२०८३, आश्विन २३ गते

Oct 09 2026

images
images

जनताको इतिहास, ज्ञान र वंशावली सङ्कलनका कठिनाइहरू

जनताको इतिहास, ज्ञान र वंशावली सङ्कलनका कठिनाइहरू

जनताको इतिहास, ज्ञान र वंशावली सङ्कलनका कठिनाइहरू

जनताको इतिहास, ज्ञान र वंशावली सङ्कलनका कठिनाइहरू

जनताको इतिहास, ज्ञान र वंशावली सङ्कलनका कठिनाइहरू
लुम्बिनी पत्रिकाले सञ्चालनमा ल्याएको आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, अन्तर्वार्ता, सूचना प्रविधि तथा जीवनका विभिन्न आयामका सम्पूर्ण समाचार र विश्लेषणलाई समुचित रूपमा पस्कँदै आएको छ।
बिहिवार, श्रावण २२ २०८२
बिहिवार, श्रावण २२ २०८२
  • तुल्सीराम पाण्डे
    लिखित प्रमाण बनाउँदा तीन पुस्ते राख्नुपर्ने नभएको भए धेरै मानिसलाई आफ्नो हजुरबाको नाम थाहा हुने थिएन । मानिसले आफ्नो काँधमा जिम्मेवारी परेपछि मात्र आफूलाई चाहिने कुराहरूको खोजी गर्दो रहेछ । थोरै मानिसले मात्र सरदरभन्दा माथि उठेर भविष्यमा आवश्यक पर्ने धर्म, कर्म र विकासका कामहरू गरेको पाइन्छ । त्यसमा पनि काम गर्न चाहने मानिस साधारण परिवारको भएमा ठूला र प्रतिष्ठित मानिसहरूबाट आउने अवरोधको सामना गर्नुपर्ने हुन्छ । धैर्य र साहसी मानिसले मात्र समाजका बुद्धिजीविहरूको साथ लिएर अवरोधलाई तर्कपूर्ण तरिकाले पन्छाउन सक्छ र आफूले आँटेको काम पूरा गर्छ ।


    नेपालमा रहेका सबै जातिले आफ्नो अधिकारसँगै इतिहास र वंशावली खोज्ने क्रम चलिरहेको छ । प्रजातन्त्रको पुनस्र्थापनापछि जातीय मुक्ति मोर्चाहरू खुलेसँगै जनताको इतिहास पनि खोज्न सुरु भएको पाइन्छ । सबैले आ–आफ्नै ढङ्गले आफ्नो इतिहास र वंशावली खोज्दै होलान् । यहाँ बाहुन क्षेत्रीहरूको वंशावली खोज्दाको कठिनाइको बारेमा कुरा गरौं ।


    हिन्दु धर्म मान्ने देशहरूमा बाहुन र क्षेत्रीहरू सधैँ राजाको नजिकमा रहेर देशको सेवा गरेको पाइन्छ । बाहुनले पढाइ लेखाइको काम गर्दथे । क्षेत्रीहरूले देशको रक्षा गर्दथे । विभिन्न कालखण्डमा ठाउँ र समयअनुसार स्वतन्त्र राज्यहरूले आफ्नो विशेषताका कानुनहरू पनि बनाउँथे । एउटा राज्यले अर्को राज्यसँग सन्धि–सम्झौता र युद्ध गर्दा समेत तिथि, मिति र राजाको नाम लेखिन्थ्यो । मल्लकाल र त्यसभन्दा पहिले शिलालेख र ताम्रपत्र बनाएर राखिन्थ्यो । इतिहासको खोज गर्नेहरूले राजाको मात्र इतिहास लेखेका छन् । कुनै पनि इतिहासकार र विद्वानले जनताको योगदानको पनि चर्चा गर्ने र इतिहास लेख्ने गरेको पाइँदैन । इतिहास जित्नेहरूको मात्र लेखिन्छ भन्ने प्रमाण यो पनि हो ।


    जनताको इतिहास र वंशावली खोज्दा फलाना राजाका पालामा भनेर अनुमान गर्नसम्म सकिन्छ । तिथि र मिति भेट्टाउन मुस्किल पर्दछ । धर्म कर्म र परम्पराले कुनै बेला सजिलो र कुनै बेला अप्ठेरो बनाएको छ ।
    हाम्रो धार्मिक मान्यताअनुसार मानिस मरेपछि उसको चिना घरमा राख्नु हुँदैन । कसैले चितामा सँगै जलाउँछन्, कसैले केही समयपछि गंगाजीमा बगाइ दिन्छन् । मानिससँगै मूल प्रमाण नष्ट भयो । केही मानिसहरू कहिले छिट्टै र कहिले धेरै वर्षमा बसाई सर्दथे । त्यसपछि दाजुभाइ र इष्टमित्रको चिनजान हराउँथ्यो । अचेल जस्तो सबै मानिस लेख्न जान्ने हुँदैनथे । धेरै मानिसहरू औँठा छाप नै हुन्थे । आफ्नो पनि इतिहास लेखेर राख्ने स्वतन्त्र साेंचको विकास भएको थिएन । केही कुराहरू लेखेमा पनि लामो समय सुरक्षित राख्ने मानिस र ठाउँ भेट्टाउन मुस्किल हुन्थ्यो । आजकाल जस्तो कागज र कलमको विकास भएको थिएन । राजाको अगाडि रैती जान्ने भएमा र राजालाई चित्त नबुझेमा कडा सजाय पाउने डर हुन्थ्यो । राज्य र कानुनको प्रभाव समाजमा पनि परेको थियो । 


    बाबुबाजेले पनि छोरा नातिलाई आफ्नो ज्ञान र सीप सजिलै सिकाउँदैनथे । छोरा नातिले तर्कसङ्गत कुरा गरेमा पनि तँ बुढो कि म बुढो “खुकुरी भन्दा कर्द लाग्ने” तैँलेभन्दा मैँले धेरै भोटा फटालेको छु भन्दै हप्काउँथे । पाका मानिसको नाम सोधेमा तँलाई किन चाहियो “उप्पर माथिको चुप्पर” बन्न नखोज् भन्दै हप्काउँथे । ठूला मानिसको नाम भनेमा हेपेको वा गाली गरेको हुन्थ्यो । साना मानिसको पनि नाम लुकाउने चलन थियो । अहिले जस्तो घर छोडेर परदेश जाने चलन पनि त्यति थिएन । छोराहरू धेरै हुने हुनाले घरमा बस्नेले धर्म र कर्मअनुसार काम गर्थे । लेखेर राख्ने आवश्यकता नभएर पनि नलेखेका होलान् ।
    असल कर्म गर्नु पर्दछ । फलको आशा गर्नु हुँदैन भन्ने धार्मिक मान्यताले गर्दा दान दक्षिणा गर्दा पनि गोप्य रूपमा गर्दथे । कसैले चौपारी चिन्ने, बाटामा फलफूलका रुख रोप्ने, ठाँटी पौवा बनाउने, पानीको घैँटो राखिदिने, भण्डारा लगाउने मानिसले पनि आफ्नो नाम लेखाएर राख्दैनथे । राजा, तालुकदार, मुखिया वा अरू कसैको अगुवाइमा काम भएमा अगुवाइ गर्नेको नाम रहन्थ्यो । अरू मानिसको श्रमको कुनै महत्व हुँदैनथ्यो । मानिसहरूले गर्नेभन्दा गराउने भलो भन्दथे । सामान्य ज्ञान लिँदा पनि गुरुबाट लिनुपर्ने र झुक्नुपर्ने हुन्थ्यो । आफूखुसी औषधि बनाउन, जडीबुटी चिन्न, खैँजडी, मजुरा बजाउन, भजन गाउन, नियम कानुनका कुरा बताउन खोजेमा जान्ने हुने भन्दै हप्काउँथे ।

    जडीबुटीको नाम भनेमा औषधि लाग्दैन भन्दथे । धामी झाँक्री विद्या पनि आफ्नू मान्छे एक जनालाई मात्र सिकाउँथे । आफू नसक्ने भएपछि मात्र अरूलाई कारोबार र ज्ञान दिन्थे । त्यसलाई “लेखापाखा कहने” भन्दथे ।
    कसैले आफ्नो ज्ञान दिन खोजेमा पनि सोधेको कुराको सिधै जवाफ दिन सक्दैनथे । आफ्ना दमालीसँग बसेर आफ्ना सुरले कुरा गर्दामात्र सबै कुरा भन्न सक्थे । हाम्रो धर्म कर्ममा देवतालाई जसरी सम्झे पनि खुसी हुने र पितृलाई वाक्य शुद्ध हुनुपर्ने हुन्छ । धर्म कर्म गर्दा आफ्नो श्रीमान श्रीमती, बा–आमा, बुढाबा–बुढी आमा, बुढा बुढाबा–बुढी बुढीआमा, जिजुबा– जिजुआमा, जेठाबा, माइलाबा, बा का सबै दाजुभाइहरू, उनीहरूका श्रीमतीहरू, सौते आमा, दाजुभाइ दिदी–बहिनीहरू, फुपूहरू, छोराछोरीहरू, मावलका बुढाबा–बुढीआमा, त्यस माथिका ४ पुस्ताका श्रीमान श्रीमती, मामा–माइजू, सानिमा, ठुलीआमा, सासु–ससुरा, गुरु–गुरुआमा अरू कसैको किरिया गरेको भएमा उसको नाम, नाति–नातिनीहरूको पनि नाम जान्नु पर्ने हुन्छ । यी कुराहरूलाई सामान्य ज्ञानको रूपमा पहिल्यै जानेमा काम पर्दा सजिलो हुन्छ ।


    आजकाल आफूखुसी आधुनिक नाम राख्ने चलनले गर्दा काम परेको समयमा गुरुले राखेको चिनाको नाम बिर्सने र नयाँ नामले कर्म गर्दा फल नमिल्ने हुन्छ । दान धर्म र पिण्ड तर्पण गर्दा दिनेबाट हराउने र पाउनेले नपाउने हुन्छ ।  मानिस मरेमा पनि आफ्ना पितृहरूसँग भेट नहुने र प्रेत भएर डुल्ने सम्भावना हुन्छ । अहिले २०८० सालमा आधुनिक नाम राखेको दोस्रो पुस्ता जन्मिसकेको छ । धार्मिक सङ्गठनहरू र पुरानो पुस्ताले तत्कालै पहल गरेमा चिनाकै नामबाट सबैको बोलाउने र लेख्ने नाम चलाउन सकिन्छ । त्यसपछि पुस्ताको निरन्तरता हुन्छ । धर्म कर्मको फल पाइन्छ । वि.स. २१०० लागेपछि त्यसो गर्न खोजे पनि धेरै ढिलो भइसकेको हुनेछ ।

    images
    images
    images
    images

    © 2026 All right reserved to lumbinipatrika.com  | Site By : Sobij