२०८३, आश्विन २३ गते

Oct 09 2026

images
images

झण्डै तीन करोडको कोल्ड स्टोर किन चलेन ?

झण्डै तीन करोडको कोल्ड स्टोर किन चलेन ?

झण्डै तीन करोडको कोल्ड स्टोर किन चलेन ?

झण्डै तीन करोडको कोल्ड स्टोर किन चलेन ?

झण्डै तीन करोडको कोल्ड स्टोर किन चलेन ?
लुम्बिनी पत्रिकाले सञ्चालनमा ल्याएको आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, अन्तर्वार्ता, सूचना प्रविधि तथा जीवनका विभिन्न आयामका सम्पूर्ण समाचार र विश्लेषणलाई समुचित रूपमा पस्कँदै आएको छ।
बुधवार, श्रावण २१ २०८२
बुधवार, श्रावण २१ २०८२
  • नरेश चौधरी 
    सैनामैना
    रुपन्देही जिल्लाको सैनामैना नगरपालिका–३, मुर्गियामा झण्डै तीन करोडको लगानीमा निर्माण सम्पन्न भएको अत्याधुनिक कोल्ड स्टोर (चिस्यान केन्द्र) सञ्चालनविहीन अवस्थामा रहेको छ ।


    संघीय सरकार, लुम्बिनी प्रदेश सरकार तथा स्थानीय तह सैनामैना नगरपालिकाको संयुक्त लगानीमा आर्थिक वर्ष २०७७-०७८ मा सम्झौता भई २०८०-०८१ मा दुई करोड ६७ लाख ४५ हजार रुपैयाँभन्दा लागतमा निर्माण सम्पन्न भएको चिस्यान केन्द्र अझैसम्म सञ्चालनमा आउन सकेको छैन ।


    सैनामैना  नगरपालिकाको योजना शाखा प्रमुख इञ्जिनियर सुरज न्यौपानेका अनुसार चिस्यान केन्द्रमा अत्याधुनिक भवन, १०० केभीएको ट्रान्सफर्मर, जेनेरेटरलगायत सम्पूर्ण पूर्वाधार तयार भइसकेका छन् । चारवटा कोठासहितको सो चिस्यान केन्द्रको भण्डारण क्षमता ३०० मेट्रिक टन रहेको छ । तर सञ्चालनका लागि आवश्यक कार्यविधिको अभाव र कृषि उत्पादनको अपर्याप्तताले गर्दा कोल्ड स्टोर प्रयोगविहीन बनेको हो ।


    नगरपालिकाको कृषि शाखा प्रमुख सृजना सुवेदीका अनुसार कार्यविधि तयार भइसके पनि कार्यपालिकाबाट स्वीकृत नहुँदा प्रक्रिया अगाडि बढ्न सकेको छैन । अर्कोतर्फ, सैनामैनामा कोल्ड स्टोरको क्षमताअनुसार कृषि उत्पादन पर्याप्त नभएकाले पनि सञ्चालनमा समस्या देखिएको उनले जानकारी दिइन् ।


    कोल्ड स्टोर निर्माण सुरु भएको पाँच वर्ष बितिसक्दा समेत सञ्चालन नहुँदा सरकारी लगानी उपयोगविहीन बन्दै गएको छ । कृषि प्रवद्र्धनका नाममा करोडौं लगानी गरिएको पूर्वाधार अलपत्र पर्दा स्थानीय किसान र उपभोक्ता समेतले लाभ लिन नपाएको भन्दै आलोचना सुरु भएको छ । विगतमा स्थानीय किसानहरूको उत्पादन संरक्षणका लागि निर्माण गरिएको भनिएको चिस्यान केन्द्र तत्काल सञ्चालनमा ल्याउन सरोकारवाला निकायबिच समन्वय र कार्यान्वयनको खाँचो रहेको स्थानीयवासीको भनाइ छ ।


    सरकारका तीन तहको संयुक्त लगानीमा निर्माण गरिएको कोल्ड स्टोर समयमै सञ्चालनमा नआउनु सरकारी संयन्त्रको कमजोरीका रुपमा लिइएको छ । अब सरोकारवाला निकायहरूले गम्भीर भएर योजना कार्यान्वयन नगरेमा यस्ता विकास योजनाहरू भ्रष्टाचार र फजुल खर्चका उदाहरण बन्ने जोखिम देखिएको छ ।

    images
    images
    images
    images

    © 2026 All right reserved to lumbinipatrika.com  | Site By : Sobij