२०८३, आश्विन २३ गते

Oct 09 2026

images
images

लुम्बिनी शिक्षा निकेतनले गर्यो एसईई उतीणर्लाई सम्मान

लुम्बिनी शिक्षा निकेतनले गर्यो एसईई उतीणर्लाई सम्मान

लुम्बिनी शिक्षा निकेतनले गर्यो एसईई उतीणर्लाई सम्मान

लुम्बिनी शिक्षा निकेतनले गर्यो एसईई उतीणर्लाई सम्मान

लुम्बिनी शिक्षा निकेतनले गर्यो एसईई उतीणर्लाई सम्मान
लुम्बिनी पत्रिकाले सञ्चालनमा ल्याएको आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, अन्तर्वार्ता, सूचना प्रविधि तथा जीवनका विभिन्न आयामका सम्पूर्ण समाचार र विश्लेषणलाई समुचित रूपमा पस्कँदै आएको छ।
सोमवार, आषाढ ३२ २०८१
सोमवार, आषाढ ३२ २०८१

  • भैरहवा । लुम्बिनी शिक्षा निकेतनले एसईई परिक्षामा उत्तीणर् विद्यार्थीहरुलाई सम्मान गरेको छ । रुपन्देहीको मायादेवी ४ मा अवस्थित विद्यालयले एक कार्यक्रमका बिच विद्यार्थीहरुलाई सम्मान गरेको हो ।


    सम्मान कार्यक्रममा बोल्दै प्रमुख अतिथी लुम्बिनी प्रेस क्लबका अध्यक्ष सम्झना शर्माले विद्यार्थीहरुलाई कक्षा ११ पढ्नका लागि टाढा नजान आग्रह गरिन । अहिले सम्म अभिभावकको छायमा रहेर पढे जस्तै अबको कक्षा १२ बिद्यालय शिक्षानै भएकोले २ वर्ष माध्यमिक शिक्षा सम्म अभिभावककौ नजरमा रहेर पढ्नु पर्ने बताइन । उनले असल व्यक्ति र नागरिक बन्न कसरी सकिन्छ अबको ध्यान त्यस तर्फ दिनुपर्ने बताउदै आफ्नो क्षमता अनुसार काम गरेर लक्ष्यमा सजिलै पुग्न सकिने बताइन । 


    सो अवसरमा बोल्दै विशिष्टि अतिथी विद्यालयका अध्यक्ष गोविन्द ज्ञवालीले विद्यालयले लुम्बिनी र मायादेवी क्षेत्रबाट उत्कृष्ट नतिजा ल्याएको बताए । विद्यार्थीको लगनशील,शिक्षक र विद्यालयको अथक प्रयासले नतिजा राम्रो आएपनि अब विद्यार्थीहरुले अनुशासनमा रही सिकेकका कुरा बाहिर देखाउनु पर्ने जरुरी रहेको बताए ।

    एसईई पश्चात् करियरको शुरुआत हुने भएकोले विषय छान्दा साथिभाईहरुको लहलहै भन्दा पनि स्वबिबेक, क्षमता र आफ्नो रुचि अनुसार अध्ययन गर्र्नुपर्ने सुझाव दिए । 
    विद्यालयका संचालक शक्तिधर यादवले शिक्षक,अभिभावक र विद्यार्थी त्रिपक्षले गरेको मिहेनतको कारण उत्कृष्ट नतिजा आएको बताउदै एसईई शिक्षाको जगभएकोले विद्यालर्थीहरुमा नयाँ चुनौतीहरु थपिदै जाने बताए ।

    उपस्थित शिक्षक, अभिभावक, अतिथीहरुले सम्पूणर्लाई बधाई दिदै बिगतदेखि नै उत्कृष्ट नतिजा ल्याउन सफल यस स्कुललाई आगामी दिनमा अझै उत्कृष्ट हुन शुभकामना सहित विद्यार्थीहरुलाई उज्जवल भविष्यको शुभकामना व्यक्त गरे । विद्यार्थीको सिकाइ समाजले पनि मुल्यांकन गरिरहेको हुन्छ भन्दै विद्यार्थीहरुलाई ब्यवहारिक ज्ञानमा ध्यान दिनु पर्ने बताए । 


    २०६३ सालमा स्थापित विद्यालय लुम्बिनी क्षेत्रबाट उत्कृष्ट नतिजा ल्याउदै आएको छ । कार्यक्रममा एसईई उत्तीणर् विद्यार्थीहरुलाई मायाको चिनो दिएर सम्मानित गरेको थियो । २०७१ सालबाट एसएलसीमा सहभागी गराउदै आएको विद्यालयले शैक्षिक सत्र २०८० मा ४६ जनालाई सहभागी गराएको विद्यालयका प्रबन्ध निर्देशक पिताम्बर न्यौपानेले बताए ।

    विगतमा पनि उत्कृष्ट नतिजा ल्याउदै आएको विद्यालयले बधाई तथा शुभकामना कार्यक्रममा सर्वोत्कृष्ट नतिजा ल्याउने सुप्रिया मिश्रा र शैलेन्द्र कुमार यादवलाई नगद सहित सम्मान गरेको छ । साथै, स्कुलको उत्कृष्ट एसईई नतिजाका लागि योगदान दिने शिक्षक, कर्मचारी लाईसमेत सम्मान गरिएको थियो । 


    विद्यालयका प्रिन्सिपल जोखन प्रसाद यादवको अध्यक्षतामा भएको कार्यक्रमको संचालन शिक्षक श्याम मोहन यादवले गरेका थिए भने स्वागत शिक्षिका यशोधा खड्काले गरेकी थिइन ।

    images
    images
    images
    images

    © 2026 All right reserved to lumbinipatrika.com  | Site By : Sobij