२०८३, आश्विन २३ गते

Oct 09 2026

images
images

कारागारलाई सुधार गृह बनाऊ

कारागारलाई सुधार गृह बनाऊ

कारागारलाई सुधार गृह बनाऊ

कारागारलाई सुधार गृह बनाऊ

कारागारलाई सुधार गृह बनाऊ
लुम्बिनी पत्रिकाले सञ्चालनमा ल्याएको आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, अन्तर्वार्ता, सूचना प्रविधि तथा जीवनका विभिन्न आयामका सम्पूर्ण समाचार र विश्लेषणलाई समुचित रूपमा पस्कँदै आएको छ।
सोमवार, श्रावण २६ २०८२
सोमवार, श्रावण २६ २०८२
  • कैलाली कारागारमा झडप हुँदा शनिबार एक जनाको मृत्यु र ४५ घाइते भएको घटनाले कारागारभित्रको कमजोर सुरक्षा व्यवस्थापन पुनः बाहिर ल्याएको छ । कैलाली कारागारमा भएको यो घटना पहिलो होइन्, यसभन्दा अघि मुलुकका विभिन्न कारागारमा पटक–पटक कैदी–बन्दीबिच आपसमा झडप हुँदै आएका छन् । कैदी–बन्दीबिचको झडप कारागारका सुरक्षाकर्मीले नियन्त्रणमा लिन नसक्दा जनधनको क्षति हुँदै आएको छ । पटक-पटक कारागारमा भइरहेका यी घटनाले सुरक्षा संवेदनशिलता बुझेर व्यवस्थापनमा राज्य चुकिरहेको देखिन्छ ।


    कारागारमा दुई प्रकारका व्यक्ति हुन्छन् । पहिलो कुनै अपराधमा संलग्न भएको अभियोगमा अदालतमा मुद्दा चलेका, तर मुद्दाको किनारा लागिनसकेकाहरु पुर्पक्षको लागि थुनामा रहन्छन् । दोस्रो कुनै अपराध गरेपछि अदालतबाट दोषी ठहर भएपछि सजाय पाएका व्यक्ति हुन्छन् । यी दुई खालका व्यक्तिहरु फरक-फरक मुद्दा र प्रकृतिका हुन्छन् । उमेर समूह, भाषा, समुदायगत प्रतिनिधित्व फरक फरक हुने भएकाले उनीहरुको सोंचाइ, बुझाइ र भोगाइ फरक हुने नै भयो । उनीहरुबिच यही फरक बुझाइले कारागारमा तनाव हुँदै आएको छ । कारागार व्यक्तिलाई सुधारका लागि हो । तर नेपालका कारागार सुधारका लागि नभएर झनै आक्रोश बढाउने ठाउँ भएका छन् । त्यहाँ क्षमता भन्दा बढी कैदी-बन्दी छन्, उनीहरुलाई शौचालय, खानेपानीलगायतको आधारभूत सुविधा पर्याप्त छैन । जीर्ण भवनमा कोचिएर बस्नुपर्ने बाध्यताले निराशा चुलिंदै जाँदा हुने आक्रोश धेरै छ । कैलाली कारागारमा घटनाको १४ घण्टासम्म प्रहरी भित्र पस्न सकेन् । मुलढोकामा ताल्चा लगाएरभित्र कैदीबन्दीबिच झडप भयो । मुल ढोका ग्यासको सिलिण्डर राखेर उनीहरुले प्रहरीलाई अवरोध गरे । ताल्चा खोलेरभित्र पसे ग्यास सिलिण्डर फड्काइदिने धम्की दिएर उनीहरुले जे–जस्तो क्रियाकलाप गरे, त्यसले नेपालको सुरक्षा व्यवस्थापनमा चुनौती थपिएको छ ।


    गृहप्रशासनका अनुसार देशभरका कारागारमा क्षमताभन्दा ११ हजार कैदी बन्दी छन् । उनीहरुलाई कारागारमा बस्दा कुनै सीपमूलक तालिम छैन । आयमूलक व्यवसाय छैन । गुल्मी कारागारमा आयमूलक व्यवसायमा सहभागी हुन पाउँदा कैदी बन्दीले आम्दानी गर्न पाएका छन् । उनीहरुले फर्निचर उद्योग चलाएर आम्दानी गर्न पाउँदा सजाय भुक्तान गरी निस्कदा उनीहरुलाई जीवनयापन सहज भएको छ । कारागारबाट निस्केपछिको अनिश्चित जीवनले पनि उनीहरुलाई पिरोलिरहेको हुन्छ । सुधार गृह हुनुपर्ने कारागार अपराधलाई झन संस्थागत गर्ने थलो भयो भनेर आलोचना हुँदै आएको छ । कारागारबाट निस्केपछि कतिपय  जघन्य अपराधमा संलग्न भएका घटनाले त्यसलाई पुष्टि गर्दै आएको छ । गुल्मी कारागारमा कैदी र बन्दीका लागि काम गर्ने अवसर उपलब्ध गराएर सुधार गृह बनाउने प्रयास अन्यत्रका लागि पनि नमूना हुनसक्छ । 


    कारागार सुधारका लागि दशकअघि तत्कालीन गृहमन्त्री वामदेव गौतमले अपराधशास्त्री डा. युवराज संग्रौलाको नेतृत्वमा कारागार सुधार कार्यदल गठन गरेका थिए । संग्रौलाको कार्यदलले बुझाएको प्रतिवेदनमा बा“केमा कृषि फार्मिङसहितको खुला कारागार बनाउने, त्रिशुलीमा औद्योगिक कारखानासहितको कारागार बनाउने र भीमफेदीको कारागारलाई स्तरोन्नति गर्ने सुझाव दिएको थियो  । बा“केको खुला कारागारमा साना–साना घर  बनाउने, त्यही घरमा परिवारसँग केही दिन बिताउन समेत दिने र उनीहरुलाई खेतीपातीमा लगाउने तथा त्रिशुलीको औद्योगिक कारखानासहितको कारागारमा औद्योगिक उत्पादनमा लगाउने कार्यदलको प्रतिवेदनमा उल्लेख छ ।  यो प्रतिवेदन कार्यान्वयनमा ल्याइएन् । देशभरका कारागारलाई सुधार गृहको रुपमा विकास गर्न संग्रौला कार्यदलको प्रतिवेदन कार्यान्वयन गरी कारागारलाई यातना र अपराधिक स्थलको साटो सुधारगृहको रुपमा विकास गर्न ढिलाइ गर्न हुन्न ।

    images
    images
    images
    images

    © 2026 All right reserved to lumbinipatrika.com  | Site By : Sobij