२०८३, आश्विन २३ गते

Oct 09 2026

images
images

बुटवल कालिका क्याम्पसलाई १२ वर्षमै क्यूएएको मान्यता

बुटवल कालिका क्याम्पसलाई १२ वर्षमै क्यूएएको मान्यता

बुटवल कालिका क्याम्पसलाई १२ वर्षमै क्यूएएको मान्यता

बुटवल कालिका क्याम्पसलाई १२ वर्षमै क्यूएएको मान्यता

बुटवल कालिका क्याम्पसलाई १२ वर्षमै क्यूएएको मान्यता
लुम्बिनी पत्रिकाले सञ्चालनमा ल्याएको आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, अन्तर्वार्ता, सूचना प्रविधि तथा जीवनका विभिन्न आयामका सम्पूर्ण समाचार र विश्लेषणलाई समुचित रूपमा पस्कँदै आएको छ।
बुधवार, श्रावण २१ २०८२
बुधवार, श्रावण २१ २०८२
  • बुटवल । स्थापनाको छोटो समयमा उत्कृष्ट बन्न सफल रुपन्देहीको बुटवल कालिका क्याम्पसले शैक्षिक उत्कृष्टताको प्रतीक मानिने गुणस्तर प्रत्याभूति तथा प्रत्यायन (क्यूएए) प्रमाणपत्र प्राप्त गरेको छ ।

    त्रिभुवन विश्वविद्यालयअन्तर्गत सञ्चालित क्याम्पसले विश्वविद्यालय अनुदान आयोगद्वारा निर्धारित सबै मापदण्ड पूरा गर्दै यही साउन १६ गते औपचारिक रूपमा यो मान्यता प्राप्त गरेको हो । क्याम्पस प्रमुख घनश्याम पाठकले यो उपलब्धिलाई शिक्षा सुधारको यात्रामा ठूलो फड्कोका रूपमा लिएको बताए ।

    ‘क्यूएए प्रमाणपत्रले कालिका क्याम्पसलाई शैक्षिकरूपमा विश्वसनीय, अझ पारदर्शी, उत्तरदायी र सक्षम बनाउन उत्प्रेरित गरेको छ,’ पाठकले भने, ‘यसलाई निरन्तरता दिँदै अन्तर्राष्ट्रिय स्तरका युनिभर्सिटीको वातावरण कालिकामा बनाउन लागि परेका छौं ।’


    विं.२०७० मा बुटवल रामनगरस्थित कालिका माविको भवनमा स्थापना भएको क्याम्पस अहिले आफ्नै परिसरमा ठूलो भवनमा सञ्चालित छ । ३५ जना विद्यार्थीबाट कक्षा शुरू गरेको क्याम्पसमा अहिले ४ हजार बढी विद्यार्थी अध्ययनरत छन् ।

    क्याम्पस सञ्चालक समितिका अध्यक्ष होमबहादुर गलामी पछिल्ला वर्षमा क्याम्पसको पूर्वाधार, प्रशासनिक संरचना, शैक्षिक उत्कृष्टता र वित्तीय पारदर्शितामा अब्बलता हासिल गरेको बताउँछन् । यही क्रमको मूल्यांकनस्वरूप क्याम्पसले क्यूएए प्रक्रिया सफलतापूर्वक पूरा गर्न सक्षम भएको अध्यक्ष गलामीको भनाइ छ ।

    १२ वर्षको छोटो अवधिमा क्यूएए प्राप्त गर्ने नेपालको पहिलो सामुदायिक क्याम्पसको रूपमा उपलब्धि हासिल गरेको भन्दै बुधबार क्याम्पसले खुसियाली सभा गरेको हो । सो अवसरमा बोल्दै बुटवल उपमहानगरपालिकाका प्रमुख (मेयर) खेलराज पाण्डेयले पश्चिम क्षेत्रको शैक्षिक नगरी बुटवलमा दक्ष जनशक्ति कालिका क्याम्पसले उत्पादन गरेको बताए ।

    व्यावहारिक शिक्षा र जीवनोपयोगी सीप अभिवृद्धिका लागि क्याम्पसले समयसापेक्ष कोर्षहरू पनि भित्र्याउन आवश्यक रहेको मेयर पाण्डेयको भनाइ छ । क्याम्पसमा स्नातक तहमा बीबीएस, बीसीए, बीएड लगायतका विषयको पढाई हुन्छ । स्नातकोत्तर तहमा ग्रामीण विकास (आरडी) र अंग्रेजी पढाइ हुँदै आएकोमा यही शैक्षिक सत्रदेखि एमबीएको कक्षा पनि सञ्चालन गर्ने तयारीमा छ ।

    images
    images
    images
    images

    © 2026 All right reserved to lumbinipatrika.com  | Site By : Sobij