२०८३, आश्विन २३ गते

Oct 09 2026

images
images

सनकको भरमा कारबाही : गुप्ता

सनकको भरमा कारबाही : गुप्ता

सनकको भरमा कारबाही : गुप्ता

सनकको भरमा कारबाही : गुप्ता

सनकको भरमा कारबाही : गुप्ता
लुम्बिनी पत्रिकाले सञ्चालनमा ल्याएको आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, अन्तर्वार्ता, सूचना प्रविधि तथा जीवनका विभिन्न आयामका सम्पूर्ण समाचार र विश्लेषणलाई समुचित रूपमा पस्कँदै आएको छ।
पत्रकारितामा क्रियाशिल विगत १३ वर्षदेखि रूपन्देहीलाइ कार्यक्षेत्र बनाइ अर्थ, सुरक्षा, खेल र समसमायिक तथा खोजमूलक विषयमा कलम चलाउँछन् ।
शुक्रवार, श्रावण ३० २०८२
शुक्रवार, श्रावण ३० २०८२
  • भैरहवा 
    लोकतान्त्रिक समाजवादी पार्टी नेपालका पूर्व केन्द्रीय सदस्य महेन्द्र गुप्ता (प्रशान्त)ले पार्टीमा भएको विभेदको विरोध गर्दा पार्टीबाट निष्काशन गरिएको बताएका छन् । 


    ‘लोकतान्त्रिक पद्धतिमा लोकतान्त्रिक तरिकाले मन्त्रीको चयन हुनुपर्छ, पार्टीको कार्यशैली ठिक भएन’ भन्ने समाजिक सञ्जालमा राखेको भरमा कारबाही स्वरुप निष्काशन गरिएको उनले बताए । 


    ‘मैले कुनै व्यक्तिलाई तोकेर गाली गरेको पनि हैन, पार्टीलाई मन्त्रीमा एउटा युवालाई मौका दिनु मात्रै भनेको हो ।
     अलोकतान्त्रिक तरिकाले पार्टीबाट कारबाही गरेको छ, न त स्पष्टीकरण सोधियो न जानकारी नै गराइएयो,’ उनी भने– ‘१८ वर्षदेखि सक्रिय राजनीतिमा लाग्दा कति सम्पति गुम्यो, व्यक्तिगत लगानीबाट मधेसमा संघर्ष गरियो, आन्दोलन गरियो । अहिले अपमान, विभेद बाहेक केही नपाएकोले न्यायको लागि पत्रकार सम्मेलन गरेको हो ।’  


    केन्द्रीय सदस्य महेन्द्र गुप्ता (प्रशान्त) ले  मधेशको मुद्दालाई लिएर हिंडेको युवा हो, कसैले नेता बनाएको होइन । प्राइभेट कम्पनीको कामदारलाई झै एकै झट्कामा निकाल्ने काम गरिएको उनले जनाए ।


    २०६२÷०६३ को मधेश आन्दोलनदेखि तराई÷मधेशका जनताको हितमा निष्ठापूर्वक लागेबापत सजायस्वरुप पार्टीले निरंकुश शैलीले आफूमाथि कारबाही गरेको उनको भनाइ छ । लोकतान्त्रिक पार्टी कागजमा मात्रै सिमित छ । सदन र सडकबाट लोकतन्त्रको कुरा गर्ने एक दुई तानाशाही नेताको सनकका कारण पार्टीको आन्दोलकारी र क्रान्तिकारीलाई कारवाही गर्ने यो कुन तरिकाको लोकतन्त्रवादी, समाजवदी पार्टी रहेको उनले प्रश्न गरे  । 


    ‘लोसपाका केही नेताहरुले आज पार्टीलाई प्राइभेट कम्पनीमा ढाल्दै जानुभएको छ । मधेश आन्दोलन र आन्दोलनकारीहरुको मुद्दाको योगदानको सम्मान हुन छाडेको छ, सत्ता केन्द्रित राजनीति हावी हुँदै गएको छ । पुस्तान्तरण गर्ने नयाँ पिढीलाई पालो दिने कुराहरु कुरामा सीमित हुन थालेको आभाष भएको छ ।’–उनले भने ।


    प्रदेशको ४ पटक मन्त्री बन्दा पनि रिर्पोट कार्ड खै ? यहाँको जनता र मधेसको लागि कुनै पनि रिर्पोट कार्ड आएन ।
     आफैँ कानुन मन्त्री हुँदा पनि प्रदेश आयोगमा समावेशीको कुरामा मधेसीको लागि सक्रियता नदेखाउनु, अरुले आन्दोलन गरेर लिखित रुपमा पास गराउनु पर्यो । पार्टीको अध्यक्षलाई तोकेर गाली गर्दा पनि कारबाही नहुने मैले सामाजिक सञ्जालमा लेख्दा अलोकतान्त्रिक तरिकाले निकालेको आरोप उनले लगाए । 


    मधेश र देशको विरोधी सबैको विरोधी रहेको बताउँदै उनले रुपन्देहीको विकासमा कति योग्दान गरे, मधेशको मुद्दा के उठाए, मधेसीको सुखदुःखको कुरा, विकासको कुरा के गरे, रोजगारको कुरा केही पनि देखिंदैन केही सांसद लिएर पार्टीले भजाउने काम गरेको आरोप लगाए । 


    उनले त्यस्ता नेता लोकतन्त्रको नाममा धब्बा हो, मधेशको हकहीतमा नभएको भन्दै भण्डाफोर समेत गरे ।  बोल्ने अधिकार पनि हनन भइरहँदा आफू चुप लागेर नबस्ने बताउँदै उनले अबको मर्चवार तानाशाह मुक्त मर्चवार हो, मर्चवारको ठेकेदार कोही नबोनस्, मर्चवार यहाँको वासिन्दाको हो, मर्चवारले अबको नेतृत्वले तानाशाहको पत्ता साफ गर्नेे बताए । 


    ‘मर्चवारका केन्द्रीय सांसद, भैरहवाका प्रदेश सांसद उहाँहरुको तानाशाह प्रवृत्ति र विचारधाराको विरोध गरेको हो । पार्टीभित्र लोकतन्त्र नरहेको बताएका नाममा लोकतान्त्रिक भए पनि व्यवहारमा भएके छैन ।’–उनले भने ।


    मन्त्री बनाउँदा पार्टीमा बैठक, प्रदेशमा बैठक बिना नै दबाबमा बनाइएको हो । 
    हामीले नमस्कार मात्रै खोजेका होइनौ मधेसको विकास खोजेको हो, मधेसको एजेण्डा, मुद्दा र पहिचानका लागि कतिको सदनमा गयो त्यो खोजेको हो । भौकाल र साइरनले मात्रै नहुने उनले जनाए ।  उनीसँगै १ सय ५३ जनाले पार्टी परित्याग गरेको घोषणा उनले गरेका थिए ।


    ‘मधेसको पहिचान, युवाको अधिकार, लोकतन्त्र शिक्षा विकासको निमित्त म सदैव यही माटोमा समाहित हँुदै आफ्नो कर्तव्य निर्वाह गर्न चाहन्छु,’ उनी भन्छन्–‘म छिट्टै राष्ट्रिय राजनीतिमा जान्छु । म तराई मधेसमै जन्मे र यही मर्न पनि चाहन्छु ।’

    images
    images
    images
    images

    © 2026 All right reserved to lumbinipatrika.com  | Site By : Sobij