२०८३, आश्विन २३ गते

Oct 09 2026

images
images

लुम्बिनी प्रदेशमा ९६ प्रतिशत धान रोपाइँ सकियो

लुम्बिनी प्रदेशमा ९६ प्रतिशत धान रोपाइँ सकियो

लुम्बिनी प्रदेशमा ९६ प्रतिशत धान रोपाइँ सकियो

लुम्बिनी प्रदेशमा ९६ प्रतिशत धान रोपाइँ सकियो

लुम्बिनी प्रदेशमा ९६ प्रतिशत धान रोपाइँ सकियो
विगत १ दशकदेखि पत्रकारितामा क्रियाशील आचार्यले समसामयिक सन्दर्भमा कलम चलाउँछन् ।
बुधवार, श्रावण २१ २०८२
बुधवार, श्रावण २१ २०८२
  • बुटवल  । लुम्बिनी प्रदेशमा २०८२ सालको धान रोपाइँ कार्य उल्लेखनीय रूपमा सम्पन्न हुँदै गएको छ । प्रदेशका १२ वटै जिल्लामा कुल ३ लाख २ हजार ९३९ हेक्टर जमिन धान रोपाईंका लागि उपयुक्त छ, जसमा साउन १६ गतेसम्म २ लाख ९० हजार ७ सय ७ हेक्टरमा रोपाइँ सम्पन्न भइसकेको छ । जुन ९६ प्रतिशत हुन आउँछ । 

    प्रदेशका अधिकांश जिल्लामा ९० प्रतिशतभन्दा बढी रोपाइँ सम्पन्न भइसकेको छ भने केही जिल्लाहरू, विशेषगरी रोल्पा र बर्दियाले १०० प्रतिशत लक्ष्य पूरा गरेको  कृषि विकास निर्देशनालय लुम्बिनी बुटवलका निमित्त प्रमुख रामप्रसाद पाण्डेले जानकारी दिए  ।  

    कृषि विकास निर्देशनालय लुम्बिनी बुटवलले दिएको जानकारी अनुसार बर्दिया र रोल्पामा शतप्रतिशत रोपाइँ भएको छ  । बर्दिया जिल्लामा ५० हजार १५० हेक्टर  र रोल्पा जिल्लामा ४ हजार ५४७ हेक्टर रोपाइँ क्षेत्रमै पूरै रोपाइँ सम्पन्न भएको महानिर्देशक पाण्डेले जानकारी दिए  । गुल्मीमा भने कुल ७ हजार ५३९ हेक्टर धान रोपाइँ क्षेत्रफलमध्ये ६ हजार ५४४ हेक्टरमा रोपाइँ भएको छ, जसले ८७ प्रतिशत प्रगति देखिएको हो  ।

    रुपन्देहीमा ६२ हजार ६२२ हेक्टर खेतीयोग्य जमिन रहेकोमा ६० हजार ५६७ हेक्टरमा धान रोपिन्छ र ५९ हजार ३५६ हेक्टरमा हालसम्म रोपिएको छ, जसले ९८ प्रतिशत रोपाइँ सम्पन्न भएको देखाउँछ ।

     

    नवलपरासी (बर्दघाट सुस्ता पश्चिम) मा कुल ४० हजार ६३९ हेक्टर खेतीयोग्य जमिनमध्ये २० हजार ४६० हेक्टरमा धान खेती हुने क्षेत्र रहेको छ, जसमा २० हजार ७० हेक्टरमा रोपाइँ सम्पन्न भइसकेको छ । यो ९८ प्रतिशत प्रगति हो ।

    कपिलवस्तु जिल्लामा धान रोपाइँ हुने क्षेत्रफल ६५ हजार ८७१ हेक्टर रहेकोमा ६२ हजार ९०७ हेक्टरमा रोपाइँ सम्पन्न भइसकेको छ, जुन ९६ प्रतिशत हो । पाल्पामा ८ हजार २१० हेक्टर रोपाईं क्षेत्रफलमध्ये ७ हजार ९१७ हेक्टरमा रोपाईं सम्पन्न भएको छ, जुन ९४ प्रतिशत हो । 

    अर्घाखाँचीमा ६ हजार ७६० हेक्टर क्षेत्रफलमा रोपाइँ हुने क्षेत्रमध्ये ६ हजार ६२५ हेक्टरमा रोपाइँ सकिएको छ जुन ९८ प्रतिशत हो  । दाङमा ३७ हजार २२५ हेक्टरमध्ये ३३ हजार ५०३ हेक्टरमा रोपाइँ सकिएको छ, जुन ९० प्रतिशत हो  ।  बाँकेमा ३४ हजार ७११ हेक्टरमध्ये ३२ हजार ५४२ हेक्टरमा रोपाइँ सकिएको छ । जुन  ९४ प्रतिशत हो  । 

    प्यूठानमा ६ हजार ५२५ हेक्टर क्षेत्रफलमा धान रोपिँदा ६ हजार ३९५ हेक्टरमा रोपाइँ सम्पन्न भएको छ   । जुन ९८ प्रतिशत हो  ।  रुकुम (पूर्व) मा भने ३५४ हेक्टरमध्ये ३५२ हेक्टरमा रोपाईं सम्पन्न भएको छ, जुन ९९.५ प्रतिशत हो ।


    कृषकहरू उत्साहित 
    लुम्बिनी प्रदेशमा यो वर्षको धान रोपाइँ अपेक्षाकृत राम्ररी सम्पन्न भएपछि कृषकहरू उत्साहित भएका छन्  । समयमै वर्षा, सिँचाइको सहजता, मल–बिउको उपलब्धता र सरकारी सहजीकरणले गर्दा यस वर्षको खेतीप्रति किसानहरूमा ठूलो आशा पलाएको छ  ।

    रुपन्देहीको सैनामैना नगरपालिका–५ का कृषक मोतीलाल चौधरी यस वर्ष सन्तुष्ट देखिन्छन्  । उनले भने–“अघिल्ला वर्षजस्तो हैरान भइएन, पानी पनि राम्रै समयमा प¥यो, सिँचाइ पनि आयो  । पहिले खेत सुक्खा हुन्थ्यो, बिउ राख्नै नसकिने  । अहिले सिँचाइ आयोजना चलिरहेको छ, मोटरको भर नपर्ने भयो  । खेतमा हरियाली देख्दा आत्मा नै शान्त हुन्छ  । यदि असिना वा रोग नलागे, यसपालि राम्रो धान निकालिन्छ भन्ने आशा छ  ।”

    कपिलवस्तुको विजयनगर गाउँपालिका–२ की कृषक सीता थारुका अनुसार, रोपाइँ सजिलो हुनुमा सरकारी तालिम र मल–बिउको सहजताले ठूलो भूमिका खेलेको छ  । “हामीजस्ता साना किसानका लागि हरेक वर्षको धान नै जिन्दगी हो  । पालिकाले तालिम दियो, मल–बिउमा राहत मिल्यो  । मैले १० कट्ठामा ‘राधा–४’ राखेकी छु, अहिले राम्रो उम्रिएको छ  । महिलालाई प्रविधिमा पहुँच मिल्यो भने अझ राम्रो हुन्थ्यो ।”–उनले भनिन्  ।

    युवा कृषकको हैसियतले बर्दिया बाँसगढी नगरपालिका–४ का कृष्ण पौडेलले यस वर्षको खेतीमा अत्याधुनिक प्रविधि प्रयोग गरेका छन्  । उनी भन्छन्–“यसपालि ड्रोनमार्फत् मल छरिएको छ, बिउको उपचारसमेत गरियो  । उत्पादन राम्रो भए कृषि व्यवसायमै पूर्ण समय दिने सोंचमा छु  । अब कृषि घाटाको होइन, सम्भावनाको क्षेत्र हो  ।”

    दाङको बबई गाउँपालिकाका कृषक चन्द्रबहादुर विकले भने यान्त्रिकीकरणले खेती सहज बनेको अनुभव सुनाए  । “पहिले गोरु र हल, अहिले ट्र्याक्टर, थ्रेसर र प्लान्टर चलाउने अवस्था आएको छ  । यस वर्ष पानी मिल्यो, पालिकाबाट बिउ पाइयो  । अब त गाउँका युवाहरू पनि वैदेशिक रोजगारी छाडेर खेतीमा फर्किन थालेका छन्,” उनले भने – “पहिले महिला खेतमा पस्न हुन्न भन्ने चलन थियो, तर अहिले म नेतृत्व गरेर सहकारीमार्फत् २ बिघा जमिनमा रोपाइँ गराएको छु  ।”

    उत्पादकत्व प्रतिहेक्टर ४ टन पुग्ने अपेक्षा
    कृषि मन्त्रालयका अनुसार, लुम्बिनी प्रदेशमा अघिल्लो वर्ष करिब ११ लाख मेट्रिक टन धान उत्पादन भएको थियो  । यस वर्ष समयमै रोपाइँ सम्पन्न भएकाले उत्पादनमा सामान्य वृद्धि हुने अपेक्षा गरिएको छ  । यदि मौसम अनुकूल रह्यो भने प्रति हेक्टर उत्पादकत्व ३.५ देखि ४ टन पुग्ने अनुमान गरिएको छ  ।

    images
    images
    images
    images

    © 2026 All right reserved to lumbinipatrika.com  | Site By : Sobij