२०८३, आश्विन २३ गते

Oct 09 2026

images
images

जिसन नवलपरासीले मनायाे २३ औँ स्थापना दिवस

जिसन नवलपरासीले मनायाे २३ औँ स्थापना दिवस

जिसन नवलपरासीले मनायाे २३ औँ स्थापना दिवस

जिसन नवलपरासीले मनायाे २३ औँ स्थापना दिवस

जिसन नवलपरासीले मनायाे २३ औँ स्थापना दिवस
जयसवाल परासीमा रहेर पत्रकारितामा क्रियाशील रहेका छन् ।
बिहिवार, श्रावण २२ २०८२
बिहिवार, श्रावण २२ २०८२
  • परासी २२ साउन ।जिसन नवलपरासीले २३ औँ स्थापना दिवस मनाएको छ।

    निजि बिद्यालयकाे छाता संगठन जिसनले केक काटेर आफ्नो  २३ औँ स्थापना दिवस मनाएको  हाे । दिवस अवसरमा बाेल्दै सराेकारवालाहरू प्रविधिमैत्री शिक्षण सिकाईँसहितको गुणस्तरीय शिक्षाको प्रतिस्पर्धालाई जोड दिएका थिए ।

    नवलपरासीका शैक्षिक सरोकारवालाहरूले औंलाएका छन् । उनीहरूले सरकारी र निजी विद्यालयलाई सरकारले विभेद गर्ने गरेको भन्दै शिक्षामा समान नीति नियम लागू गर्नुपर्नेमा समेत बताए ।

    कार्यक्रममा सुनवल नगरपालिकाका नगरप्रमुख बिमला अर्यालले शिक्षा क्षेत्रलाई गतिशिल बनाउन निजी विद्यालयहरूले खेलेको भूमिकाको प्रशंसा गर्दै निजी विद्यालयहरूले  व्यवसायीकताभन्दा प्रविधिमैत्रीसहितको गुणस्तरीय शिक्षामा तथा सुधार तर्फ लागि नगरपालिका परेकाे बताईन  ।

    जिल्ला अध्यक्ष थमन शेरचनको अध्यक्षतामा सम्पन्न कार्यक्रममा रामग्राम शिक्षा शाखाका प्रमुख सुन्दर खनाल, सुनवल शिक्षा शाखाका प्रमुख पशुपति भट्टराई, जिसन नवलपरासीका वरिष्ठ सल्लाहकारद्धय इन्द्र गुरूङ, धनराज चापागाईँ, सल्लाहकार सन्तोष रौनियार, पुस्तक व्यवसायी संघका पूर्वकेन्द्रीय अध्यक्ष हरि अर्याल, बुटवलका पुस्तक व्यवसायी गोपाल बस्याल, नेपाल पत्रकार महासंघका अध्यक्ष केशव पराजुली,जिसन नवलपरासीका उपाध्यक्ष सञ्जय ढुङ्गाना,  प्रकाशन गृहका प्रकाशक अन्नत तिवारी, पत्रकार कुस्माकर ढकाललगायतले गुणस्तरीय शिक्षालाई सुनिश्चित गर्न सरकारले नीति नियमलाई प्रभावकारी कार्यान्वयन गर्नुपर्नेमा जोड दिएका थिए ।

    जिसनमा आबद्ध विद्यालयहरूमध्ये एसईई परीक्षामा छात्रतर्फ सर्वाेत्कृष्ट  ३.९६ जिपिए प्राप्त गर्ने सुनवल युनाईटेड स्कुलका वसन्त ढकाल र छात्रातर्फ सर्वाेत्कृष्ट ३.८७ जिपिए प्राप्त गर्ने सोमनाथ स्कुलका रश्मी ओेलीलाई सम्मान गरिएको थियो । जिसनमा ३४ विद्यालय आबद्ध रहेको जिल्ला सचिव बलिराम यादवले जानकारी दिए । 

    images
    images
    images
    images

    © 2026 All right reserved to lumbinipatrika.com  | Site By : Sobij