२०८३, आश्विन २३ गते

Oct 09 2026

images
images

सञ्चालकबाट ८ करोड बढी अनियमितता, १२ करोड हिनामिना,२५ करोड र ८५ करोड नीतिगत अपचलन

सञ्चालकबाट ८ करोड बढी अनियमितता, १२ करोड हिनामिना,२५ करोड र ८५ करोड नीतिगत अपचलन

सञ्चालकबाट ८ करोड बढी अनियमितता, १२ करोड हिनामिना,२५ करोड र ८५ करोड नीतिगत अपचलन

सञ्चालकबाट ८ करोड बढी अनियमितता, १२ करोड हिनामिना,२५ करोड र ८५ करोड नीतिगत अपचलन

सञ्चालकबाट ८ करोड बढी अनियमितता, १२ करोड हिनामिना,२५ करोड र ८५ करोड नीतिगत अपचलन
लुम्बिनी पत्रिकाका सह-सम्पादक शर्मा करिब २ दशक देखी पत्रकारितामा क्रियाशील छन् । उनले सममामयीक तथा खोजमूलक विषयमा कलम चलाउँछन् ।
सोमवार, श्रावण २६ २०८२
सोमवार, श्रावण २६ २०८२
  • बुटवल । रुपन्देही तिलोत्तमा–३ को डिंगरनगर दूरगामी बहुउद्देश्यीय सहकारी संस्थामा भएको बचत हिनामिना र अपचलन छानबिन गर्न गठित समितिले बुझाएको प्रतिवेदनको शारांश दैनिक लुम्बिनीले प्राप्त गरेको छ । 

    जस अनुसार सञ्चालक समितिबाट ८ करोड बढी अनियमितता भएको देखिएको छ । यस्तै १२ करोड रुपैयाँ हिनामिना (खाए–मासेको), २५ करोड रुपैयाँ अपचलन र ८५ करोड रुपैयाँ नीतिगत अपचलन भएको अडिट रिपोर्टले देखिएको छ ।

    सहकारीमा बचतकर्ताको बचत अपचलन भएपछि यसको सत्यतथ्य पत्ता लगाउन ७ जना स्वतन्त्र लेखापरीक्षकहरु खटिएका थिए । उनीहरुले एक महिना लगाएर अन्तिम रिपोर्ट तयार गर्दै छानबिन विशेष समितिलाई बुझाएका थिए ।

    अडिट रिपोर्टअनुसार सहकारीले विभिन्न व्यक्तिका नाममा ३४ करोड ७ लाख ५५ हजार ८१४ रुपियाँ गैरकानुनी  ऋण प्रवाह गर्दा ९ करोड २८ लाख ३० हजार बराबरको मात्र धितो राखेको छ । यस हिसावले सहकारीको कुल  ऋणमध्ये २१ करोड ७४ लाख ६६ हजार ५४९ रुपियाँ जोखिममा छ ।

    त्यस्तै व्यवस्थापक वसन्त पराजुलीले ४ करोड ७० लाख ७६ हजार १२१ रुपियाँ अनियमितता गरेको अडिट रिपोर्टले औंल्याएको छ ।

    पराजुलीसँग उक्त रकमको व्याजसहित ४ करोड ८० लाख ९७ हजार असुल्नुपर्ने देखिएको पनि अडिट रिपोर्टमा उल्लेख छ ।
    त्यस्तै सञ्चालक समितिले ८ करोड २७ लाख ३१ हजार ४७६ रुपियाँ अनियमितता गरेको हुँदा उक्त रकम समितिले जिम्मा लिनुपर्ने सुझाव पनि अडिट रिपोर्टमा दिइएको छ ।

    छानबिन समितिले सहकारीका सञ्चालक समितिका कोषाध्यक्ष र सल्लाहकार समेतलाई अडिट रिपोर्ट बुझाएको १० दिन नाघिसकेको छ । समितिले उक्त अडिट रिपोर्ट सोही दिन प्रदेश सहकारी दर्ता अधिकारीको कार्यालयमा बुझाएको थियो ।

    अध्यक्ष, सचिव र व्यवस्थापकविरुद्ध किटानी जाहेरी
    सहकारीका बचतकर्ताहरुद्वारा गठित छानबिन व्यवस्थापन र समन्वय समितिको तर्फबाट इलाका प्रहरी कार्यालय बुटवलमा सहकारीका अध्यक्ष घनश्याम तिवारी, सचिव रामबहादुर थापा र व्यवस्थापक वसन्त पराजुलीविरुद्ध सहकारी ठगीमा किटानी जाहेरी परेको छ । 

    उनीहरुविरुद्ध  शुक्रबारै किटानी जाहेरी परेको इलाका प्रहरी कार्यालय बुटवलका प्रमुख प्रहरी नायब उपरीक्षक इन्द्रबहादुर रानाले बताए ।

    किटानी जाहेरी परेपछि अनुसनधान अगाडि बढेको हुँदा अनुसन्धान टुंगिएपछि अभियोजन गर्ने डीएसपी रानाले जनाए । यसअघि पनि बचतकर्ताले उनीहरुविरुद्ध छानविनको माग गर्दै उजुरी दिएका थिए । अहिलेको उजुरी सहकारी ठगीमा आएकाले अब यसैअनुसार कारबाही अगाडि बढाइने उनले बताए ।

    व्यवस्थापक वसन्त पराजुली एक साता प्रहरीको हिरासत बसेर छुटिसकेका छन् भने अध्यक्ष र सचिवविरुद्ध पनि रुपन्देही जिल्ला अदालतले दुई साता अघि नै पक्राउ पुर्जी जारी भएको थियो । 

    तर उनीहरु अहिलेसम्म पक्राउ नपर्दा बचतकर्ताले राजनीतिक संरक्षणको आशंका गरेका छन् । अध्यक्ष तिवारी र सचिव थापा दुबैजना कांग्रेसका स्थानीय नेता हुन् । 

    गृहमन्त्री पनि कांग्रेसकै भएकाले  उनीहरुलाई जोगाउने षड्यन्त्र गरिएको बचतकर्ताहरुको आरोप छ ।

    सहकारीका करिब २ हजार बचतकर्ताको रकम बैंकमा जम्मा नगरी अध्यक्ष, सचिव र व्यवस्थापकको मिलेमतोमा निजी खातामा जम्मा गरेको, सहकारीको सफ्टवेयर ‘अफ आवर’ अर्थात् कार्यालय बिदा भएपछिको समयमा चलाएको, ऋण नलिएका व्यक्तिको नाममा ऋण देखाइएको र विनाधितो ऋण प्रवाह गरिएको भेटिएको प्रतिवेदनमा उल्लेख छ । 

    ऋणका फाइलमा प्रक्रिया पूरा नगरिएको, १० लाखभन्दा माथिको फाइलमा इञ्जिनियरिङ मूल्यांकन नगरेको, ऋण नलिएका व्यक्तिहरूको नाममा ऋण देखाइ महिनाको अन्त्यमा देखिएको ऋण अर्को महिनाको पहिलो साता ‘शून्य’ बनाइएको, नक्कली सदस्यहरु बनाएर ऋण लगानी गरेको, ऋण लगानी गरेको ६ महिनापछि सदस्य बनाएको जस्ता बद्मासी भएको प्रतिवेदनमा उल्लेख छ । 

    अध्यक्ष तिवारी १७ वर्षदेखि अध्यक्ष पदमा रहेका र सञ्चालक समितिमा एउटै दलका मान्छेको बर्चस्व रहेकाले मिलेमतोमा बचत अपचलन भएको आरोप छ ।

    प्रदेश सहकारी ऐन, २०७६ को दफा ३७ को उपदफा (१) मा, एउटै व्यक्ति लगातार एउटै पदमा दुई पटकभन्दा बढी सञ्चालक हुन नपाउने व्यवस्था छ ।

    सहकारीका अध्यक्ष घनश्याम तिवारी र सचिव रामबहादुर थापा क्षेत्री लामो समयदेखि फरार रहेकाले बचतकर्ताहरु अन्यौलमा परेका छन् । उनीहरुले आफूहरुको बचत फिर्ता गर्न माग गर्दै दिनहुँ बैठक र छलफल गरिरहेका छन् ।

    यस प्रकरणबारे जानकारीका लागि प्रदेश राजधानीमा रहेको सहकारी दर्ता अधिकारीको कार्यालयका प्रमुख सुरेशचन्द्र आचार्य र वरिष्ठ अधिकृत बाबुराम पन्थी दुवैले फोन उठाएनन् ।

    images
    images
    images
    images

    © 2026 All right reserved to lumbinipatrika.com  | Site By : Sobij