२०८३, आश्विन २३ गते

Oct 09 2026

images
images

विमान उडानको अनिश्चय हटाऊ

विमान उडानको अनिश्चय हटाऊ

विमान उडानको अनिश्चय हटाऊ

विमान उडानको अनिश्चय हटाऊ

विमान उडानको अनिश्चय हटाऊ
लुम्बिनी पत्रिकाले सञ्चालनमा ल्याएको आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, अन्तर्वार्ता, सूचना प्रविधि तथा जीवनका विभिन्न आयामका सम्पूर्ण समाचार र विश्लेषणलाई समुचित रूपमा पस्कँदै आएको छ।
आइतवार, श्रावण २५ २०८२
आइतवार, श्रावण २५ २०८२
  • गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलबाट उडान गर्दै आएका तीन विमान कम्पनीले स्थगित गरेको उडान अझै अनिश्चित छ । विमान उडान स्थगित भएपछि यहाँका व्यवसायी आक्रोशित भएका छन् । गौतमबुद्ध विमानस्थलबाट उडान नियमित नहुँदा पर्यटन प्रधद्र्धनको  भविष्य देखेर भएको लगानीको जोखिम बढेको छ ।


    झण्डै ४० अर्ब लगानीमा बनेको विमानस्थल नियमित नचल्दा राज्यलाई परेको व्ययभार एकातिर छ, व्यवसायीले व्यहोर्नु परेको नोक्सानी पनि उत्तिकै छ । गत कार्तिकदेखि थाई एयर एशिया,फ्लाई दुबई र जजीराले उडान सुरु गरेपछि उत्साहित भएका व्यवसायी अरू विमान कम्पनीले पनि उडान गर्छन् भन्ने विश्वासमा थिए । बौद्धमार्गी बाहुल्य मुलुकका विमान कम्पनीले पनि भैरहवा सिधै उडानमा रुची देखाइरहेको र सरकारले पनि पहल गरिरहेकोले थप उडान हुन्छ भन्ने विश्वास थियो । तर थप विमान कम्पनीले उडान गरेनन् । उडान सुरु गरेका कम्पनीले पनि स्थगित गरेपछि व्यवसायी निराश हुनु स्वाभाविकै हो ।


    विमानस्थल चल्नका लागि यहाँ तत्काल श्रम स्विकृतिको लागि कार्यालय आवश्यक पर्छ । मेडिकल जाँच, भिसा सेन्टर, कार्गो र विदेश पढ्न जाने विद्यार्थीको लागि नो अब्जेक्सन सर्टिफिकेट(एनओसी), ठूला ट्राभल एजेन्सीका कार्यालय स्थापना पनि हुनुपर्छ । ती कार्यालय नहुँदा सेवाग्राही काठमाडौं धाउनुपर्ने बाध्यता छ  । विमानस्थलमा विमान आए  तर विमानस्थल चल्नका लागि चाहिने कार्यालय स्थापनामा ढिलाइ  हुनु गैरजिम्मेवार क्रियाकलाप हो । 


    मुलुकमा संघीय शासन प्रणाली स्थापना भइसकेको छ, तर केन्द्रीकृत राज्य संरचनाको मनोविज्ञान बदलिन नसक्दा शासन प्रणाली संस्थागत हुन सकेको छैन । काठमाडौं केन्द्रित मनोविज्ञानले पनि गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल सञ्चालनमा बाधा पुगेको छ । 
    भैरहवा विमानस्थलबाट चढ्ने यात्रु पर्याप्त हुन नदिन काठमाडौं केन्द्रित ठूला ट्राभल एजेन्सीले अन्तर्राष्ट्रिय हवाई टिकटमा कार्टेलिङ गरेका, एयरलाइन्स कम्पनीहरुले भैरहवामा सम्पर्क कार्यालय नखोलेका र स्थानीय ट्राभल एजेन्सीलाई टिकट बेच्न नदिएकाले पनि विमानस्थल चल्न नदिन सेटिङमा काम भइरहेको भन्ने व्यवसायीको दाबी छ । विमानस्थल चलाउनका लागि सरकारले कार्ययोजना बनाएर काम गर्नुपर्छ । पहिलो अहिले स्थगित गरेका कम्पनीलाई पुनः उडान सुरु गराउन पहल गर्ने, दोस्रो बौद्धमार्गी बाहुल्य मुलुकबाट उडान नियमित गर्न पहल लिने, तेस्रो भारतसँग नयाँ हवाई रूट लिन पहलकदमी लिने । 


    प्रधानमन्त्रीको आगामी भारत भ्रमाणमा हवाई रूटको विषयमा छलफल र टुंगो लाग्न सक्यो भने मुलुकका लागि उपलब्धिमूलक हुनेछ । हवाई रूट टुंगो नलाग्दा भैरहवा विमानस्थलबाट अन्तराष्ट्रिय उडान सहज नहुने भएकाले सरकारको प्राथमिकता हवाई रूटमै जानुपर्छ ।

    images
    images
    images
    images

    © 2026 All right reserved to lumbinipatrika.com  | Site By : Sobij