गर्ने योजना अघि सारेको छ । पहाडमा खेतीयोग्य जमिन बाँझो भएपछि त्यसको उपयोगबारे विभिन्न विकल्पको खोजी भइरहेका बेला पुतलीबजार नगरपालिकाको यो कार्यक्रमले बाँझो जमिन उपयोग हुनसक्छ ।


    मध्य पहाड सम्भावनाको खानी हो, तर अवसरको खोजीमा शहर, तराई र वैदेशिक रोजगारीमा जाँदा मध्यपहाडमा जग्गा बाँझो हुने क्रम बढेको छ । काम गर्न सक्ने युवा जनशक्तिको बढ्दो पलायनले पहाडमा दिनप्रतिदिन खेतीयोग्य जग्गा बाँझो भइरहेको छ । पहाडबाट भइरहेको तीब्र बसाईसराइले पनि जनसंख्या घट्दो छ । अहिलेको अवस्था कायम रहने हो भने आगामी दिनमा जनसंख्या अझै घट्दै जाने देखिन्छ । खेतीयोग्य जमिन बाँझो हुँदा खाद्य संकट निम्तिने जोखिम छ । खेतीयोग्य जमिनलाई सकेसम्म प्रयोगमा ल्याउँदा खाद्यान्नमा आत्मनिर्भरतर्फको यात्रा हुन्छ । दिनप्रतिदिन बाँझो हुँदा त्यसको असर उत्पादनमा पर्ने जोखिम छ ।


    पहाडमा अहिले विकास पुगेको छ । गाउँ–गाउँमा सडक पुगेको छ । विद्यालयमा पूर्वाधार राम्रो छ । स्वास्थ्य चौकी भवन मात्रै होइन्, सेवा प्रवाह पनि राम्रो छ । जिल्ला सदरमुकाम अहिले नागरिकताको कामको लागि मात्रै जानुपर्छ । पहिले कृषि, शिक्षालगायत अरु कामका लागि सदरमुकाम जानुपर्ने बाध्यता छैन । अहिले पालिका कार्यालय र वडा कार्यालयबाटै धेरै काम हुन्छ । मुलुक संघीयतामा गएपछि गाउँघरमै सेवाप्रवाह छिटो छरितो हुन्छ । गाउँमा विकास पुगेको छ, तर मान्छे छैनन् । विकासमा भएको असमानताले मानिसहरु बढी विकास भएको ठाउँमा जान खोज्नु स्वाभाविकै हो । व्यवसायिक खेतीको विकास गर्ने र नागरिकलाई लगाउन सक्ने हो भने आम्दानीको बाटो खुल्छ । शहर पसेकाहरु गाउँमै आम्दानी भएपछि फर्कन्छन् ।

    पाल्पाको रिब्दीकोट गाउँपालिकाले अकबरे खुर्सानी खेतीमा प्रोत्साहन गरेपछि यहाँका किसानले राम्रो आम्दानी गर्न थालेका छन् । शहर पसेका  र विदेश गएका केही युवा गाउँ फर्केका छन् । गुल्मीको छत्रकोट गाउँपालिकाका विदेश जान हिंडेका केही युवा राहदानी च्यातेर गाउँ फर्केर व्यवसायिक कृषिमा रमाएका छन् । गाउँमा अवसर छ । संभावना छ । स्थानीय तहले गाउँमै टिक्ने वातावरण बनाउन प्रदेश र संघीय सरकारको सहयोग लिनुपर्छ । यी दुई गाउँपालिकाका मोेडललाई अरु पालिकाले पनि अनुशरण गर्न सक्छन् । पुतलीबजार नगरपालिकाको मोडल अरु पालिकाका लागि पनि अनुकरणीय हुनसक्छ ।


    अब पालिकाले आफ्नै मोडल तयार गरी खेतीयोग्य जमिनको उपभोग गर्ने नीति लिनुपर्छ । कतै लिजमा दिएर खेती गर्न सकिन्छ । जमिन करारमा दिएर खेतीपाती गर्न सकिन्छ । कतै सहकारीले बाँझो जमिन प्रयोग गरी उत्पादन गर्न सक्छन् । सबै ठाउँमा एउटै मोडल लागू नहुन सक्छ ।  त्यो मोडल तयार गर्न प्रदेश र संघीय सरकारले सहजीकरण गर्न सक्छन् ।

    images
    images
    images
    images

    © 2026 All right reserved to lumbinipatrika.com  | Site By : Sobij