२०८३, आश्विन २३ गते

Oct 09 2026

images
images

संकटमा प्रचण्ड

संकटमा प्रचण्ड

संकटमा प्रचण्ड

संकटमा प्रचण्ड

संकटमा प्रचण्ड
लुम्बिनी पत्रिकाले सञ्चालनमा ल्याएको आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, अन्तर्वार्ता, सूचना प्रविधि तथा जीवनका विभिन्न आयामका सम्पूर्ण समाचार र विश्लेषणलाई समुचित रूपमा पस्कँदै आएको छ।
कुँवर वामपन्थी विचारक तथा राजनीतिक विश्लेषक हुन् । दैनिक लुम्बिनीका नियमित स्तम्भकार कुँवर राजनीति विषयमा विचार पोख्छन् ।
शुक्रवार, श्रावण २३ २०८२
शुक्रवार, श्रावण २३ २०८२
  • देश विकास र उन्नतिका लागि पहिलो कुरा राजनीतिक स्थिरता अनिवार्य हुन्छ । तर नेपालमा यो कहिले पनि भएन । सधैँ अस्थिरता र अराजकता, टुट, फुट र बिग्रह नै हुने गरेको छ । आज देशमा गणतन्त्र आएको पनि दुई दशक हुनै लाग्यो तर अहिलेसम्म पनि त्यो राजनीतिक स्थिरता देखिंदैन । पटक–पटक सरकारको अदल बदल, दलीय अस्थिरता र पदीय लुछाचुंडी आदिले गर्दा देश विकास र प्रगतिभन्दा अवोन्नतिमा अग्रसर भइरहेको छ । संसदीय राजनीतिक व्यवस्थामा देशको विकासका लागि दलीय भूमिका महत्वपूर्ण हुन्छ । तर यहाँ दलहरुमा नै अस्थिरता, गैर जिम्मेवार, खाली पद प्रतिष्ठा र कुर्सीकै लागि तछाडमछाड दलीय गुट–उपगुट आदि व्याप्त छ । जसको सरकारमा हुँदै देश विकासमा पनि परेको छ । हुनतः यो सामन्ती, दलाल र नोकरशाही बुर्जुवा राज्य व्यवस्थामा यस्तो हुनु स्वाभाविक नै छ । त्यसैले खास अर्थमा देशको विकास र उन्नतिका लागि यसको अन्त्य र जनगणतन्त्र नेपालको सन्दर्भमा मजदूर किसानको नेतृत्वमा हुने नयाँ जनवादी गणतन्त्र नै आवश्यक छ । 
    कांग्रेस पार्टीमा देउवा–कोइराला अनि गगन र सिटौला आदि गुटउपगुटबिच एमालेमा ओली–विद्या र माओवादी केन्द्रमा प्रचण्ड–जनार्दन र नेकपा एसमा माधव–झलनाथबिच यस्तै आन्तरिक किचलो छ । अझ ‘कहीँ नभाको जात्रा हाँडी गाउँमा’ भने जस्तै पश्चिम तराईको नाउपाभित्र पति–पत्नी रेशम चौधरी र रञ्जिताबिच मारामार छ । यस्तै किचलो अरु प्रायः सबै दलहरुमा पनि छ ।

    समग्रतामा भन्दा यी सबै दलहरुमा यस्तो देखिनु सामन्ती र व्यक्तिवादी निरंकुशताकै उपज हो । हुनतः यस्तो नेपालमा मात्रै होइन त्यस्ता व्यवस्था भएका प्रायः सबै देशहरुमा पनि यस्तै हुने गरेको छ । केही दिन पहिले यस्तै रमिता एमालेमा भयो । त्यसलाई एमाले ओली गुटले पूर्व राष्ट्रपति समेत रहेकी विद्या भण्डारीलाई न यता न उता घर न घाटको बनाई छाडयो । त्यसपछि अहिले त्यस्तै रमिता माओवादी केन्द्रमा पनि देखियो । प्रचण्ड–जनार्दनबिचको यो रमितामा अन्ततः प्रचण्डकै जित भयो सम्भवत विद्या जस्तै जनार्दन पनि अब न यता न उता, घर न घाटको हुने सम्भावना देखिंदै छ । त्यस्तै नयाँ रमिता नेकपा (एस) मा पनि देखिंदैछ । माधव–झलनाथबिच त्यस्तै दोहोरी चल्न थालेको छ । एकले अर्कालाई पार्टी छोड भनिरहेका छन् । जो चोर उसैको ठूलो स्वर भने जस्तै भ्रष्टाचारमा डामिएका माधव नेपालले अझ लाजै नमानी झलनाथलाई पार्टीबाट हट्न भनिरहेका छन् । अलिकति नैतिकता भएको भए त पार्टीबाट झलनाथ होइन माधवले नै राजीनामा दिई हटिसक्नु पर्दथ्यो । 


    यसै प्रसंगमा माओवादी केन्द्रमा अहिले भइरहेको आन्तरिक किचलोको बारेमा केही चर्चा गरौं । हालै बसेको पार्टीको स्थायी कमिटीको बैठकमा खासगरी केही दिन पहिले कुनै एउटा कार्यक्रममा पार्टी नेता जनार्दन शर्माले अहिलेसम्मका प्रधानमन्त्रीहरुमध्ये मनमोहन अधिकारी बाहेक सबै कुनै न कुनै काण्डमा मुछिएको बताएका थिए । त्यही विषयलाई लिए प्रचण्डले जनार्दनलाई पनि खुलम्खुला सार्वजनिक रुपले नै आलोचना गर्ने गरेका थिए । हुन पनि कुनै बेला प्रचण्डपथ बन्दै पार्टी प्राधिकार वर्षौंदेखि एकछत्र नेतृत्व गर्दै आएका प्रचण्डलाई यस्तो भन्दा सह्य हुने कुरै भएन । असह्य, छटपटाहा, उकुसमुकुस, अनिद्रा, बेचेन प्रचण्डमा देखिनु स्वाभाविक नै थियो । सामन्ती र व्यक्तिवादी निरंकुश चरित्रले त्यस्तो आलोचना सहने कुरै भएन । तत्काल त्यसको बदला प्रचण्डले पार्टी मिटिङ नै गरी जनार्दनलाई आत्म आलोचना गर्न दबाब दिएका छन् । खाली अहिले आत्मआलोचना गर्न मात्र भनिएको छ । तर प्रचण्डले त्यसको बदला लिन धेरै बाँकी छ । मैले पटक–पटक लेख्दै आएको छु– एउटा जंगलमा दुई बाघ मिली बस्नै सक्दैनन् । एकले अर्कालाई तत्काल त्यहाँबाट लखेटी धपाई हाल्छ । सामन्ती, निरंकुशताको विशेषता नै यही हो ।


    एकता, संघर्ष र रुपान्तरण क्रान्तिकारी पार्टीको विशेषता हो । दुई विपरीत तत्वहरुको एकता अनि त्यसमा संघर्ष, पक्ष, विपक्ष, आलोचना, आत्मआलोचना, द्वन्द्ववादको  नियम हो । तर यहाँ   यसको नाममा एकमनावाद अर्थात् निरंकुशतावाद ! जनवाद होइन केन्द्रीयताको बढी प्रयोग हुँदै आएको छ । जनवादका कुरा गर्नेहरुलाई छाडा, अराजकतावादी भन्दै तिरस्कार गरिन्छ । नेपालका प्रायः सबै कम्युनिष्ट पार्टीहरुमा बढी यही नै छ । पार्टी टुटफुटका पछाडिको मूल कारण नै यही हुँदै आएको छ । अहिले माओवादी केन्द्रमा देखा परेको विवादको मूल कारण नै यही हो । विचरा जनार्दनले प्रचण्डलाई बढी के नै भएका थिए र ? पहिलो कुरा नेतृत्वको स्थान्तरण र दोस्रो प्रचण्डको कार्यशैली र उनले गरेका केही गल्ती कमजोरीको आलोचना । तर यो प्रचण्डलाई पचेन । तत्काल पार्टी मिटिङ राखी आफ्नो पक्षमा ताली पिट्न लगाई अन्ततः जनार्दनलाई एक्लार्ई नै छाडे । आखिर जित्रो बास्यो उसकै खति भने जस्तै जनार्दनलाई पनि उनकै यो बोली बाधक बन्यो । नत्र भने प्रचण्ड जनार्दनले भने जस्तै असफल राजनेता भइसकेका छन् । केही उदाहरण लेऊ ।


    प्रचण्ड तीन पटक प्रधानमन्त्री भए । सबैमा असफल । पहिलो कार्यकाल कटवाल प्रकरणले, दोस्रो र तेस्रो कार्यकाल आफ्नै कारणले अर्थात् कांग्रेस–एमालेलाई ललाई फकाई खेलाउँदा खेलाउँदै अन्ततः आफैँ पछारिएको स्पष्ट नै छ । जसरी प्रचण्डले पहिलो कार्यकालमा नैतिकता देखाई प्रधानमन्त्रीबाट राजीनामा गरी बाहिरिए । यदि साँच्चै नै त्यस्तो राजनीतिक नैतिकता भए प्रधानमन्त्रीबाट मात्रै होइन स्वयं आफ्नै संसदीय दल नेताबाट पनि हट्नु पर्दथ्यो । अझ खासमा भन्दा पार्टी अध्यक्षबाट नै राजीनामा दिई अर्काे पार्टी नेतृत्वका मागि मार्ग प्रशस्त गर्नु पर्दथ्यो । सम्भवत प्रचण्डले त्यतिबेला यस्तो उच्च राजनीतिक नैतिकता प्रदर्शन गर्न सकेको भए तत्कालीन माओवादी पार्टी नै यसरी विभिन्न चिरा चरामा विभाजित हुने स्थिति नै आउने थिएन । पार्टी र संसदीय दलको नेतृत्व गर्ने एक से एक नेता त्यहाँ प्रशस्तै थिए । मोहन वैद्य, सी.पी. गजुरेल, रामबहादुर थापा, बाबुराम पहिलो पंक्तिकै नेता थिए भने दोस्रो पंक्तिmका महरा, राम कार्की, देव गुरुङ, टोपबहादुर, हरिबोल गजुरेल आदि थिए । तेस्रो पंक्तिका विप्लव, वर्षमान, जनार्दन आदि थुप्रै थिए । तर दुःखको कुरा त्यतिबेला पार्टीमा त्यस्तो पद्धति कसैले पनि उठाउन सकेनन् । खाली भित्रभित्रै प्रचण्डप्रति असन्तुष्टि पोख्ने मात्र काम भयो । आखिर प्रचण्डकै कारण बाबुराम, वैद्य, गजुरेल, विप्लव सबै त्यो पार्टीबाट बाहिरिए । यस अर्थमा पहिलो पटक नेतृत्वका लागि प्रचण्डलाई चुनौती दिने पहिलो व्यक्ति माओवादी नेता जनार्दन नै भएका छन् ।


    यस्तो राजनीतिक नैतिकताको प्रश्नमा स्वयं प्रचण्डले नै हिजो पञ्चायती कालमा तत्कालीन नेकपा (मशाल) ले काठमाडौंमा भएको सेक्टर काण्ड अर्थात् काठमाडौंमा त्यतिबेला राखिएका केही प्रहरी सेक्टरहरुमाथि आक्रमण भएको थियो । तर त्यो असफल भएको भन्दै स्वयं प्रचण्डले नै तत्कालीन पार्टी महासचिव मोहन वैद्य ‘किरण’ ले त्यसको जिम्मेवारी लिनुपर्ने भन्दै राजीनामाको माग राखी आफू महासचिव बनेका थिए । एउटा त्यस्तो सानो घटनाको निहुँमा त्यतिबेला राजीनामा माग्ने प्रचण्डले कटवाल प्रकरणमा त्यस्तो बेइज्यती पूर्ण र कायरताको पराकाष्ठा प्रदर्शन गरे । प्रधानमन्त्रीबाट राजीनामा गरी भाग्नु झन् ठूलो राजनीतिक नैतिकताको प्रश्न थियो । तर उनले त्यसप्रति कुनै आत्मआलोचना वा नैतिक जिम्मेवारीबोध नै गरेनन् ।  लाजै नमानी हरुवा गोरुको छेरुवा दाउँ भन्ने जस्तै देशी तथा विदेशी शक्ति केन्द्रहरुलाई सराप्ने मात्र बढी भयो । त्यस्तै प्रचण्डको ठूलो भूल एमालेसितको पार्टी एकतामा पनि थियो । विना विचार–सिद्धान्त र कार्यदिशा खाली आआफ्ना व्यक्तिगत पद, प्रतिष्ठा र कुर्सीका लागि त्यस्तो एकता ओली–प्रचण्डबिच भयो । अन्ततः त्यो असफल भएपछि फेरि उही पुरानै अवस्थामा आउनुका पछाडिको मूल जिम्मेवारी पार्टी नेतृत्वको हैसियतले प्रचण्डकै थियो । तर लाजै नमानी फेरि खुरु खुरु आफै संसदीय दल नेता र पार्टी अध्यक्ष मै रहिरहे । यसरी पटकपटक पार्टी नेतृत्वमा असफल भइराख्दा पनि आफ्नो पद र जिम्मेवारीबाट नहटी त्यसैमा चिप्की बसिरहनु निम्न तल्लो स्तरको राजनीतिक नैतिकताको उपज नै हो ।


    अब माओवादी केन्द्रका नेता जनार्दन शर्मा टिक्छन् टिक्दैन त्यो मुख्य प्रश्न रहेन । तर उनले त्यहाँ रोपेको त्यो विवादको बिउ भने त्यस्तैकै सिद्धिनेवाला छैन । त्यो दिनप्रतिदिन बढ्दै र झाँगिदै जानेवाला छ । पार्टीमा प्रचण्डप्रति भित्रभित्रै थुप्रै नेताहरुमा असन्तुष्टि छँदै थियो । अब त्यो एकपछि अर्काे रुपमा प्रकट हुनेवाला छ । स्वयं जनार्दनकै नेतृत्वमा त्यो प्रकट भइसकेको थियो । पटक–पटक जनार्दनको विप्लव, सी.पी. गजुरेल, धर्मेन्द्र आदिसँग भेटवार्ता भइरहेको थियो । यतिसम्मकि कांग्रेस– एमालेका असन्तुष्ट नेताहरुसित समेत भेटवार्ता गरी प्रचण्डलाई एक्ल्याउने राजनीतिमा विप्लव–जनार्दन पुगिसकेका थिए । सके सिंगो माओवादी पार्टीलाई नै कब्जा गर्ने त्यो नभए ४० प्रतिशत पु¥याई छुट्टै दल निर्माण गर्ने सोंच बनिसकेको थियो । त्यसका लागि प्रमुख साथ प्रम ओलीको चाहिएको थियो । त्यो त ओलीका लागि ‘के खोज्छस आँखो’ भने जस्तै गजबको हुने नै भयो । प्रचण्डलाई असफल पार्ने पार्टी फुटाउने, सके यी छुट्टिएका सबैलाई समेटी एमाले प्रमुख ठूलो दल बनाउने र यो पुरै कार्यकाल ओली नै प्रधानमन्त्री बनिरहने दाउ ओलीको पनि हुने नै भयो । यसरी अहिले प्रचण्ड ठूूलो संकटमा छन् । त्यही भएर हतार हतार प्रचण्डले पार्टी बैठक बसी जनार्दनलाई कारबाही गर्ने र विप्लवलाई तत्काल पार्टी एकताको प्रस्ताव अघि सारी यसलाई मत्थर पार्ने गरी वक्तव्य जारी गर्न लगाए । तर यसलाई  विप्लव समूहले ठाडै अस्वीकार गरेको छ । 


    यसरी अहिले देखा परेको प्रचण्ड–जनार्दनबिचको यो पार्टी अन्तर्विरोध विप्लव हुँदै एमाले अध्यक्ष तथा प्रम ओलीसम्म पुगिसकेको छ । यता यसलाई असफल बनाउन प्रचण्ड फेरि कांग्रेस सभापति देउवा समक्ष हार गुहार गर्नेमा छन् । अनेक वाम दलमा विभाजन गरेर पार्टी एकता गरी एमाले देशको ठूलो दल बनाउने र त्यसैको नेतृत्वमा यो सबै कार्यकालको प्रधानमन्त्री ओली नै बनिरहने दाउँमा ओली भएको गुनासो पहिले पनि प्रचण्ड–माधवहरुले देउवालाई सम्झाउँदै आएका थिए । लगभग उपेन्द्र यादवको दल फुटाई अशोक राईलगायत केही सभासदहरु एमाले प्रवेश गर्न ठिक्क परिसकेका छन् । त्यस्तै माधव नेपालको पार्टीबाट पनि केही सभासदहरु एमाले प्रवेश गर्न खुट्टा उचाली बसेकै छन् । अब माओवादीबाट पनि त्यस्तै भए देशको प्रमुख ठूलो दल एमाले भएमा स्वतः ओली नै यो सबै कार्यकाल प्रधानमन्त्री हुने निश्चित जस्तै छ । अन्ततः कांग्रेसी सभापति देउवाको अब बन्ने प्रधानमन्त्रीको सपना त्यत्तिकै तुहिने सम्भावना छ । हो यसैलाई मध्यनजर गरेर अब प्रचण्ड दिनहुँ देउवा निवास धाउन थालिसकेका छन् । ओलीले प्रचण्डलाई ललाई फकाई धोका दिई रछ्यानमा पु¥याइनै सके । पहिले माधव–झलनाथ अनि रास्वपा रवि त्यसपछि प्रचण्ड अब अन्तिममा देउवालाई यस्तै षड्यन्त्र धोका दिई रछ्यानमा पु¥याउने दाउमा ओली छन् । यी नेपालका सांसद भनेका कुन नैतिकता भएका राजनीतिक प्राणी हुन् र ? पद, प्रतिष्ठा, कुर्सी र धन पैसा भए पुग्छ । प्रत्येक टाउकोको मोल मोलाई हिजो पनि भएकै थियो । अब झन नहुने कुरै भएन । यसमा अब जित देउवा– प्रचण्डको हुन्छ कि ओलीको हेर्दै जाऊ ।

    images
    images
    images
    images

    © 2026 All right reserved to lumbinipatrika.com  | Site By : Sobij