२०८३, आश्विन २३ गते

Oct 09 2026

images
images

सुशासन, सुरक्षा र सहज सेवा प्रवाह प्राथमिकताः प्रजिअ पाण्डे

सुशासन, सुरक्षा र सहज सेवा प्रवाह प्राथमिकताः प्रजिअ पाण्डे

सुशासन, सुरक्षा र सहज सेवा प्रवाह प्राथमिकताः प्रजिअ पाण्डे

सुशासन, सुरक्षा र सहज सेवा प्रवाह प्राथमिकताः प्रजिअ पाण्डे

सुशासन, सुरक्षा र सहज सेवा प्रवाह प्राथमिकताः प्रजिअ पाण्डे
पत्रकारितामा क्रियाशिल विगत १३ वर्षदेखि रूपन्देहीलाइ कार्यक्षेत्र बनाइ अर्थ, सुरक्षा, खेल र समसमायिक तथा खोजमूलक विषयमा कलम चलाउँछन् ।
मंगलवार, श्रावण २० २०८२
मंगलवार, श्रावण २० २०८२
  • भैरहवा
    रुपन्देही नयाँ प्रमुख जिल्ला अधिकारी डा. टोकराज पाण्डेले सुशासन, शान्ति सुरक्षा र नागरिकलाई दिइने सेवा प्रवाहलाई  प्राथमिकतामा राखेर काम गर्ने बताएका छन् । 


    गृह मन्त्रालयको विपद तथा द्वन्द्व व्यवस्थापन महाशाखाका प्रमुखबाट सरुवा भई पाण्डे आइतबार रुपन्देहीको प्रजिअको जिम्मेवारी सम्हाल्न आएका हुन् । जिल्लाका पत्रकारहरुसँग सोमबार अन्तरक्रिया कार्यक्रममा प्रजिअ पाण्डेले नागरिकले सुशासनको प्रत्याभूति गर्ने गरी काम गर्ने बताए । उनले आसन्न उप–निर्वाचनलाई स्वतन्त्र, निष्पक्ष र भयरहित ढंगले सम्पन्न गर्ने प्रतिबद्धता समेत जनाए । ‘सेवाग्राहीका काम हुन्छ भने गरिदिने र हुँदैन भने यो यो कारणले हुँदैन भनेर जानकारी गराउँछु, हुँदैन भनेको काम पछि तेस्रो पक्षको पहलबाट हुन्छ भन्ने कुरा मबाट हुँदैन ।’–उनले भने । 


    भारतको सिमासँग जोडिएको जिल्ला रहेकोले सुरक्षा चुनौती, भन्सार छलीलगायत अवैध गतिविधि नियन्त्रणलाई पनि आफूले प्राथमिकता दिने प्रजिअ पाण्डेले प्रतिबद्धता जनाए । 


    उनले पत्रकारलाई दिइने सूचना प्रवाह र अनुगमनलाई व्यवस्थित र पारदर्शी बनाउने समेत प्रतिबद्धता जनाए । ‘नियत गलत नराखेपछि नतिजा राम्रो आउँछ भन्नेमा म स्पष्ट छु ।’–उनले भने । रुपन्देही  रणनैतिक हिसाबले महत्वपूर्ण रहेकोले यसको मर्म र मर्यादा  बुझेर काम गर्ने उनले जनाए ।  

    उनले नियमित कामसँगै विकास निर्माणमा सहजीकरण गर्ने, आयोजना प्रमुखहरुलाई परेको जटिलतालाई समाधान गर्नेतर्फ सहजीकरण गर्ने र शान्ति सुरक्षालाई छिटो छरितो प्रवाह गर्ने बताए ।उनले रुपन्देहीका पत्रकार र  सञ्चारमाध्यमहरुको भूमिका प्रशंसनीय रहेको बताउँदै सञ्चारमाध्यमबाट आलोचनात्मक दृष्टिकोणले रचनात्मक भूमिकाको अपेक्षा रहेको बताए । उनले आफू प्रेस स्वतन्त्रताको पक्षपाती भएको उल्लेख गर्दै व्यवसायिक पत्रकारिता गर्दा कतैबाट चुनौती आए सुरक्षा दिने जिम्मा आफ्नो भएको प्रतिबद्धता पनि जनाए । 


    प्रजिअलाई सुझाव दिँदै सञ्चारकर्मीहरुले नदी दोहन, तस्करी, क्यासिनोहरुमा हुने अवैध कारोबारलाई नियन्त्रणमा इमान्दार भएर काम गर्न र नतिजा दिन  आग्रह गरे ।  

    images
    images
    images
    images

    © 2026 All right reserved to lumbinipatrika.com  | Site By : Sobij