२०८३, आश्विन २३ गते

Oct 09 2026

images
images

रूपन्देही क्षेत्र नं. ३ को उप–निर्वाचनः जनभावना, विकल्प र आगामी बाटो

रूपन्देही क्षेत्र नं. ३ को उप–निर्वाचनः जनभावना, विकल्प र आगामी बाटो

रूपन्देही क्षेत्र नं. ३ को उप–निर्वाचनः जनभावना, विकल्प र आगामी बाटो

रूपन्देही क्षेत्र नं. ३ को उप–निर्वाचनः जनभावना, विकल्प र आगामी बाटो

रूपन्देही क्षेत्र नं. ३ को उप–निर्वाचनः जनभावना, विकल्प र आगामी बाटो
लुम्बिनी पत्रिकाले सञ्चालनमा ल्याएको आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, अन्तर्वार्ता, सूचना प्रविधि तथा जीवनका विभिन्न आयामका सम्पूर्ण समाचार र विश्लेषणलाई समुचित रूपमा पस्कँदै आएको छ।
सोमवार, श्रावण २६ २०८२
सोमवार, श्रावण २६ २०८२
  • आनन्द खनाल
     रुपन्देही क्षेत्र नं. ३ हाल देशकै राजनीतिक नजरमा परेको क्षेत्र बनेको छ । यस क्षेत्रबाट प्रतिनिधिसभामा प्रतिनिधित्व गर्ने  सदस्यको  निधनपछि रिक्त भएको यो सिटमा कार्तिक २७ गते उप–निर्वाचन हुने तय भएको छ । ऐतिहासिक, भौगोलिक र आर्थिक दृष्टिले महत्त्वपूर्ण भैरहवा र वरिपरिका क्षेत्र समेटिएको यो निर्वाचन क्षेत्र अहिले बहस, तर्क–वितर्क र भविष्यका आकांक्षाले भरिएको छ  । यहाँका जनताले विगतका अनुभव, वर्तमानका असन्तोष र भविष्यका अपेक्षालाई जोडेर उम्मेदवारको छनोटबारे धारणा बनाइरहेका छन् । 


    रुपन्देही–३ का मतदाताले अघिल्ला निर्वाचनहरुमा विभिन्न दलका उम्मेदवारलाई अवसर दिएका थिए ।  कुनै बेला उम्मेदवारलाई देख्न नपाई मतदान गरे, पछिल्ला कतिपय चुनावहरुमा राजनीतिक स्वार्थ, व्यक्तिगत स्वार्थ चुनाव जित्ने परिपञ्च, राष्ट्रिय समीकरण जस्ता कारणले दल, कुन दल ? भन्दा पनि दलको आदर्श  र  आफ्ना दल र चुनाव चिन्हलाई थाँतिमा राख्दै सबैले सबै दललाई एक आपसका विभिन्न फरक चुनाव चिन्हमा मदतान गरेको अवस्था पनि थियो । निर्वाचनको मुखमा होस् वा अन्यबेला यस क्षेत्रका जनताबिच अहिलेको प्रमुख गुनासो भनेको विजयी भएपछि नेताहरू हराउने, चुनावी वाचा कागजमै सीमित हुने चुनावको बेला खोक्रो आस्वासन बाँड्ने र तिनका हिजो आजको भाषा भन्ने हो भने झोलेहरुले ती सबैको वाचा गर्ने, तर वाचा भने अधिकांश काम कागजी अवधारणामा सीमित रहन पुगे र विभिन्न वहानामा वा काण्डहरुका नाममा ओझेलमा परेको भन्ने यस क्षेत्रका आम मतदाताको धारणा रहेको देखिन्छ । 


    राष्ट्रकै आर्थिक विकासमा टेवा दिन सक्ने र गेम चेन्जर परियोजना रहेको  गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलको सञ्चालनको विषय पनि सबैका चुनावी ऐजेण्डा र रणनीति भने, तर पनि  आजका दिनसम्म  त्यसको प्रभावकारी उपयोग र क्षेत्रीय आर्थिक लाभका लागि नीतिगत पहल कमजोर देखिएको जनताको ठम्याइ छ र यस  पालिको उप–निर्वाचनमा पनि पुनः गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलको सञ्चालनको विषय पनि सबैका चुनावी ऐजेण्डा र रणनीति भन्ने निश्चित जस्तै देखिएको छ भने त्यसैको ओझेलमा कृषिको आधुनिकीकरण, साना तथा मझौला उद्योग विस्तार, व्यापारिक अवसर, सीमा क्षेत्रका चुनौती, रोजगारी  र पर्यटन प्रवर्धनजस्ता क्षेत्र परेको देखिन्छ, यसबारे सबै राजनीतिक  दलहरु वा उम्मेदवारहरुको परिणाम योग्य धारणा यस पटकको निर्वाचनमा जनताले कुरेर बसेका छन् । हालको राजनीतिक परिवेशमा केन्द्रीय सरकारप्रति मात्र होइन, सम्पूर्ण राज्य सयन्त्र, स्थानीय तहका नेतृत्व र दलहरुका जनप्रतिनिधहरुका  संगठनात्मक कामप्रति पनि आलोचना व्यापक रहेको अवस्थामा हुन गइरहेको निर्वाचनमा  पार्टीगत आस्थाभन्दा बढी अब जनताले असली काम गर्ने जनप्रतिनिधि खोज्नुपर्ने धारणा बढ्दै गएको छ  भने विभिन्न  सामाजिक सञ्जालहरुमा समेत दलको हैसियत होइन, कामको हिसाब चाहिन्छ भन्ने टिप्पणीहरू प्रशस्त देखिएका छन् । 
    यद्यपि आफूलाई  मुख्यधारका ठूला दलहरू भन्नेहरु आम जनताका पछिल्ला दिनका भावनाहरुको सम्मान गर्ने भन्दा पनि अझै आफ्नो संगठन,  पुराना मत आधार, चुनावी दाउँपेच र केही सीमित आसेपासेहरुले देवत्वकरण गरी सबै ठिक छ भन्ने कथनहरुमा वा अन्य चुनावी मेसिनरीमा आत्मविश्वासी देखिन्छन् । भने नयाँ भनिएका दलहरु पनि उस्तै हुन भन्ने आसयको प्रचार केही उदाहरणहरुका कारण एवं यहाँको मात्र होइन्, नेपाल भरीका आम जनताको निरासा, दलहरुले गरेका काण्डहरु, कुशासन आदिका कारण दलको टिकट पाउने मात्रले अब सहज विजय दिलाउने अवस्था नरहेको आम मतदाताहरुको  धारणा रहेको देखिन्छ । 


    चुनाव मिति घोषण गरेपश्चात् यस भेग विषेश गरी भैरहवा क्षेत्रमा स्थानीय वा टुरिष्ट उम्मेदवार चयनबारे चलिरहेको बहस  दुई धार प्रस्ट देखिन्छन्, पहिलो, स्थानीय उम्मेदवार नै हुनुपर्छ भन्ने समूह जुन  समूहको तर्क छ कि स्थानीय समस्या, संस्कृति र जनजीवन बुझ्ने मानिस मात्र प्रभावकारी प्रतिनिधित्व गर्न सक्छ र जो यहाँको मतदाताई भेटघाट गर्न सहज हुन्छ भन्छन् भने दोस्रो समूह प्रतिनिधिसभाको चुनाव भएकोले निर्वाचन कानुन, र टुरिष्ट वा बाहिरको भए पनि सक्षम, इमानदार र परिणाममुखी हुँदा के बिग्रन्छ र बिगतमा स्थानीयलाई अवसर दिएकै हो ? तर ठोस परिणाम देखिएन  भन्ने पनि सुनिएका छन् । यसको निक्यौल आगामी परिणामले देखाउला नै ? जितेर गएका उम्मेदवारहरूमा केहीले व्यक्तिगत र सीमित परियोजनामा मात्र सक्रियता देखाए, जसले सामूहिक विकासको अनुभूति दिलाएन । धेरैले चुनावी अवधिमा मात्र जनताको घरघरमा पुगेको, चुनाव जितेपछि सम्पर्क टुटाएको र राष्ट्रिय मञ्चमा क्षेत्रका मुद्दा प्रभावकारी रूपमा नउठाएको आलोचना जनताबाट गरेका छन् । 


    अहिले जनतामा मुख्य प्रश्न उठेको छ–के यसपटकको चुनावमा दलहरूले फेरि केवल पार्टी निष्ठाको आधारमा उम्मेदवार ल्याउनेछन् वा साँच्चै काम गर्ने, जनताको समस्या बुझ्ने र समाधान गर्ने  इमान्दार व्यक्तिलाई अघि सार्नेछन् । विगतको अनुभवले जनतामा केही निराशा जन्माएको छ, किनकि धेरै उम्मेदवारहरूले चुनाव जितेपछि चुनावी वाचा बिर्सिएको, क्षेत्रको दीर्घकालीन विकास योजनामा खास प्रगति नगरेको आलोचना सामाजिक सञ्जालदेखि चोक–गल्लीसम्म खुलेर भएको छ । यस क्षेत्रका मतदाताको संरचना विविधतायुक्त छ—शहरी भैरहवाको व्यापारिक वर्गदेखि ग्रामीण क्षेत्रका कृषक, युवा बेरोजगारदेखि वैदेशिक रोजगारीमा गएका परिवारका सदस्य, कतिपय नौलाखाले ?  एवं कतिपय नयाँ जेन जी भनिने पुस्ता  यस विविधताले उम्मेदवारको लागि नीति तथा दृष्टिकोणमा व्यापकता ल्याउनुपर्ने आवश्यकतालाई स्पष्ट देखाउँछ । 


    सडक, खानेपानी, अस्पताल, शैक्षिक संस्थाहरूको सुधार, उद्योगमैत्री नीतिहरू, र पर्यटकीय सम्भावनाको उपयोगदेखि विमानस्थलको सञ्चालन मात्र होइन्, लुम्बिनीलाई विश्वस्तरीय पर्यटकीय गन्तव्यको रूपमा उभ्याउने योजना, औद्योगिक र व्यवसायिक विकास, सुशासनको अनुभूतिमा योगदान दिन सक्ने र इमान्दार र काम गर्न सक्षम व्यक्ति, बोल्ने होइन, गर्ने नेता खोजीरहेका छन् । यो उप–निर्वाचन केवल सिट पूर्ति गर्ने औपचारिकता मात्र होइन, क्षेत्रको दीर्घकालिन राजनीतिक संस्कृतिमा परिवर्तन ल्याउने अवसर पनि हो भने  मतदाताले यदि काममुखी, पारदर्शी र नतिजा दिने नेतृत्व रोज्न सके भने यो क्षेत्र उदाहरणीय बन्न सक्छ । उम्मेदवारलाई मात्र होइन्, तिनले प्रतिनिधित्व गर्ने दललाई समेत सकारात्मक उर्जा दिन सक्छ, तर निर्वाचित भए पनि  एक संसद सदस्यको रुपमा अब बाँकी रहेको छोटो समयमा केही गर्न नसक्ने अवस्था भने निकै चुनौती पूर्ण रहने खतारा छ ।  तर यदि पुरानै शैली, नतिजाविहीन वाचा र पार्टीगत चापमा मात्र निर्णय भयो भने विगतकै निराशा दोहोरिने खतरा रहन्छ, यसले जनभानामा फेरि कुठारापात हुने निश्चित छ । 


    नेपालकै महत्वपूर्ण औद्योगिक, वाणिज्य र सिमानाका कारण प्रमुख मानिने भैरहवा र यसको आसपासका क्षेत्रका ग्रामीण तथा शहर उन्मुख जनताले अब पुनः आफ्नो आवाज प्रतिनिधित्व गर्ने व्यक्तिलाई रोज्नु पर्ने अवस्थामा पुगेका छन् ।  कार्तिक २७ गते हुन लागेको उप–निर्वाचनले केवल नयाँ सांसद रोज्ने मात्र होइन्, यस क्षेत्रको भविष्यको राजनीतिक दिशा मात्र होइन्, २०८४ को चुनावको गति पनि तय गर्नेछ भन्ने धारणा यहाँका धेरै मतदाताको छ ।

    आम जनताहरु वा मतदाताको  अपेक्षा पार्टी, नयाँ, पुराना जुन जे सुकै भए पनि  काम गरेर देखाउने प्रतिनिधिको खोजिमा र राज्य प्रतिको निराशालाई परिवर्तनको मतमा रूपान्तरण गर्ने तयारीमा देखिएको हो की  भन्ने पाटो चिया गफ र सामाजिक सञ्जालहरु नियाल्दा देखिन्छ र यस  विषयलाई नजरअन्दाज गर्न नमिल्नले संकेत देखा परेका छन्, यो सबै उम्मेदवार पार्टीहरुलाई चुनौती हुन्, विषेश गरी पुराना भनिएकालाई  । समग्रमा, रुपन्देही क्षेत्र नं. ३ को यो उप–निर्वाचनले यहाँको राजनीतिक संस्कृतिमा नयाँ मोड ल्याउन सक्छ । यदि मतदाताले सक्षम, इमान्दार र परिणाममुखी व्यक्तिलाई रोजे भने, यो केवल क्षेत्रकै लागि होइन्, अगामी दिन वा वर्षहरुमा  देशभरका अन्य निर्वाचन क्षेत्रका लागि पनि एउटा उदाहरण बन्न सक्छ ।

    images
    images
    images
    images

    © 2026 All right reserved to lumbinipatrika.com  | Site By : Sobij