२०८३, आश्विन २३ गते

Oct 09 2026

images
images

२८ हजार ८२४ मेट्रिक टन मल मौज्दात : प्रधानमन्त्री

२८ हजार ८२४ मेट्रिक टन मल मौज्दात : प्रधानमन्त्री

२८ हजार ८२४ मेट्रिक टन मल मौज्दात : प्रधानमन्त्री

२८ हजार ८२४ मेट्रिक टन मल मौज्दात : प्रधानमन्त्री

२८ हजार ८२४ मेट्रिक टन मल मौज्दात : प्रधानमन्त्री
लुम्बिनी पत्रिकाले सञ्चालनमा ल्याएको आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, अन्तर्वार्ता, सूचना प्रविधि तथा जीवनका विभिन्न आयामका सम्पूर्ण समाचार र विश्लेषणलाई समुचित रूपमा पस्कँदै आएको छ।
सोमवार, श्रावण २६ २०८२
सोमवार, श्रावण २६ २०८२
  • काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले यो वर्ष खेतीपातीको समयमा रासायनिक मलको अभाव नहोस् भन्ने उद्देश्यले सरकारले विशेष ध्यान दिएको बताएका छन् ।

    सोमबार (साउन २६) उनले सामाजिक सञ्जाल फेसबुकमार्फत देशमा तत्कालका निम्ति २८ हजार ८२४ मेट्रिक टन मल मौज्दात रहेको जानकारी दिएका छन् । थप एक लाख ४० हजार ५०४ मेट्रिक टन मल आयातक्रममा रहेको उनले उल्लेख गरेका छन् ।

    यतिखेर कृषि सामग्री कम्पनीमा २९ हजार १११ मेट्रिक टन मल मौज्दात छ । युरिया मल १६ हजार ५३९ मेट्रिक टन, डीएपी सात हजार ६५३ मेट्रिक टन र पोटास चार हजार ९१५ मेट्रिक टन मौज्दात रहेको कृषि तथा पशुपन्छी विकास मन्त्रालयले जनाएको छ ।

    साल्ट ट्रेडिङ कम्पनीमा १३ हजार ७१२ मेट्रिक टन मल मौज्दात रहेको प्रधानमन्त्री ओलीले जानकारी गराएका छन् ।

    साल्ट ट्रेडिङ कम्पनीमा युरिया १० हजार ९८४ मेट्रिक टन, डीएपी ९४२ मेट्रिक टन र पोटास एक हजार ७८५ मेट्रिक टन रहेको तथ्यांक छ ।

    प्रधानमन्त्री ओलीले कतै मलको अभाव भएमा सम्बन्धित निकायलाई जानकारी गराउन समेत आग्रह गरेका छन् । ‘खेतबारी हराभरा बनाऔँ’ भन्दै उनले कृषकलाई खेतीपातीमा आवश्यक मल समयमै प्रयोग गर्न आग्रह गरेका छन् ।

    images
    images
    images
    images

    © 2026 All right reserved to lumbinipatrika.com  | Site By : Sobij