२०८३, आश्विन २३ गते

Oct 09 2026

images
images

जनउत्थान सहकारीले पायो एक्सेस सिल्भर ब्राण्ड, नेपालकै पहिलो

जनउत्थान सहकारीले पायो एक्सेस सिल्भर ब्राण्ड, नेपालकै पहिलो

जनउत्थान सहकारीले पायो एक्सेस सिल्भर ब्राण्ड, नेपालकै पहिलो

जनउत्थान सहकारीले पायो एक्सेस सिल्भर ब्राण्ड, नेपालकै पहिलो

जनउत्थान सहकारीले पायो एक्सेस सिल्भर ब्राण्ड, नेपालकै पहिलो
पत्रकारितामा क्रियाशिल विगत १३ वर्षदेखि रूपन्देहीलाइ कार्यक्षेत्र बनाइ अर्थ, सुरक्षा, खेल र समसमायिक तथा खोजमूलक विषयमा कलम चलाउँछन् ।
शुक्रवार, श्रावण २३ २०८२
शुक्रवार, श्रावण २३ २०८२
  • भैरहवा ।  रुपन्देहीको तिलोत्तमा–१५ कोटिहवामा अवस्थित जनउत्थान बचत तथा ऋण सहकारी संस्थाले एक्सेस सिल्भर ब्राण्ड प्राप्त गरेको छ । 

    एशियाली ऋण महासंघले २०२५ अगस्ट ७ मा गरेको लेखापरीक्षणबाट विभिन्न ४ वटा आयामहरुमा उत्कृष्ट अंक ल्याउदै सिल्भर ब्राण्ड पाएको हो । आर्थिक बर्ष २०८१।८२ को वार्षिक लेखा परिक्षण प्रतिवेदन अनुसार वित्तीय, सदस्य सेवा, आन्तरिक व्यवसायिकरण तथा सिकाई र वृद्धिको अवस्थालाई सुक्ष्म विश्लेषण र परिक्षण गरि एसिया स्तरीय गुणस्तर सुनिश्चिता एक्सेस सिल्भर ब्राण्ड प्रदान गरेको संस्थाले जनाएको छ ।

    ब्राण्ड पाउनुमा जनउत्थान नेपालकै एक मात्र सहकारी हो भने एसियाको दोस्रो हो । विशेष गरि सीमान्तकृत समुदाय र युवा उद्यमीहरुलाई साना व्यवसाय सुरु गर्न र आर्थिक गतिविधिहरुमा संलग्न हुन सशक्त बनाउने नवीन वित्तीय समाधान समेत प्रवाह गर्दै आईरहेको जनउत्थान साकोस सहकारी अभियानको एक रोल मोडल हो । त्यसैगरि इन्डोनेसियाबाट सौन सिबारुङ क्रेडिट युनियनले पनि यस वर्ष को एक्सेस ब्राण्ड प्राप्त गरेको जनउत्थान बचत तथा ऋण सहकारी संस्थाका अध्यक्ष गिरी पुनले जानकारी दिए । पुनका अनुसार यो अवार्ड नेपालबाट पाउने एक मात्र सहकारी हो भने एशियाभरबाट दुईवटा सहकारीले मात्र एक्सेस ब्राण्ड प्राप्त गरेका छन् ।  यस अघि पनि जनउत्थानले कास्य (ब्रोन्च) अवार्ड पाएको थियो ।

    एशियाली ऋण महासंघले यही २०२५ सेप्टेम्बरको १२ तारिखमा फिलिपिन्सको मनिलामा आयोजना हुने एशियाली क्रेडिट युनियन फोरम २०२५ को उद्घाटन समारोहमा एक्सेस ब्राण्डको प्रमाणपत्र प्रदान गर्ने छ ।

    सहकारीको २०८२ असार मसान्त सम्मको अवस्थामा कुल सम्पत्ति ४ अर्ब ४४ करोड, शेयर पुजी २८ करोड ४३ लाख, बचत संकलन ३ अर्ब ४४ करोड, ऋण लगानी ३ अर्ब ३३ करोड रहेको छ । ३९ हजार २ सय ३७ सदस्य रहेको संस्थामा जगेडा कोष ४० करोड ४७ लाख, कर्जा जोखिम कोष १२ करोड ५० लाख, तरलता ९० करोड ९३ लाख  रहेको छ । जनउत्थानलाई बुझेर एक वर्षमा ४ हजार ९६ सदस्य थपिएको प्रमुख कार्यकारी अधिकृत रन बहादुर थापाले बताए । यस आर्थिक वर्षको दूई सातामा मात्रै ३ सय ५२ जना सदस्य थपिएका छन । संस्थाको उत्कृष्टताले नै विभिन्न अवार्डहरु पाउदै आएका छौ यो अवार्डले थप जिम्मेवारी बोध गराएको बताउदै नेपालका ३० हजार सहकारी मध्ये जनउत्थान अग्रपंक्तिमा रहेको समेत बताए ।

    संस्थाको कुल बचतमध्ये नियमित मासिक बचतको हिस्सा ४४ प्रतिशत (१ अर्ब ५१ करोड) रहेको छ । त्यसैगरी धन सिर्जना गर्ने बचतको हिस्सा १५ प्रतिशत, आवधिक बचतको हिस्सा १८ र चालु बचतको हिस्सा २३ प्रतिशत रहेको । संस्थाले प्रति सदस्य ३ लाख देखि ५० लाखसम्म ऋण लगानी गर्ने गरेको छ । जसमध्ये ८ हजार अर्थात ७४ प्रतिशत ऋणी ३ लाख मुनिको दायरामा रहेका छन् । १३४ जना सदस्यले मात्र ५० लाख सम्मको ऋण लिएका छन्  

     

    images
    images
    images
    images

    © 2026 All right reserved to lumbinipatrika.com  | Site By : Sobij