२०८३, आश्विन २३ गते

Oct 09 2026

images
images

मल अभावमा प्रधानमन्त्रीको असन्तुष्टि

मल अभावमा प्रधानमन्त्रीको असन्तुष्टि

मल अभावमा प्रधानमन्त्रीको असन्तुष्टि

मल अभावमा प्रधानमन्त्रीको असन्तुष्टि

मल अभावमा प्रधानमन्त्रीको असन्तुष्टि
लुम्बिनी पत्रिकाले सञ्चालनमा ल्याएको आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, अन्तर्वार्ता, सूचना प्रविधि तथा जीवनका विभिन्न आयामका सम्पूर्ण समाचार र विश्लेषणलाई समुचित रूपमा पस्कँदै आएको छ।
बिहिवार, श्रावण २९ २०८२
बिहिवार, श्रावण २९ २०८२
  • समयमै किसानले मल नपाएको गुनासो बढेपछि प्रधानमन्त्री केपी शर्मा ओलीले कृषिमन्त्री, उद्योगमन्त्रीलगायत कृषिका विभिन्न निकायका पदाधिकारीहरुलाई कार्यालयमै बोलाएर मलको अभावबारे जानकारी लिएर उनीहरुको कामप्रति असन्तुष्टि जनाएका छन् ।


    किसानले मल नपाएकोबारे  प्रधानमन्त्रीले लिएको चासो र सरोकारलाई सकारात्मक मान्नुपर्छ । जिम्मेवार र जवाफदेही हुनुपर्ने निकायले जिम्मेवारी पूरा नगरेपछि प्रधानमन्त्रीले नै पहलकदमी लिनु स्वभाविक हो । हरेक वर्ष मलको अभाव भइरहन्छ । अभाव हुन नदिनका लागि राज्यले बेलैमा प्रक्रियागत काम अघि बढाउन नसक्दाको समस्या हो । सधंै अभाव झेल्नुपर्ने किसानको पीडा छ । कृषि प्रधान मुलुकमा मलको अभावमा किसान छटपटाउनुपर्ने बाध्यता छ । मुलुकभर अहिलेसम्म ९२ प्रतिशत धान रोपाइँ सकिएको छ । 


    सरकारले बेलैमा मल नपाएको बारे विगतमा पनि पहलकदमी नलिएको भन्दै विरोध हुँदै आएको छ । प्रक्रियागत ढंगले मल ल्याउन भइरहेको ढिलाइले किसानले बेलैमा मल राख्न पाउँदैनन् । किसानका वर्षाैंदेखिका पीडामा मलहम लगाउन सरकार उदासीन बन्दा निराशा बढेको छ । सरकारी जिम्मेवार निकायले काम नगरेपछि प्रधानमन्त्रीले नै पटक–पटक पहलकदमी लिनुपर्ने बाध्यताले देशमा शासकीय प्रणाली व्यवस्थापनमै समस्या छ कि कार्यशैलीमा भन्ने प्रश्न पनि उठेको छ ।


    प्रधानमन्त्रीले छलफलमा सहभागीलाई प्रश्न गरे–‘मलको अभाव किन भयो ? तपाईंहरूको संस्था नै यसका लागि बनेको छ, मलको अभाव छ, तपाईंहरूको संस्थाले के काम ग¥यो त ? गाली त तपाईंको संस्थाले खाइराखेको छैन, तपाईंको संस्था मल आपूर्ति गर्न सकेको छैन, चुप लागेर बसेको छ ।’ प्रधानमन्त्री ओलीले गत वर्ष  प्रधानमन्त्री हुँदा नै चाहिने कुरा सबै व्यवस्था गरेर मलको आपूर्तिमा कुनै कमी नहोस् भनेर स्पष्ट रूपमै निर्देशन दिएका थिए । एक वर्ष बित्दा समस्या ज्यूँ का त्यूँ छ ।


    त्यसो त प्रधानमन्त्रीको पहलकदमी जति स्वभाविक छ, त्यसअनुसार मलका लागि आवश्यक बजेट विनियोजन उत्तिकै आवश्यक छ । पर्याप्त बजेट बेलैमा व्यवस्थापन गरी खरिद प्रक्रिया अघि बढाउन मातहतको निकायलाई कृषि मन्त्रालयले मार्गनिर्देशन गर्नुपर्छ ।

    images
    images
    images
    images

    © 2026 All right reserved to lumbinipatrika.com  | Site By : Sobij