२०८३, आश्विन २३ गते

Oct 09 2026

images
images

लुम्बिनी प्रदेश स्वास्थ्य मन्त्रालयको ८६.५१ प्रतिशत प्रगति

लुम्बिनी प्रदेश स्वास्थ्य मन्त्रालयको ८६.५१ प्रतिशत प्रगति

लुम्बिनी प्रदेश स्वास्थ्य मन्त्रालयको ८६.५१ प्रतिशत प्रगति

लुम्बिनी प्रदेश स्वास्थ्य मन्त्रालयको ८६.५१ प्रतिशत प्रगति

लुम्बिनी प्रदेश स्वास्थ्य मन्त्रालयको ८६.५१ प्रतिशत प्रगति
लुम्बिनी पत्रिकाले सञ्चालनमा ल्याएको आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, अन्तर्वार्ता, सूचना प्रविधि तथा जीवनका विभिन्न आयामका सम्पूर्ण समाचार र विश्लेषणलाई समुचित रूपमा पस्कँदै आएको छ।
पाेखरेल पाल्पामा रहेर समसामयिक विषयमा कलम चलाउँछन् ।
मंगलवार, श्रावण २० २०८२
मंगलवार, श्रावण २० २०८२
  • पाल्पा 
    लुम्बिनी प्रदेश स्वास्थ्य मन्त्रालयले आर्थिक वर्ष २०८१-०८२ मा ८६.५१ प्रतिशत वित्तीय प्रगति हासिल गरेको छ । प्रदेश मन्त्रालयमै प्रदेश स्वास्थ्यमन्त्री खेमबहादुर सारुले मन्त्रालयमा एक वर्षभित्र भएका सुशासन, पारदर्शिता, जवाफदेहिता र गुणस्तरीय सेवाप्रवाहमा आधारित रहेर २५ बुँदे उपलब्धि सार्वजनिक गरेका हुन् । 


    स्वास्थ्यमन्त्री सारुले बुटवलमा निर्माण भइरहेको १२ सय शैयाको लुम्बिनी प्रादेशिक अस्पतालको २०८१ भदौ १५ मा शिलान्यास भई हालसम्म २७ प्रतिशत भौतिक प्रगति भएको,  स्वास्थ्य प्रणालीलाई कानुनी रूपमा व्यवस्थित गर्न मन्त्रालयले ९ वटा नियमावली, कार्यविधि र निर्देशिकाहरू स्वीकृत तथा परिमार्जन गरेको, पाँचवर्षे मानसिक स्वास्थ्य तथा मनोसामाजिक रणनीति मन्त्रिपरिषद्बबाट पारित भई कार्यान्वयनको चरणमा  रहेको मन्त्री सारुले बताए । 


    प्रदेशका सबै अस्पतालहरूमा ५४ प्रकारका सेवा तथा शुल्कमा एकरूपता कायम गरी वडापत्र र वेबसाइटमार्फत् सार्वजनिक गरिएको, स्वास्थ्य मन्त्रालय तथा मातहतका निकायहरूमा रहेका ४१ वटा सवारीसाधनमा जीपीएस ट्रयाकिङ प्रणाली लागू गरिएको, लुम्बिनी प्रादेशिक अस्पतालमा अनलाइन टिकट, डिजिटल भुक्तानी, स्तन स्वास्थ्य सेवा क्लिनिक, ९० शैयाको आन्तरिक रोग वार्ड, एम. आर. आई. सेवा सञ्चालनको तयारी, रगत संकलन तथा भण्डारण केन्द्रको व्यवस्थालगायतका कामहरुलाई प्रगती प्रतिवेलनमा समावेश गरिएको छ ।


    प्रदेश स्वास्थ्य मन्त्रालयले क्यान्सर, मुटु र मृगौला प्रत्यारोपण उपचारकालागि जिल्ला स्वास्थ्य कार्यालयमार्फत् सिफारिसको व्यवस्था लागू गरिएको छ भने १३ स्थानीयतहमा २६ जना रोभिङ्ग नर्स खटाइ मानसिक स्वास्थ्य, पोषण तथा मातृमृत्यु न्यूनीकरणसम्बन्धी सेवा र परामर्शकार्य सञ्चालन गरेको छ । गुल्मी अस्पतालमा विद्युतीय स्वास्थ्य अभिलेख प्रणाली लागू, मन्त्रालयस्तरमा सरकारी सूचना व्यवस्थापन प्रणालीमार्फत् सेवा प्रवाह, अस्पतालमा प्रयोग हुने उपकरण तथा सामग्री व्यवस्थापनका लागि उपकरण व्यवस्थापन सूचना प्रणाली सञ्चालनलगायतका कामहरु भएको मन्त्रालयले जनाएको छ ।


    यसैगरी स्वास्थ्य बिमा तथा जनस्वास्थ्य सेवा विस्तारअन्तर्गत ३हजार ८ सय ५१ जना बिरामीलाई विशेष आर्थिक सुविधा प्रदान गरिएको छ भने १ लाख ४ हजारभन्दा बढी नागरिकको नसर्ने रोग स्क्रिनिङ गरिएको छ । ३९ हजारभन्दा बढी ज्येष्ठ नागरिकलाई घरमै स्वास्थ्य सेवाप्रदान गरिएको छ भने ६९ हजारभन्दा बढी गर्भवती महिलाले संस्थागत प्रसूति सेवा लिएका छन् । मन्त्रालय मातहतका २, हजार ६४ जना कर्मचारीलाई स्वास्थ्य बिमामा आबद्ध गराइएको छ र ९ जिल्लामा मृगौलाको डायलाइसिस सेवा विस्तार गरिएको मन्त्रालयले सार्वजनिक गरेको छ । 


    ५० शैयाको भालुवाङ अस्पतालमा कर्मचारी नियुक्ति गरी सेवा सुरु गरिएको, ४ वटा स्वास्थ्य संस्था भवन निर्माण सम्पन्न हुनुका साथै ७ वटा निर्माणाधीन अवस्थामा रहेको बताइएको छ । प्यूठानमा आयोजितनिःशुल्क स्वास्थ्य शिविरमार्फत् ७६ जना महिलाको पाठेघरको शल्यक्रिया, १०२ नम्बरमार्फत् प्रादेशिक एम्बुलेन्स सेवा सञ्चालन, तीन जिल्लामा फेमिली हेल्थप्रोफाइल तयार  गरिएको तथा आगामी आर्थिक वर्षमा थप चार जिल्लामा विस्तार गरिने योजना रहेको मन्त्रालयले जनाएको छ । मन्त्री सारुले प्रदेशवासीको स्वास्थ्य सुधारमा मन्त्रालयले निरन्तरता दिने प्रतिबद्धता व्यक्त गर्दै आगामी दिनमा अझ प्रभावकारी, सर्वसुलभ र जनउत्तरदायी सेवाप्रवाहमा केन्द्रित हुने प्रतिबद्धता गरेका छन् । 


    रिक्त प्राविधिक दरबन्दीमा करार सेवामार्फत् जनशक्ति भर्ना गरी सेवाविस्तार, प्रदेशका १२ वटै जिल्लामा  पूर्णखोप  सुनिश्चितता कायम, ३० स्थानीयतहलाई  संस्थागत प्रसूति सेवायुक्त पालिका घोषणा, महिला, बालबालिका तथा किशोरी लक्षित पोषण सुधार कार्यक्रम सबै जिल्लामा सञ्चालन, बिजौरी आयुर्वेद चिकित्सालयबाट सुरु गरिएको स्वर्णबिन्दु प्राशन सेवाविस्तारका लागि मानव कार्यविधि तयारी अनुसार अब सबै जिल्लामा विस्तारको तयारी भएको मन्त्रालयले जनाएको छ ।

    images
    images
    images
    images

    © 2026 All right reserved to lumbinipatrika.com  | Site By : Sobij