२०८३, आश्विन २३ गते

Oct 09 2026

images
images

एनपीएल : अक्सनपछि कुन टिम कस्तो बन्यो ?

एनपीएल : अक्सनपछि कुन टिम कस्तो बन्यो ?

एनपीएल : अक्सनपछि कुन टिम कस्तो बन्यो ?

एनपीएल : अक्सनपछि कुन टिम कस्तो बन्यो ?

एनपीएल : अक्सनपछि कुन टिम कस्तो बन्यो ?
लुम्बिनी पत्रिकाले सञ्चालनमा ल्याएको आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, अन्तर्वार्ता, सूचना प्रविधि तथा जीवनका विभिन्न आयामका सम्पूर्ण समाचार र विश्लेषणलाई समुचित रूपमा पस्कँदै आएको छ।
आइतवार, श्रावण २५ २०८२
आइतवार, श्रावण २५ २०८२
  • काठमाडौं । नेपाली खेलकुदमा पछिल्लो समय सबैभन्दा चर्चामा रहेको प्रतियोगिता हो, नेपाल प्रिमियर लिग (एनपीएल) ।

    प्रतियोगिताको पहिलो संस्करणले गत वर्षको पुसमै विजेता पाइसक्यो । त्यसयता विभिन्न विषयका कारण एनपीएलको आलोचना र तारिफ दुवै छ । यसैबीच आयोजक नेपाल क्रिकेट संघ (क्यान)ले शनिबार प्रतियोगिताको दोस्रो संस्करणका निम्ति अक्सन सम्पन्न गरिसकेको छ । 

    अक्सनअघि प्रतियोगिताका आठ टिमले गत सिजन प्रतिस्पर्धा गरेका खेलाडीमध्ये कुल ५१ खेलाडीलाई रिटेन गरेका थिए । यसैकारण शनिबार भएको अक्सनमा नेपाली खेलाडीको कोटा ३७ मात्रै थियो । जसका निम्ति १६४ खेलाडी अक्सन सूचीमा समावेश थिए । क्यानले अक्सनका निम्ति १५० जनाको नाम सार्वजनिक गरेको थियो । तर, शनिबार थप १४ खेलाडी यो सूचीमा अटाएका थिए । 

    ललितपुरस्थित रोयल टुलिपमा भएको अक्सनबाट प्रतियोगिताका आठ टिमले २६ खेलाडीलाई अनुबन्ध गरे । नेपाली खेलाडीको कोटामा थप ११ स्टल बाँकी हुँदा यी खेलाडी अक्सनपछिको ‘विस लिस्ट’बाट विभिन्न टिममा आबवद्ध भए । अब विदेशी खेलाडीको कोटा बाँकी छ ।

    यस्ता छन् आठ टोलीका खेलाडी
    जनकपुर बोल्ट्स : 
    रिटेन : आसिफ शेख (मार्की), अनिल साह, ललितनारायण राजवंशी, किशोर महत्तो, रुपेश सिंह, शुभ कंशाकार र तुलबहादुर थापा
    अक्सनबाट : सचिन भट्ट, आदीत्य महता, मयन यादव र विकाश आग्री (विस लिस्ट) ।

    काठमाडौं गोर्खाज : 
    रिटेन : करण केसी (मार्की), भीम सार्की, साहब आलम, राशिद खान, दीपेश कँडेल र प्रतीक श्रेष्ठ
    अक्सनबाट : उत्तम मगर, तुलबहादुर थापा, सन्तोष यादव, आकाश त्रिपाठी र आदील आलम ।

    कर्णाली याक्स : 
    रिटेन : सोमपाल कामी (मार्की), गुल्सन झा, नन्दन यादव, अर्जुन घर्ती, दीपेन्द्र रावत, उनिश ठकुरी र विपीन शर्मा
    अक्सनबाट :  पवन सर्राफ, इमरान शेख, दीपक डु्रमे र युवराज खत्री ।

    चितवन राइनोज : 
    रिटेन : कुशल मल्ल (मार्की), रिजन ढकाल, कमलसिंह ऐरी, अमर रौटेला, दीपक बोहरा, गौतम केसी
    अक्सनबाट : देव खनाल, अर्जुन साउद, विपीन आचार्य (विस लिस्ट), विपीन रावल (विस लिस्ट) र रञ्जित कुमार (विस लिस्ट) ।

    विराटनगर किंग्स :
    रिटेन : सन्दीप लामिछाने (मार्की), लोकेश बम, प्रतिश जिसी, बसिर अहमेद, सुवाश भण्डारी, नरेन भट्ट
    अक्सनबाट : सूर्य तामाङ, साहिल पटेल, नारायण जोशी, सर्वन किस्कु (विस लिस्ट) र शंकर राना (विस लिस्ट) ।

    लुम्बिनी लायन्स : 
    रिटेन : रोहितकुमार पौडेल (मार्की), विवेक यादव, सन्दीप जोरा, तिलकराज भण्डारी, दीनेश अधिकारी, अभिषेक गौतम
    अक्सनबाट : दिलीप नाथ, विशाल पटेल, शेर मल्ल, दुर्गेश गुप्ता (विस लिस्ट) र आदील खान (विस लिस्ट) ।

    सुदूरपश्चिम रोयल्स : 
    रिटेन : दीपेन्द्रसिंह ऐरी (मार्की), आरिफ शेख, अभिनाश बोहरा, विनोद भण्डारी, इशान पाण्डे र नरेन साउद
    अक्सनबाट : हेमन्त धामी, टेक रावत, दीपेन्द्र थापा, दीपक बोहरा (विस लिस्ट) र मिलन बोहरा (विस लिस्ट) ।

    पोखरा एभेन्जर्स : 
    रिटेन : कुशल भुर्तेल (मार्की), सागर ढकाल, आकाश चन्द, किरणकुमार ठगुन्ना, विपीन खत्री, तीर्थराज दास, दीनेश खरेल
    अक्सनबाट : अभिषेक तिवारी, अर्जुन कुमाल, कृष्ण पौडेल र सन्दीप खत्री क्षेत्री (विस लिस्ट) ।

    images
    images
    images
    images

    © 2026 All right reserved to lumbinipatrika.com  | Site By : Sobij