२०८३, आश्विन २३ गते

Oct 09 2026

images
images

सिमलताल दुर्घटनाः अहिलेसम्म १२ जनाको शव फेला, ५ जनाको सनाखत

सिमलताल दुर्घटनाः अहिलेसम्म १२ जनाको शव फेला, ५ जनाको सनाखत

सिमलताल दुर्घटनाः अहिलेसम्म १२ जनाको शव फेला, ५ जनाको सनाखत

सिमलताल दुर्घटनाः अहिलेसम्म १२ जनाको शव फेला, ५ जनाको सनाखत

सिमलताल दुर्घटनाः अहिलेसम्म १२ जनाको शव फेला, ५ जनाको सनाखत
लुम्बिनी पत्रिकाले सञ्चालनमा ल्याएको आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, अन्तर्वार्ता, सूचना प्रविधि तथा जीवनका विभिन्न आयामका सम्पूर्ण समाचार र विश्लेषणलाई समुचित रूपमा पस्कँदै आएको छ।
सोमवार, आषाढ ३२ २०८१
सोमवार, आषाढ ३२ २०८१
  • रामकुमार श्रेष्ठ / नवलपरासी । पूर्वी नवलपरासीको त्रिवेणी ब्यारेजको पूर्वी नहरमा भारततर्फ बाल्मिकी नहरमा आइतबार बेलुकी थप दुई जनाको शव फेला परेको छ । राति सवा ८ बजेतिर थप २ जनाको शव फेला परेको जिल्ला प्रहरी कार्यालय नवलपुरका प्रहरी नायव उपरीक्षक वेदबहादुर पौडेलले बताए ।  यस अघि सोही नहरमा २ जना पुरुषको शव फेला परेको थियो । 

    अहिले राति फेला परेको शव राति भएको भएर निकाल्न गाह्रो भएकोले भोलि विहान मात्रै निकालिने र दिउँसो बाल्मिकी नहरमा भेटिएका २ वटा शव घटना स्थलबाट निकाल पोष्टमार्टमका लागि चितवन पठाइएको छ । 

    त्यसैगरी नवलपुरको मध्यविन्दु २ भुताहामा नारायणी नदीमा १ जनाको शव अहिले राति फेला परेको छ । ति ५ वटै शव सिमलताल दुर्घटनाको भएको आशंका गरिएको जिल्ला प्रहरी कार्यालय नवलपुरका प्रहरी नायव उपरीक्षक वेदबहादुर पौडेलले बताए । 


    यो सहित चितवनको सिमलतालमा पहिरोले बगाएर त्रिशुलीमा खसेको २ वटा बसका १२ जना यात्रुको शव फेला परेको छ । 

    शनिबार ३ वटा र आइतबार ९ वटा गरी १२ वटा शव फेला परेको हो । शव फेला परेका मध्ये ५ जनाको सनाखत भएको छ । अहिलेसम्म नवलपुरको गैडाकोटमा ३ जना, त्रिवेणी ब्यारेजको भारत बाल्मिकी नहरमा ४ जना, नवलपुरको मध्यविन्दुमा १ जना, पश्चिम नवलपरासीको सुस्ता ४ को १५ नम्बर ठोकरमा १ जना, चितवनको नारायणी र राप्तीको दोभान गोलाघाटमा २ जना र चितवनकै भरतपुर २६, सिसुवारमा १ जना गरी १२ जनाको शव भेटिएको छ । 

    भेटिएका भारतको विहार बेतिया जिल्ला पश्चिम चम्पारण २२ निवासी ४० बर्षीय सजाद अन्सारी,  ३० बर्षीय भारतीय नागरिक जयप्रकाश ठाकुर, २८ बर्षीय भारतीय नागरिक ऋषि पल शाह, चितवनको माडी नगरपालिका १ निवासी २२ बर्षीय विकास परियार र सर्लाहीको बरहथवा नगरपालिका ३ निवासी १९ बर्षीय रमित कुसर माझी गरी ५ जनाको सनाखत भएको छ । 


    त्रिवेणी ब्याजेरजको भारत बाल्मिकी नहरमा भेटिएका ४ जना, नवलपुरको मध्यविन्दुमा भेटिएका १ जना, पश्चिम नवलपरासीको सुस्ता ४ को १५ नम्बरमा भेटिएका १ जना र चितवनका भरतपुर महानगरपालिका २६, सिसुवारमा १ जनाको सनाखत हुन बाँकी रहेको छ ।

    images
    images
    images
    images

    © 2026 All right reserved to lumbinipatrika.com  | Site By : Sobij