२०८३, आश्विन २३ गते

Oct 09 2026

images
images

स्याङ्जामा एक वर्षमा पाँच हजारलाई रोजगारी

स्याङ्जामा एक वर्षमा पाँच हजारलाई रोजगारी

स्याङ्जामा एक वर्षमा पाँच हजारलाई रोजगारी

स्याङ्जामा एक वर्षमा पाँच हजारलाई रोजगारी

स्याङ्जामा एक वर्षमा पाँच हजारलाई रोजगारी
लुम्बिनी पत्रिकाले सञ्चालनमा ल्याएको आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, अन्तर्वार्ता, सूचना प्रविधि तथा जीवनका विभिन्न आयामका सम्पूर्ण समाचार र विश्लेषणलाई समुचित रूपमा पस्कँदै आएको छ।
शुक्रवार, श्रावण ३० २०८२
शुक्रवार, श्रावण ३० २०८२
  • प्रकाश डोटेल
    स्याङ्जा
    स्याङ्जामा आर्थिक वर्ष २०८१-०८२ मा सञ्चालित सुपरजोन र जोनमार्फत् झण्डै पाँच हजारलाई रोजगारी सिर्जना भएको छ । जिल्लामा सञ्चालित सुन्तला सुपरजोन, आँप–लिची र गाई–भैसी जोन तथा अदुवा–बेसार र कफी खेतीमा चार हजार ९०२ जनालाई रोजगारी सिर्जना भएको हो ।


    प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना तथा आर्थिक वर्ष २०८२-०८३ बाट राष्ट्रिय कृषि आधुनिकीकरणमा परिवर्तित कार्यक्रमले आंशिक ४१ सय र पूर्णतर्फ ८०२ गरी चार हजार ९०२ जनालाई रोजगारी सिर्जना गरेको हो । जिल्लामा विभिन्न शिर्षकमा संचालित पाँच फरक–फरक कार्यक्रम मध्ये सबैभन्दा धेरै सुन्तला सुपरजोनले रोजगारी सिर्जना गरेको छ ।


    गएको वर्ष सुन्तला सुपरजोनमा तीन हजार ३१७ र गाई–भैसी जोनमा ५०५ जनालाई रोजगारी सिर्जना गरेको कार्यक्रमले आँप–लिची जोनमा ४६२ जनालाई रोजगारी दिएको छ । कफीमा ४४६ र अदुवा–बेसार खेतीमा १७२ जनालाई रोजगारी सिर्जना भएको कार्यक्रमले जनाएको छ ।


    जिल्लाका ९७ मध्ये झण्डै ९० वटा वडामा सञ्चालित सुन्तला सुपरजोन कार्यक्रमले आंशिकमा दुई हजार ८२७ र पूर्णतर्फ ४९० गरी तीन हजार ३१७ जनालाई रोजागरी दिएको कार्यक्रम प्रमुख अजय अधिकारीले बताए । उनका अनुसार २५ सहकारी, ९० कृषक समूह र २३८ कृषि उद्यमी जोडिएको सुन्तला सुपरजोनले वर्षेनी थप रोजगारी सिर्जना गर्नेछ ।


    ‘स्याङ्जामा झण्डै दुई हजार ३५० हेक्टर जमिनमा सुन्तला खेती गरिएको छ,’  प्रमुख अधिकारीले भने–‘कुल क्षेत्रफलको सुन्तला मध्ये ६० प्रतिशतले हाल उत्पादन दिएको छ भने थप ४० प्रतिशत सुन्तलाका बोटले उत्पादन दिन थलोपछि उत्तिकैको संख्यामा रोजगारी थपिन्छ ।’ सुन्तला खेती गर्ने कृषककोे संख्या वर्षेनी वृद्धि भएसँगै रोजगारीको सिर्जना हुँदैै जाने उनले जनाए ।


    जिल्लाको चापाकोट, वालिङ, भीरकोट र गल्याङ्लाई प्राथमिकतामा राखेर सञ्चालित गाई–भैंसी जोन कार्यक्रममा ५०५ जनाले रोजगारी पाएको छन् । १६ सहकारी, ९ समूह र ७२ कृषि उद्यमीले उद्यम गरेको गाई–भैंसी जोनमा आंशिकतर्फ ४०५ र पूर्णमा एक सय जनाले रोजगारी पाएका हुन् ।


    कालीगण्डकी किनारका चापाकोट र गल्याङ नगरपालिकामा सञ्चालित आँप–लिची जोनले गएको वर्ष ४६२ जनालाई रोजगारी सिर्जना गरेको छ । कार्यक्रमले आंशिकतर्फ ३८२ र पूर्णमा ८० गरी ४६२ जनालाई रोजगारी सिर्जना गरेको कार्यक्रमका कृषि अधिकृत प्रतिभा बुढाथोकीले बताइन् । उनका अनुसार जोन क्षेत्रमा आँप–लिची लगाउने कृषकको संख्यामा ह्वात्तै वृद्धि भएको छ भने आँप–लिचीको व्यवसायिक खेतीतर्फ स्थानीय कृषकको आकर्षण बढेको छ ।


    गएको एक वर्षको अवधिमा कफी खेतीतर्फ आंशिकमा ३१९ र पूर्णतर्फ १२७ गरी ४४६ जनालाई रोजगारी सिर्जना थियो । कार्यक्रमका अनुसार आंशिकतर्फ १६७ र पूर्णमा ५ गरी अदुवा–बेसार खेतीमा पछिल्लो वर्ष १७२ जनालाई रोजगारी सिर्जना भएको छ ।


    कार्यक्रममार्फत् रोजगारी सिर्जना हुँदै जाने दाबी गरिएको कार्यक्रमबाट जिल्लामा पछिल्लो वर्ष झण्डै ५ हजार घरपरिवार लाभान्वित भएको कार्यक्रमका प्राविधिक प्रमुख ईन्द्रप्रसाद सुबेदीले बताए । सुन्तलाबाट दुई हजार ७ सय ८३, आँप–लिचीबाट एक हजार तीन सय ५८ घरपरिवार लाभान्वित भएको कार्यक्रममा गाई–भैंसी पालनतर्फ २६५, कफीबाट २३२ र अदुवा–बेसार खेतीमा ८९ घरपरिवार लाभान्वित भएको सुवेदीले जानकारी दिए । 


    स्थानीय कृषकले निजी तथा आवादी वन फँडानी गरेर सुन्तला रोप्न थालेका छन् ।
     पछिल्लो वर्ष एक सय हेक्टर जमिनमा सुन्तलाका बिरुवा रोपण गरिएको छ । 


    कार्यक्रमसँग सहकार्य गर्दै कृषकहरुले चापाकोटमा पछिल्लो दुई वर्षमा करिब ९० हजार आँप–लिचीका बिरुवा रोपेका छन् । आम्दानीको राम्रो श्रोत भएपछि गाई–भैंसी पालक कृषकको संख्यामा समेत वृद्धि हुँदै गएको बिरुवा गाउँपालिका–१ का भैसीपालक कृषक युवराज के.सी.ले बताए ।

    images
    images
    images
    images

    © 2026 All right reserved to lumbinipatrika.com  | Site By : Sobij