२०८३, आश्विन २३ गते

Oct 09 2026

images
images

दाउन्ने खण्डमा दुई दिनदेखि सडक अवरुद्ध

दाउन्ने खण्डमा दुई दिनदेखि सडक अवरुद्ध

दाउन्ने खण्डमा दुई दिनदेखि सडक अवरुद्ध

दाउन्ने खण्डमा दुई दिनदेखि सडक अवरुद्ध

दाउन्ने खण्डमा दुई दिनदेखि सडक अवरुद्ध
श्रेष्ठ नवलपरासी (बसुपू) मा रहेर पत्रकारितामा क्रियाशिल छन् ।
मंगलवार, श्रावण २० २०८२
मंगलवार, श्रावण २० २०८२
  • नवलपुर । पूर्वपश्चिम राजमार्गको बुटवल नारायणगढ सडक खण्ड अन्तरगत नवलपुरको दाउन्ने खण्ड दुई दिनदेखि लगातार अवरुद्ध भएको छ । 


    सोमबार विहानैदेखि सडक अवरुद्ध भएको हो । सोमबारको तुलनामा आज मंगलबार सडक झन विग्रिएको जिल्ला ट्राफिक प्रहरी कार्यालय नवलपुरका प्रहरी निरीक्षक जनकराज बन्जाराले जानकारी दिए । नवलपुरको दाउन्ने विश्वकर्मा मन्दिर नजिकै पूर्वपश्चिम राजमार्ग अवरुद्ध भएको छ ।  

    प्रहरीका अनुसार पूर्वपश्चिम राजमार्ग अन्तरगत नारायणगढ बुटवल सडक खण्डको विनयी त्रिवेणी गाउँपालिका २ विश्वकर्मा मन्दिर नजिकै बाटो अवरुद्ध भएको हो । 
    ३ दिनदेखि लगातार परेको पानीले बाटो हिलो र चिप्लो भएको छ भने पानीले बाटोका माटो र गेगर बगाएर खाल्टा खुल्टी पनि भएको छ । 


    जिल्ला ट्राफिक प्रहरी कार्यालय नवलपुरका प्रहरी निरीक्षक जनकराज बन्जाराले उकालोमा सवारी साधनहरु बाटो चिप्लोका कारण उक्लन नसकेर लामो लाइन लाग्न थालेको छ । 


    दाउन्नेमा बाटो विग्रिए पछि सवारी साधनलाई अहिले दुम्किबास र बर्दघाट रोकेर राखिएको छ । हिजो र चिप्लोले उकालोमा सवारी साधन पास नै हुन नसकेको जिल्ला प्रहरी कार्यालय नवलपुरका प्रहरी उपरीक्षक यादव ढकालले बताए । 


    अवरुद्ध सडक खुलाउने प्रयास भई रहे पनि पानी नरोकिएसम्म बाटो खुलाउन सकिने सम्भावना निक्कै कम रहेको प्रहरीले जनाएको छ । 


    दाउन्नेको १४ किलोमिटर सडक खण्ड मध्ये दाउन्ने केन्द्रित रहेर अहिले सडक विस्तारको काम भए पनि यहाँ सडक ढलान तथा कालो पत्रे हुन नसक्दा सामान्य पानीमा बाटो हिलो हुने र घाम लाग्दा बाटो धुलाम्य हुने गरेको छ । 
    १४ किलोमिटर सडक खण्ड मध्ये पश्चिम तफर्ः ३ किलोमिटर बाटो कालो पत्रे भएको छ भने पूर्व र पश्चिम खण्डमा गरी करिब २ किलोमिटर सडक एकतर्फी ढलान भएको छ । 


    अहिले सबैभन्दा बढी दाउन्नेको विश्वकर्मा मन्दिर आसपासको क्षेत्रमा समस्या देखिने गरेको छ । यहाँ कल्भर्ड निर्माणको काम नसकिएको कारण बाटो एकतर्फी मात्र रहेको छ । भने कतिपय ठाउँमा ढालनको काम भईरहेको क्षेत्रमा पनि बाटो एकतर्फी रहेको छ । यस क्षेत्रमा अहिले पनि ४ ठाउँमा सडक एकतर्फी रहेको प्रहरी उपरीक्षक ढकालले बताए । उनका अनुसार एउटा सवारी साधन उकालोमा पास हुँन १५÷२० मिनेटसम्म लाग्ने गरेको छ ।

    images
    images
    images
    images

    © 2026 All right reserved to lumbinipatrika.com  | Site By : Sobij