२०८३, आश्विन २३ गते

Oct 09 2026

images
images

प्राकृतिक नियम र करुणाको दर्शनः बौद्ध

प्राकृतिक नियम र करुणाको दर्शनः बौद्ध

प्राकृतिक नियम र करुणाको दर्शनः बौद्ध

प्राकृतिक नियम र करुणाको दर्शनः बौद्ध

प्राकृतिक नियम र करुणाको दर्शनः बौद्ध
लुम्बिनी पत्रिकाले सञ्चालनमा ल्याएको आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, अन्तर्वार्ता, सूचना प्रविधि तथा जीवनका विभिन्न आयामका सम्पूर्ण समाचार र विश्लेषणलाई समुचित रूपमा पस्कँदै आएको छ।
बुधवार, श्रावण २१ २०८२
बुधवार, श्रावण २१ २०८२
  • अम्बिसा अधिकारी

    प्राकृतिक नियम भनेको प्रकृतिमा आफैँ निर्माण भएको नियम हो । यी नियम पृथ्वीमा उत्पन्न हुने सबै जीव र वस्तुहरूमा निरन्तर लागू हुन्छ । प्राकृतिक नियम हामी मान्छेले बनाएको नियम होइन यो नियम प्रकृति निर्मित नियम हो । प्राकृतिक नियमहरू त्यस्तो नियम हुन् जुन न त मान्छेले बनाउन मिल्छ न बदल्न न त यसलाई बिगार्न सकिन्छ । जसरी सूर्य प्राकृतिक वस्तु हो वा पानी आफैँ बग्छ यसलाई हामी मानिसले बदल्न सक्दैनौँ । 


    जीवनभरि अरुलाई मनबाट निःस्वार्थ प्रेम र सेवा गर्नु नै करुणा हो । अरुको दुःखलाई पनि आफ्नै दुःख सम्झिनु र सेवा गर्नु अरुको दुःखलाई पनि आफ्नै दुःख सम्झिएर समाजमा सहायता गर्न उत्पन्न हुने भावना नै करुणा हो । संसारमा कयौं यस्ता व्यक्तिहरू छन्, जो आफूमा आत्मनिर्भर छैनन् र तिनीहरूको जीवनमा कयौं दुःख आउँछ । जसलाई कम गर्न हृदयदेखि उत्पन्न हुने माया नै करुणा हो ।


     नेपालको पहिचान हिमाल, पहाड, संस्कृति र ऐतिहासिक सम्पदा मात्र होइन्, यसमा कानुनी प्रणाली पनि एक महान परिवर्तनका रुपमा मानिन्छ । बौद्ध न्यायशास्त्र सरकारी कानुन मात्र नभएर एक करुणाको प्रणाली पनि हो । जहाँ नियम जीवनलाई सही मार्गदर्शन गराउन सिकाउँछ र न्याय दुःखलाई कम गराउन सिकाउँछ । प्राकृतिक नियमलाई बौद्ध दृष्टिकोणले हेर्दा यो सर्वत्र खोज हो, जहाँ न त सरकारको शक्तिले बदल्न सकिन्छ । यो त प्राकृतिक नियम हो यी सबै मानिसको स्वभावले निर्देशित नियम हुन् । प्राकृतिक नियम सबै जीवित प्रणालीका लागि एउटै हो र यो नियम सबैका लागि समान छ । प्राकृतिक नियम र करुणाको दर्शनको एक अर्कामा पारस्परिक सम्बन्ध छ, जसले हरेक वस्तु र कार्यको निर्धारण गर्छ र त्यसबाट उत्पन्न हुने विषयवस्तुलाई नियम कानुनको रुपमा लागू गरिन्छ । कुनै पनि कार्यको उत्पादन निश्चित छ र हरेक पाइलामा कानुन र न्यायको उत्तिकै महत्व छ र समाज परिवर्तनका लागिहरेक पाइलामा नियमको लागू हुनु जरुरी छ ।


     प्राकृतिक नियमहरू यस्तो नियम हुन् कि जहाँ सृष्टिको स्वत; हिँड्ने जीव, जहाँ जन्म, वृद्धि, नष्ट, मृत्यु, जस्ता प्रक्रिया बिना कुनै भेदभाव निरन्तर अगाडि बढेका हुन्छन् । जब मानिसले आफ्नो मनको पीडा, दुःख, भोगाई ,आफूले नै देख्छ, त्यो करुणा हो र यही भावनाले प्राकृतिक नियमको विकास गर्छ र त्यो पीडालाई सहज बनाउने मार्गदर्शन देखाउँछ । त्यसैले करुणा भनेको चेतनशील द्वन्द्व हो जुन मानिस आफैँमा उत्पन्न हुन्छ । यदि मान्छेमा करुणा भयो भने सहजतापूर्वक देश परिवर्तन हुन सक्छ । 
    प्राकृतिक नियम जसरी आफ्नै गतिमा चल्छ त्यसैगरी मानिसको जीवनमा पनि आफ्नै गतिमा चल्छ । यदि सबै प्राणीमा करुणाको भावना छ भने जीवनमा दुःख घटाउन सकिन्छ । समाजमा उत्पादित घृणा भेदभाव कम गर्न जरुरी छ ।  जसरी पानीको महत्व सबैका लागि उत्तिकै छ, जुनले प्रकाश दिन्छ सूर्यले बिना भेदभाव सबैलाई ताप दिन्छ । करुणाको दर्शनले मानवताको भावना जगाउँछ अरुको दुःख अरुको अभावलाई बुझ्ने प्रेरणा दिन्छ, समानताको भावनालाई समेट्छ । यी दुई दर्शनले मानिसको सोचलाई बलियो बनाउँछ । अरुको दुःखलाई कम गर्न सक्नु नै मानवता हो । कानुन केवल नियम होइन यो मानवता पनि हो । जब हामीले प्रकृति देख्छौं । हामीले धैर्यता सिक्छौँ । जब हामीले करुणाको भावना उत्पन्न गर्छौं । तब हामी सहनशील बन्न सक्छौँ । यस्तो भावनाले कानुनी सोचलाई बदल्न सक्छ । कानुन दण्डको यन्त्र मात्र होइन, यो त सहमतिको आधार पनि हो । उदाहरणका लागि; जब मानिसले चोरी गर्छ त्यो उसको इच्छा होइन, यसलाई रिसले चर्को आवाजमा सजाय दिनुभन्दा शान्त सोचले काम गर्न उचित छ । उसको दुःखलाई पनि आफ्नै दुःख बनाएर सहयोग गर्यौँ, ज्ञान सिप दियाँै, भने उसको सोच बदल्न सकिन्छ । यसमा पनि न्यायको अर्को रूप देख्न सकिन्छ ।


     बौद्ध दर्शन भनेको दुःखलाई कम गर्न सक्ने मार्ग हो । यसले एउटा लोभ, ईष्र्यालाई कम गराई करुणा सिकाउँछ । जीवनमा झुटलाई अगाडि बढाउनुभन्दा सत्यलाई बुझ्न जरुरी छ । बौद्ध दर्शन जीवनलाई करुणा, समझदारी र दुःखबाट छुटकारा दिने बाटो हो । मानिसमा करुणाको भावना जाग्यो भने अदालतमा उभिनु जरुरी हुँदैन ।


     बौद्ध दर्शन गौतमबुद्धले स्वयं बनाएका हुन् । उनले दुःखका कारण खोज्न आफू बस्ने राजदरबार छाडे र गहिरो ध्यान, अनुसन्धान र आफ्नो जीवनको अनुभवबाट सत्यको खोजी गरे । उनले मानिसको मोह, डाहा, ईष्र्या, लोभ, अशिक्षा नै दुःखको कारण हो भन्ने कुरा बुझे । त्यसैले उनले करुणा सम्यक सोच र मध्यम मार्ग सिकाए । बुद्धले मानिसको जीवनमा दुःख छ दुःखको कारण छ त्यसको मार्ग छ र दुःखको समाधान गर्नसकिन्छ भन्ने कुरा बुझेर सबैलाई त्यही ज्ञान दिए । उनले कुनै दर्शन लेखेनन्, तर उनले जीवनलाई प्रश्न र अनुभवबाट बुझ्न सिकाए । बौद्ध दर्शन केवल शब्दको सजावट होइन यो चेतनाको ज्ञान हो । बौद्ध न्यायशास्त्रले केवल कानुन डर त्रासमा निर्माण गर्नु होइन, यो त चेतना हो भन्ने कुरालाई समेट्छ । देशमा कानुन सबैमा समान रुपमा लागू हुन जरुरी छ, जसरी प्रकृति सबैमा समान छ । समानताले नै करुणा जगाउँछ र सबैले आत्मबोध गर्न सिक्छन् । बुद्धले आफ्नो अनुभवबाट कानुन निर्माण गरेका छन् यी नियम कुनै नेताहरूले वा राज्यले बनाएको नियम होइनन् । 


    जब बुद्ध धर्मको उत्पन्न भयो तब सिद्धान्त मात्र होइन, एउटा वास्तविक अनुभूतिको रूपमा छरिन थाल्यो । बुद्धले बोलेको शब्द केवल कानुनी रुपमा नभई हरेक मानिसको जीवनमा उत्तिकै मद्दत गरेको पाइन्छ । राजा अशोक जो सधैँ अहिंसा घृणालाई जोड दिन्थे, जब उनले बुद्ध दर्शनलाई पालना गर्न थाले त्यसपछि उनले अहिंसा घृणा त्यागे । उनमा केवल घृणाली जीवन सरल नहुने रहेछ । भन्ने भावनाको विकास भयो । मानिस केवल एक जोडी कपडा र सरल जीवन शैलीमा बाँच्नुपर्छ भन्ने उनको धारणा थियो । लोभ डाहाले समाजमा असंकोच अहिंसा फैलाउँछ भन्ने उनको मानसिकता थियो । उनले सबैलाई धैर्यता अहिंसाको पाठ सिकाए । नेपालमा लुम्बिनी, कपिलवस्तु जस्ता ठाउँ छन्, जहाँ शान्त छ जहाँ जाँदा मनमा छुट्टै आनन्द आउँछ । बौद्ध दर्शन केवल किताबमा मात्र होइन जीवनमा पनि लागू गर्न जरुरी छ । 


    आजको नेपालको कानुनी शिक्षा यदि बौद्धको नियम अनुसार चल्छ भने समाजमा दुःख कम गर्न सहजता मिल्थ्यो ।  पहिलेको समाजमा मानिसमा जात धर्म संस्कृतिका आधारमा भेदभाव थियो । बौद्धले चार आर्य सत्य सिकाए जहाँ दुख, कारण, अन्त, मार्ग सिकाए । उनले करुणाको भावना जगाए उनले अष्टाङ्गिक मार्ग पनि सिकाए जसले मानिसको सोचलाई बदल्न सक्षम बनायो । नेपालमा अझै पनि जात धर्मको आधारमा विवाद छ र यदि बौद्धको शिक्षा पालना गर्ने हो भने यसको न्यूनीकरण गर्न सकिन्छ ।

    उनले ‘अप्प दिपो भव’ अर्थात् ‘आफ्नो दीप आफैँ बन’ भन्ने कुरालाई मूल मन्त्र बनाए । जसले मानवमा चेतनाको विकास गर्यो । बौद्धको पालनाले केवल मानिसले धर्म मात्र सिक्दैनन्, उनीहरुले जिम्मेवार नागरिक बन्न करुणा, समता, अहिंसा र आत्मसुधारको भावना निर्माण गर्नुपर्छ भन्ने सिके । यसले व्यक्तिगत शान्ति मात्र नभई समाजलाई पनि चेतनशील र समाजको साेंचलाई परिवर्तन गर्न सहयोग पु¥याउँछ । बौद्धको शिक्षाले धनी र गरिब बीचको फरकलाई समाधान गर्न सहयोग गर्छ । उनले कोही पनि धनी र कोही पनि गरिब हुँदैन भन्ने धारणा राखेका छन् । बौद्ध दर्शनले जीवनको अर्थ बुझ्ने मार्ग । शिक्षकले सम्यक बाणी प्रयोग गरे भने शिक्षामा परिवर्तन ल्याउन सकिन्छ । यदि सबैले समान पूर्वक बाँच्न पाउने हकको पालना ग¥यौँ भने गरिब र धनी बिचको भेदभाव हटाउन सकिन्थ्यो । नेपालजस्तो बहुभाषिक बहुसांस्कृतिक र सामाजिक रूपान्तरणको बाटोमा उभिएको देशमा भेदभाव हुनु गलत हो । यसको न्यूनीकरण गर्यौँ भने समाजले गति फेर्न सक्नेथियो । 


    नेपालको संविधान २०७२ मा प्राकृतिक नियम र करुणाको दर्शन प्रत्यक्षरूपमा उल्लेख नभए पनि यसको सार विभिन्न धाराहरूसँग आधारित छ । नेपालको संविधान २०७२ को धारा १६ मा सम्मानपूर्वक जीवनयापन गर्ने हक उल्लेख गरिएको छ । जुन बौद्ध धर्मको पञ्चशीलको पहिलो सिल प्राणी हत्या नगर्ने शीलसँग सम्बन्धित छ । धारा १८ मा समानताको हक निर्धारण गरिएको छ । जसमा बौद्ध धर्ममा करुणा र भेदभाव विरोधको बारेमा बुझाउँछ । जब मानिसले बौद्ध धर्मलाई मनबाट नै पालना गर्छन्, तब बौद्ध दर्शन केवल आदर्श होइन व्यवहारिक परिवर्तनको मार्ग बन्न सक्छ । जब कोही मानिस दुःखमा हुन्छ, उसलाई दण्ड होइन चेतना दिन जरुरी हुन्छ । मान्छे जन्मिदैमा गरिब बन्छु भनेर जन्मेको हुँदैन । समय परिस्थितिले उसलाई गरिब बनाउँछ र त्यस्तो व्यक्तिको दुःखलाई न्यूनीकरण गर्नु नै प्राकृतिक नियमको आधुनिक पुनःपरिभाषा हो । बौद्ध न्यायशास्त्रले यस्तो समाजको निर्माण गर्छ, जहाँ अपराधको उपचार द्वेषले होइन करुणाले हुन्छ । जसरी बिग्रिएको माटोलाई मलजल गरेर उर्वरायुक्त जमिन बनाउन सकिन्छ, त्यसैगरी अज्ञान वा परिस्थितिबस कुलतमा वा गलत मार्गमा लगेको व्यक्तिलाई नयाँ जीवन दिन सकिन्छ ।


    निष्कर्ष
    प्राकृतिक नियम र करुणाको दर्शन बौद्ध न्यायशास्त्रका मूल अन्तर्य हुन्, जसले कानुनलाई केवल दण्ड र नियन्त्रणको यन्त्र नभई मानव चेतनासँग जोडिएको मूल्य–प्रधान व्यवहारको रूपमा हेर्छन् । प्राकृतिक नियम हरेक जीवमा समान रूपमा लागू हुने सत्य हो, जुन न त मानवले बनाउँछ, न बदल्न सक्छ, र न त त्यसलाई नकार्न सक्छ । यसैगरी, करुणा भनेको मानव अन्तःकरणबाट स्वतः उत्पन्न हुने भावना हो, जसले समाजमा सहअस्तित्व, सहिष्णुता र सहानुभूतिको विकास गर्छ । बौद्ध दर्शनले कानुनलाई केवल राज्यको औपचारिक संरचना नभई करुणामूलक समाज निर्माणको माध्यमका रूपमा प्रस्तुत गर्छ । करुणासँग जोडिएको कानुनले मानिसको दुखलाई बुझ्न र सम्बोधन गर्न मार्गदर्शन दिन्छ, जुन कुनै कठोर दण्ड होइन, बरु चेतनाको जागरण हो ।
    नेपालजस्तो बहुजातीय, बहुसांस्कृतिक र रूपान्तरणशील समाजमा, बौद्ध दर्शनमा आधारित करुणा र प्राकृतिक नियमको अध्ययन अत्यन्त सान्दर्भिक छ । जब कानुनी प्रणालीमा करुणाको चेतना प्रवेश गर्छ, त्यहाँ कानून निष्पक्ष, समावेशी र न्यायपूर्ण बन्न पुग्छ । प्राकृतिक नियम र करुणाको अन्तर्सम्बन्धले नै बौद्ध न्यायशास्त्रलाई अद्वितीय बनाउँछ, जसले समाज परिवर्तन, समानता, र दिगो शान्तिको मार्ग देखाउँछ । यसैले आजको समयको आवश्यकता हो—बौद्ध शिक्षालाई नीतिगत, शैक्षिक, र न्यायिक संरचनामा आत्मसात् गर्नु, जसबाट हामी व्यवहारिक रूपमा सहिष्णु, समतामूलक र विवेकशील राष्ट्र निर्माणको दिशामा अगाडि बढ्न सक्छौँ ।


    भवतु सब्ब मंगलम् !
    (लेखक लुम्बिनी बौद्ध विश्वविद्यालय स्कुल अफ ल सिटि क्याम्पसमा बि.ए.एल्.एल्. बि. दोस्रो सेमेष्टरमा अध्ययनरत विद्यार्थी हुन्‌ ।)

     

    images
    images
    images
    images

    © 2026 All right reserved to lumbinipatrika.com  | Site By : Sobij