२०८३, आश्विन २३ गते

Oct 09 2026

images
images

क्युएएमा ह्याट्रिक गरेपछि लुम्बिनी बाणिज्यद्वारा बुटवलमा प्रभातफेरी

क्युएएमा ह्याट्रिक गरेपछि लुम्बिनी बाणिज्यद्वारा बुटवलमा प्रभातफेरी

क्युएएमा ह्याट्रिक गरेपछि लुम्बिनी बाणिज्यद्वारा बुटवलमा प्रभातफेरी

क्युएएमा ह्याट्रिक गरेपछि लुम्बिनी बाणिज्यद्वारा बुटवलमा प्रभातफेरी

क्युएएमा ह्याट्रिक गरेपछि लुम्बिनी बाणिज्यद्वारा बुटवलमा प्रभातफेरी
लुम्बिनी पत्रिकाले सञ्चालनमा ल्याएको आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, अन्तर्वार्ता, सूचना प्रविधि तथा जीवनका विभिन्न आयामका सम्पूर्ण समाचार र विश्लेषणलाई समुचित रूपमा पस्कँदै आएको छ।
मंगलवार, श्रावण २७ २०८२
मंगलवार, श्रावण २७ २०८२
  • बुटवल । नेपालकै नमूना सामुदायिक क्याम्पसको रुपमा परिचीत लुम्बिनी वाणिज्य क्याम्पसले विश्वविद्यालय अनुदान आयोग नेपालबाट तेस्रोपटक गुणस्तर सुनिश्चितता तथा प्रत्यायन (क्यूएए) प्राप्त गरेको अबसरमा बुटवलमा प्रभातफेरी कार्यक्रम गरेको छ ।

    क्याम्पस प्राङगणबाट सुरु भएको प्रभातफेरी तिनकुने, ईटाभट्टी, पुष्पलाल पार्क, मिलनचोक, राजमार्ग चौराह, कालिका चोक, होराईजन चोक हुँदै क्याम्पस प्रांगणमा आएर समापन भएको थियो । प्रभातफेरीमा बुटवल उपमहानगरपालिकाका नगरप्रमुख खेलराज पाण्डेय, वडा नं. ११ का वडा अध्यक्ष रामचन्द्र क्षेत्री, क्याम्पस व्यवस्थापन समितिका अध्यक्ष सुरेन्द्र प्रसाद श्रेष्ठ, क्याम्पस प्रमुख प्रा.डा. ताराप्रसाद उपाध्याय, बुटवल उद्योग बाणिज्य संघका अध्यक्ष हरि अर्याल, नेपाल पत्रकार महासंघ रुपन्देहीका अध्यक्ष दिनेश पाण्डे, विभिन्न संघसंस्थाका अध्यक्ष एवं प्रतिनिधी क्याम्पस सञ्चालक समितिका सदस्यहरु, क्याम्पसका प्रध्यापकहरु, विद्यार्थी, अभिभावक एवं शुभचिन्तकहरुको उपस्थिती रहेको थियो ।

    लुम्बिनी बाणिज्य क्याम्पसका क्याम्पस प्रमुख प्रा.डा. ताराप्रसाद उपाध्यायले लगातार तेस्रो पटक सम्म क्यूएए प्राप्त गर्ने बाणिज्य क्याम्पस नेपालमै पहिलो भएको बताए । उनले क्याम्पसलाई विश्वविद्यालय बनाउने गरी योजना बनाएको समेत बताए । 

    क्याम्पसले क्यूएए प्राप्त गर्नु अघि अन्तिम चरणको मुल्यांकन गर्न विदेशी विज्ञ सहितको पूर्ण परीक्षण भ्रमण टोली २०८१ पौष २२ गतेदेखि २६ गतेसम्म १२० सूचकभित्र रहेर सरोकारवालाहरु सङ्ग छलफल तथा अन्तरक्रिया सम्पन्न गरेको थियो ।

    विश्वविद्यालय अनुदान आयोग नेपालको टोलीले क्याम्पसमा अध्ययनरत विद्यार्थी, कार्यरत कर्मचारी, प्राध्यापनरत प्राध्यापक, अभिभावक, क्याम्पस सञ्चालक समिति, स्ववियु, भूपू विद्यार्थी, विभिन्न कार्यक्रमका डाइरेक्टर तथा इन्चार्ज, विभिन्न समूहका संयोजक, विभागीय प्रमुख, रोजगारदाता, स्थानीय समाजसेवी लगायत सरोकारवाला पक्षहरुसङ्ग छुट्टाछुट्टै छलफल तथा अन्तरक्रिया गरी आफ्‌नो प्रतिवेदन विश्वविद्यालय अनुदान आयोग नेपालको शैक्षिक गुणस्तर सुनिश्चितता तथा प्रत्यायन परिषदमा बुझाएको थियो ।

    त्रिभुवन विश्वविद्यालयबाट सम्बन्धन प्राप्त गरी वि.सं. २०३८ सालमा स्थापित यस क्याम्पसले विश्वविद्यालय अनुदान आयोगबाट पहिलोपटक वि.सं. २०६८ सालमा क्यूएए प्रमाणपत्र प्राप्त गरेको थियो । त्यस्तै वि.सं.२०७५ सालमा पुनः दोश्रोपटक क्यूएए प्रमाणपत्र प्राप्त गरेको थियो भने वि.सं. २०७५ र वि.सं. २०८० सालमा सर्वोत्कृष्ट सामुदायिक क्याम्पसको रुपमा नेपाल सरकारबाट पुरस्कृत भएको थियो । त्यस्तै क्याम्पस वि.सं. २०७६ सालमा लुम्बिनी प्रदेश, प्रदेश प्रज्ञा पदक द्धितीयबाट विभुषित समेत भएको थियो ।

    उचबपगुणस्तरीय शिक्षामा अब्बल रहेको क्याम्पसले पटकपटक विश्वविद्यालय प्रथम, दोस्रो, तेस्रो समेत हुने गरेको छ भने क्याम्पसले त्रिभुवन विश्वविद्यालयको प्राज्ञिक स्वायत्तता अन्तर्गत पाँच वटा स्वायत्त कार्यक्रमहरु सञ्चालन गरेर विश्वविद्यालयको जग तयार पार्ने काम गरिरहेको छ । हाल क्याम्पसमा करिब ४ हजार विद्यार्र्थीहरु, ४८ जना प्राध्यापक र २५ जना कर्मचारी रहेका छन ।

    images
    images
    images
    images

    © 2026 All right reserved to lumbinipatrika.com  | Site By : Sobij