२०८३, आश्विन २३ गते

Oct 09 2026

images
images

खानेपानी कार्यालय सर्ने भएपछि अर्घाखाँचीमा तनाव

खानेपानी कार्यालय सर्ने भएपछि अर्घाखाँचीमा तनाव

खानेपानी कार्यालय सर्ने भएपछि अर्घाखाँचीमा तनाव

खानेपानी कार्यालय सर्ने भएपछि अर्घाखाँचीमा तनाव

खानेपानी कार्यालय सर्ने भएपछि अर्घाखाँचीमा तनाव
घिमिरे  अर्घाखाँचीमा रहेर समसामयीक विषयमा कलम चालाउँछन् ।
बुधवार, श्रावण २८ २०८२
बुधवार, श्रावण २८ २०८२
  • अर्घाखाँची । नेपाल सरकारले फेरि पनि अर्घाखाँची जिल्लालाई धोका दिएको छ  ।  साविकका संघीय खानेपानी तथा ढल व्यवस्थापन आयोजनाहरु इलाम, म्याग्दी र जुम्लालाई अन्य कार्यालयमा गाभ्दा अर्घाखाँचीलाई मात्र अन्यत्र गाभेको छ  ।  

    अन्य जिल्लामा त्यहाँका जनप्रतिनिधि र जनताहरुको व्यापक विरोधकाबिच फेरि कार्यालयहरु अस्थायीरुपमा सञ्चालन गर्ने गरी खानेपानी मन्त्रालयले अर्थ मन्त्रालयमा सहमतिको लागि माग गरेको छ भने सोही अवस्थाको अर्घाखाँची कार्यालयलाई छुटाएको छ। 

    अर्घाखाँचीमा कार्यालय हुनुपर्छ भन्दै विरोध स्वरुप ज्ञापन पत्र तथा भेटघाट र अन्य प्रक्रियबाट पनि माग गर्दा पनि अर्घाखाँचीको मात्र कार्यालय छुटेकोले राजनीतिक दल र उपभोक्ताहरु कडा विरोधमा उत्रिने बताएका छन्  ।  

    अर्घाखाँची कार्यालयलाई बुटवलमा गाभेको छ  । साविकमा रहेका २० वटा संघीय खानेपानी तथा ढल व्यवस्थापन आयोजनाहरुलाई हाल १४ वटा स्थायी कार्यालयमा रुपान्तरण गरेको छ  ।  रुपान्तरण गर्दा पनि संघीयताको मर्म विपरीत केन्द्रीकृत गरेको छ  । 

    देश संघीय गणतन्त्रमा अभ्यासरत रहँदै गर्दा सरकार र सरकारको नेतृत्व गरेकाहरु र उच्च पदस्थ कर्मचारीहरुको  केन्द्रकृत मानसिकताको कारण यस्तो भएको हो, यहाँका बासिन्दाहरुको बुझाइ रहेको छ  ।

    संघीय खानेपानी तथा ढल व्यवस्थापन आयोजना अर्घाखाँचीले गुल्मी, अर्घाखाँची र पाल्पामा सुरुवातदेखि सञ्चालन गरेका करिब २०० जति आयोजनाहरु सञ्चालनमा थिए, अब ती मध्ये अधिकांश अलपत्र पर्ने चिन्ताले उपभोक्ताहरु साह्रै चिन्तित छन्  ।  

    अर्घाखाँची पहाडी जिल्ला भएको र बसाईसराइ पनि तिब्र भएकोले यहाँबाट कार्यालय बुटवलमा सार्नु भनेको पहाडलाई मानवरहित बनाउने सरकारको प्रयास भएको यहाँका स्थानीय बुद्धिजीविहरुले बताएका छन्  ।  

    अर्घाखाँचीका संघीय  सांसद  टोपबहादुर  रायमाझी कारागारमा  हुनु र  यसलाई अन्यत्र सारिनुले उनको आवश्यकतालाई मर्मज्ञान गरिएको छ  ।  अर्घाखाँचीबाट समानुपातिक २÷२ जना संसद र लुम्बिनी प्रदेशका मुख्यमन्त्री यही जिल्लाका भए पनि उनीहरुको भूमिका यस विषयमा उल्लेखनीय रहेको नपाइएको परिणामले देखाएको छ ।  

    वास्तवमा यहाँका राजनीतिक दल र तीनका नेतृत्वको उदासिनता र केन्द्रमा भनसुन गर्न नसक्ने नेता भएकोले यस्तो अवस्था भएको पाइन्छ  ।  अन्यत्र जिल्लामा साविककै कार्यालयहरु पुनरागमन हुनु र एक मात्र अर्घाखाँची जिल्लालाई सरकारले तिरस्कार गर्नु गम्भीर त्रुटी भएको पाइन्छ  ।  

    सरकार र सरोकारवाला निकायलाई यसलाई सच्चाई अन्यत्र जिल्ला कार्यालयहरु जस्तै अर्घाखाँचीमा पनि अस्थायी कार्यालय स्थापना गर्न र गराउन सबैमा आग्रह गरौं होइन भने पक्षपाती निर्णयको विरोधमा भोलिदेखि अर्घाखाँचीको कार्यालयमा तालबन्दी गर्ने जनता बाध्य हुनेछन्  ।

    संघीय खानेपानी तथा ढल व्यवस्थापन आयोजनाबाट अर्घाखाँची, गुल्मी र पाल्पाका ३४ हजारभन्दा बढी घरधुरी लाभान्वित भएका छन्  ।  तीन जिल्ला हेर्नेगरी अर्घाखाँचीमा स्थापना भएको संघीय खानेपानी तथा ढल व्यवस्थापन आयोजनाबाट तीन जिल्लाका ३४ हजार ५८० घरधुरीले सेवा पाएका छन्  ।  जलवायु अनुकुलित खानेपानी प्रदान गर्ने उद्देश्य अनुरुप तिन जिल्लामा योजना सञ्चालित छन्  । 

    आयोजनाका अर्घाखाँचीमा ४४ वटा योजना, गुल्मीमा ४५ वटा योजना र पाल्पामा ३४ वटा गरी १२३ वटा योजनामा काम भइरहेको छ  ।  ३४ हजारबढी घरधुरीका एकलाख ६० हजार २६८ जनसंख्याले स्वच्छ खानेपानी पाउने छन्  ।  

    एक हजारभन्दा कम जनसंख्या भएका आयोजनाहरू प्रदेशले हेर्ने र ठूला आयोजना संघीय कार्यालयमार्फत् सञ्चालन हुँदै आएको छ  ।  त्यसैअनुसार अर्घाखाँचीमा संघीय कार्यालय स्थापना भएको थियो  ।  तर अहिले कार्यालय बुटवल सारिने भएपछि जिल्लामा सञ्चालनमा रहेका बहुवर्षीय योजनाहरू प्रभावित हुने, समन्वयमा कठिनाइ हुने र प्रगतिको गति सुस्त हुनेमा स्थानीयले चिन्ता व्यक्त गरेका छन्  ।  मूल कार्यालय बुटवल गए पनि फिल्ड कार्यालय भने सन्धिखर्कमै रहने कार्यालयले जनाएको छ  ।

    सोमबार जिल्लास्थित राजनीतिक दलले पुनः ज्ञापन पत्र बुझाएको छ  ।  नेपाली कांग्रेस, नेकपा एमाले, नेकपा माओवादी केन्द्र, राष्ट्रिय स्वतन्त्र पार्टी, राष्ट्रिय जनमोर्चालगायतका दलले संयुक्त रुपमा ज्ञापन पत्र बुझाएका हुन्  । 

    images
    images
    images
    images

    © 2026 All right reserved to lumbinipatrika.com  | Site By : Sobij