परासी
रामग्राम नगरपालिकाले गर्भवती महिलाहरुलाई निःशुल्क सेवा दिँदै आएको छ । नगरपालिकाले खास गरी ग्रामीण क्षेत्रका स्वास्थ्य सेवामा पहुँच बाहिर र स्वास्थ्य संस्थाबाट टाढा रहेका गर्भवती महिलाहरुलाई निःशुल्क भिडियो एक्स–रे सेवा उपलब्ध गराउँदै आएको हो ।
साप्ताहिक रुपमा स्वास्थ्य संस्थामा निःशुल्क रुपमा सुरु गरिएको अल्ट्रासाउन्ड सेवा ग्रामीण भेगका महिलाहरुका लागि निकै लाभदायी बन्दै गएको छ ।
परासी तथा भैरहवासम्म भिडियो एक्स–रे का लागि जानुपर्ने बाध्यतालाई अन्त्य गर्दै सरकारी स्वास्थ्य संस्थाबाटै सेवा पाएपछि स्थानीय महिलाहरु खुसी भएका छन् । पहिला बुटवाल–भैरहवा र सदकमुकाम जानुपर्ने अवस्थाको अन्त्य गर्दै घरकै दैलोमा स्वास्थ्य सेवा उपचार पाउन थालेपछि स्थानीय मलिाहरु हषर््िात भएका छन् । नगरपालिकाले स्वास्थ्य क्षेत्रमा विशेष प्रथामिकता दिई काम गरिहेको छ ।
नगरपालिकाले घरदैलो भिडियो एक्स–रे कार्यक्रमअन्तरर्गत नगरभित्रका ८ वटा स्वास्थ्य संस्थाबाट गर्भवती महिलाहरुलाइ निःशुल्क अल्ट्रासाउण्ड सेवा प्रदान गर्दै आएको नगरप्रमख धनपत यादवले जानकारी दिए । यादवले भने–“विशेष गरी गर्भवती महिलाहरुले नियमित स्वास्थ्य जाँच नगराउने समस्या थियो, अहिले गाउँमै भिडियो एक्स–रे सेवा पाएपछि आर्थिक तथा पहुँचको आधारमा धेरै सहज भएको छ ।
आर्थिक वर्ष २०८१-०८२ को एक वर्षको अवधिमा १ हजार ५ सय ७७ जना गर्भवतीले निःशुल्क भिडियो एक्स–रे सेवा लिएका छन् । अघिल्लो आर्थिक वर्ष २०८०-०८१ मा कुल ८ सय ८२ जनाले गर्भवतीले निःशुल्क भिडियो एक्स–रे सेवा लिएका थिए । रामग्राम नगरपालिकाका जनस्वास्थ्य निरीक्षक सुरज हरिजनले परासी तथा बुटवल–भैरहवा जानु नपर्दा समयको पनि बचत भएको र नियमित स्वास्थ्य जाँच नगर्ने महिलाहरु पनि जाँचको दायरामा आएको जानकारी दिए ।




