२०८३, आश्विन २३ गते

Oct 09 2026

images
images

विपदबाट बच्न सर्तकता

विपदबाट बच्न सर्तकता

विपदबाट बच्न सर्तकता

विपदबाट बच्न सर्तकता

विपदबाट बच्न सर्तकता
लुम्बिनी पत्रिकाले सञ्चालनमा ल्याएको आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, अन्तर्वार्ता, सूचना प्रविधि तथा जीवनका विभिन्न आयामका सम्पूर्ण समाचार र विश्लेषणलाई समुचित रूपमा पस्कँदै आएको छ।
बुधवार, श्रावण २१ २०८२
बुधवार, श्रावण २१ २०८२
  • लामो खडेरीपछि दुई दिनदेखि वर्षा भइरहेको छ । बाढी, पहिरो र डुबानको जोखिम बढेको छ । वर्षाले कतै ठूलो क्षति नभए पनि सम्भावित जोखिम न्यूनीकरणका लागि सर्तकता आवश्यक छ । विपद््को पूर्वतयारीका कार्यमा ध्यान दिन सके क्षति न्यूनीकरण गर्न सकिन्छ । 


    विपद् व्यवस्थापनमा पूर्व तयारी र कार्य तथा विपद्पछिको उद्दार र राहतमा सरकारको ध्यान जानुपर्छ । गत वर्ष विपद व्यवस्थापनमा चुक्दा ठूलो जनधनको क्षति भयो । यो वर्ष रसुवामा आएको बाढीको उद्दारमा सर्तकता अपनाउँदा नागरिकले राज्यको अनुभूति गर्न पाए । विपद्को पूर्व तयारी र प्रतिकार्यमा अझै पनि हामी कमजोर छौँ । उद्दार र राहतका लागि जति सक्रियता छ, विपद् रोक्नका लागि पहलकदमी कमजोर छ । विपद् रोक्न सक्रियता कमजोर हुँदा ठूलो जनधनको क्षति भएको पाठ सिक्न राज्य चुकिरहेको छ ।


    यो वर्ष नेपालमा सरदर मितिभन्दा १५ दिन छिटो मनसुन प्रवेश ग¥यो । जल तथा मौसम विज्ञान विभागका अनुसार, नेपालमा मनसुन भित्रिने सरदर मिति जुन १३ रहे पनि मे २९ मा नै मनसुन भित्रिएको थियो  । त्यसैगरी यो वर्ष सरदरभन्दा बढी वर्षा हुने प्रक्षेपण गरिएको छ । जेठ १८ देखि असोज १४ सम्मको चार महिनाको मनसुन ऋतुमा देशका अधिकांश स्थानमा सरदरभन्दा बढी वर्षा प्रक्षेपण जल तथा मौसम विज्ञान विभागले गरेको छ । सरदरभन्दा बढी वर्षा हुने दर ३५ देखि ६५ प्रतिशत रहेकोले विपद पूर्व तयारी तथा प्रति कार्यका लागि सहज भएको छ । गत वर्ष पनि जल तथा मौसम विज्ञान विभागले ४५ देखि ६५ प्रतिशत बढी वर्षा हुने आकलन गरेको थियो । अझै दिन र ठाउँ नै तोकेर वर्षा धेरै हुने प्रक्षेपण गर्दा समेत सरकारले सजगता अपनाउन नसक्दा ठूलो मानवीय र भौतिक क्षति भयो । जल तथा मौसम विज्ञान विभागले गरेको प्रक्षेपणअनुसार रात्रि बस सञ्चालन रोक र जोखिमयुक्त सडकमा चुस्त निगरानी राख्ने योजना भए पनि कार्यान्वयनमा ध्यान नदिँदा काठमाडौं जाँदै गरेका गाडी पहिरोमा पर्दा चार दर्जनको ज्यान गयो । सिन्धुपाल्चोक, काभ्रे र काठमाडौंमा पनि बाढी र पहिरोले ठूलो क्षति भयो । गत वर्षको क्षतिले पूर्व तयारी र प्रति कार्य योजना कार्यान्वयन प्राथमिकतामा पर्नुपर्छ भन्ने सन्देश दिएको  छ । यो वर्ष पनि ३५ देखि ६५ प्रतिशत बढी वर्षा हुन्छ भन्ने प्रक्षेपण भएको छ । अझ लुम्बिनी र गण्डकी प्रदेशमा सरदरभन्दा बढी वर्षा ५५ देखि ६५ प्रतिशत हुने प्रक्षेपण भएकाले लुम्बिनी र गण्डकी बढी जोखिममा छन् भन्ने आँकलन गर्न सकिन्छ । 


    मुलुकमा संघीय शासन प्रणाली स्थापना भएपछि तहगत सरकारले विपद् पूर्वतयारी तथा प्रतिकार्य योजना निर्माण र कार्यान्वयनलाई जोड दिँदै आएका छन् । कार्ययोजनामा तहगत सरकारले गर्नुपर्नेकाम, समन्वय र सहकार्य प्रष्ट उल्लेख भए पनि कार्यान्वयन फितलो हुँदा जोखिम न्यूनीकरण हुन सकिरहेको छैन । कार्यवाहक प्रधानमन्त्री प्रकाशमान सिंहले मनसुनजन्य विपद् जोखिम बढेपछि सरकारका सम्पूर्ण निकायहरूलाई आवश्यक सतर्कता अपनाउन निर्देशन दिएर पहलकदमी लिएका छन् । विपद् रोक्न र भइहाले क्षति न्यूनीकरण गर्न सरोकारवाला सरकारी निकायबिच समन्वय गरी अघि बढ्ने हो भने विपद् जोखिम न्यूनीकरण गर्न सकिन्छ ।

    images
    images
    images
    images

    © 2026 All right reserved to lumbinipatrika.com  | Site By : Sobij