२०८३, आश्विन २३ गते

Oct 09 2026

images
images

घण्टी पार्टीको गाई जात्राः रविको अपराध स्वीकारोक्ति

घण्टी पार्टीको गाई जात्राः रविको अपराध स्वीकारोक्ति

घण्टी पार्टीको गाई जात्राः रविको अपराध स्वीकारोक्ति

घण्टी पार्टीको गाई जात्राः रविको अपराध स्वीकारोक्ति

घण्टी पार्टीको गाई जात्राः रविको अपराध स्वीकारोक्ति
लुम्बिनी पत्रिकाले सञ्चालनमा ल्याएको आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, अन्तर्वार्ता, सूचना प्रविधि तथा जीवनका विभिन्न आयामका सम्पूर्ण समाचार र विश्लेषणलाई समुचित रूपमा पस्कँदै आएको छ।
कुँवर वामपन्थी विचारक तथा राजनीतिक विश्लेषक हुन् । दैनिक लुम्बिनीका नियमित स्तम्भकार कुँवर राजनीति विषयमा विचार पोख्छन् ।
शुक्रवार, श्रावण ३० २०८२
शुक्रवार, श्रावण ३० २०८२
  • गत साउन २५ गते नेवार जनजाति समुदायको  परम्परागत भनाइले प्राचीन गाईजात्रा महोत्सव । उक्त दिन देशका विभिन्न ठाउँमा यस्तो महोत्सव मनाइयो । नेपालमा यो पर्वलाई प्रायः हास्य व्यंग्यको रुपमा मनाइने चलन चल्ती छ । त्यसैले कसैले कुनै बेलाबखत यस्तै केही अस्वाभाविक गतिविधि चालचलन गरेमा भन्ने गरिन्छ कस्तो गाईजात्रा देखाएको । यसपालिको साउन २५ मा त नेवार समुदायहरुको साँच्चैको गाई जात्रा पर्व नै थियो, त्यो दिन यस्तो गाईजात्रा देखाउन स्वाभाविक नै भयो । त्यसको अघिल्लो दिन अर्थात् जनै पूर्णिमा तराईमा राखी बाँध्ने दिन, तर उक्त दिन रास्वपा घण्टी पार्टीले पहिले नै यस्तै गाईजात्रा प्रदर्शन गरी देखायो । करोडौं सहकारी रकम ठगीमा जेल जीवन बिताइरहेका उक्त पार्टीका सभापति रवि लामिछानेको पक्षमा जनमत उतार्ने नाममा ठाउँठाउँमा उनको विशाल ठूलो फोटो तस्विर प्रदर्शन गरी उक्त तस्विरमा केही महिला दिदीबहिनीहरुले उनको हातमा राखी–डोरो बाँधिरहेको देखाइयो । 


    यो नबुझ्नेहरुका लागि त राम्रै प्रचारप्रसार नै भयो । विचरा ! प्रत्यक्ष आफ्नै दिदीबहिनीहरुको हातबाट त्यस्तो राखी बाँध्न नपाए पनि पार्टीका अरु दिदीबहिनीहरुले त्यस्तो फोटो तस्विरमै भए पनि राखी बाँधिदिएकोमा राम्रै माने होलान् । उक्त पार्टीका नेता कार्यकर्ताहरुको त यो घोषित अभियान नै भयो । ठग भनी अदालतले जेल हाले पनि बाहिर केही दिदीबहिनीहरुको यो आदर र सम्मान भावले निश्चिय नै रवि लामिछानेको हर्ष र खुसीको सीमा नै नरहेको हुनु पर्दछ ।  तर धेरै पहिलेदेखि नै रविलाई बुझ्नेहरुका लागि अनि यस्ता अपराधी काण्डै काण्डमा एकपछि अर्काेमा डाँमिदै अहिले जेलमै थुनिएका ठग–अपराधीप्रति देखाइएको यो भक्तिभाव साँच्चै नै एउटा हेर्ने लायकको अचम्मको गाईजात्रा नै थियो । अर्काे उखान ‘कही नभएको जात्रा हाँडी गाउँमा’ ठीक यो पनि त्यस्तै अर्काे जात्रा नै थियो ।


    हुनतः सतिले सरापेको यो देशमा हुने भनेको यही हो । निर्धा, गरिब निमुखाहरुप्रति घृणा–अपमान र ठग, भ्रष्टाचारी, लुटेरा, चोर–गुण्डा आदिहरुप्रति सम्मान, आदर र भक्तिभाव अनि जयजयकार यो सामन्ती दलाल र नोकरशाही राज्य सत्ता र व्यवस्थाको खास विशेषता र चरित्र नै हो । अर्काे धार्मिक भाषामा भन्ने हो भने कृष्ण चरित्र र लिला अर्थात् सयौं गोपिनीहरुसँग खुलम्खुला राहस लिला नाङ्गै पारी मोजमस्ती गर्ने कृष्णलाई भगवान मान्ने हाम्रो यो धार्मिक पाखण्डका अगाडि यो खासै केही होइन । यही बाटो र दिशा अर्थात् व्यक्ति जस्तो भए पनि उसको दोष निर्दाेष केही नछुट्टाई कसैको लहैलहैमा एकहोरो लहसिने धार्मिक अन्ध भक्तिभाव रविको यो मामिलामा पनि देखिन थालेको छ । हुँदै नभएका खाली धार्मिक र काल्पनिक कथाका आधारमा अहिलेको यो २१औं शताब्दीको वैज्ञानिक युगमा पनि विश्वका करोडौैं मान्छेहरुले ब्राह्मा, विष्णु, महादेव, शिव पार्वती, राम, सीता, कृष्ण आदिलाई भगवान् भनी पूजा गरी नै रहेका छन् । यस्तै राजनीतिक जमात आज घण्टी पार्टीमा आकर्षित हुने गरेको र त्यसले त्यसका सभापति रवि लामिछानेले जतिसुकै अपराध गरे पनि त्यसलाई स्वीकार्ने पक्षमा छैन । एकहोरो रवि निर्दाेष भनी खाली एमाले ओली, कांग्रेसी देउवाहरुमाथि दोष थोपारी रहेको छ । स्वयं रविले नै आफू सहकारी रकम ठगी गरेको स्वीकार गरिसक्दा पनि त्यो जमातले भने रवि निर्दाेष नै भएको भट्याउँदै हिडिरहेको छ । 


    हुनतः रवि अन्धभक्त यो जमातलाई मात्रै के भन्ने र ? हिजो दश वर्षे माओवादी जनयुद्धका डिजाइनर र राजनीतिज्ञ भनिने डा. बाबुराम भट्टराई जस्ता नेताहरुले समेत रविको पक्षमा त्यस्तै वकालत गर्ने गरेका छन् । यतिसम्मकी अदालतलाई प्रभावित पार्ने गरी रविको पक्षमा गर्ने गरिएको हस्ताक्षर अभियानअन्तर्गत घण्टी पार्टी कार्यालयमै गई डा. भट्टराईले त्यसमा हस्ताक्षर गरेका छन् । साथै हालै मात्र भैरहवा आई प्रत्यक्ष रविलाई जेलमै भेटघाट समेत गरेका छन् ।


    हुनत बाबुरामको यो भेट र समर्थन उनको राजनीतिक स्वार्थमा आधारित छ  । नेपालीमा एउटा उखान छ पानीमा डुब्नै लागेका मान्छेलाई एउटा सानो तेद्राको पनि साहारा हुन्छ । ठीक यस्तै सहारा आज डा. बाबुराम भट्टराईलाई चाहिएको छ । छउञ्जेलको त्यस्तो ठूलो १० वर्षे जनयुद्ध हाँकेको माओवादी पार्टीलाई त्यत्तिकै लात हानेर बाहिरिएका बाबुराम अर्काे केकेन नयाँ शक्ति ठूलो पार्टी बनाउन तम्सेका । देशी तथा विदेशीहरुको स्वार्थ केन्द्रित भई ठूलठूला चोक्टा खान बाहिरिएका डा. भट्टराई अन्ततः त्यही झोलमा नै डुबी आज न यता न उता छट्पटाइरहेका छन् । कतै यही मौकामा केही गर्दा रवि र उनको पार्टी कार्यकर्ताहरुको केही सहारा पाइन्छ कि भनी रविप्रति यो समर्थन र सहानुभूति देखाउन थालेका छन् । स्वयं आफू पनि ललिता निवास जग्गा हिनामिना प्रकरणमा डामिइसकेकाले पनि रविप्रतिको यो सहानुभूति हुनु स्वाभाविक नै छ । यस्तै सहारा फेरि रवि र उनको पार्टीलाई पनि चाहिएको छ । यो देशमा देशी तथा विदेशी शक्ति केन्द्रको केही छाहारी विना केही गर्न सकिन्न भन्ने रवि र उनको पार्टीलाई लागिसकेको छ । त्यसका लागि राप्रपा अर्थात् दरबारिया र भारत–अमेरिकाको साथ सहयोगको लागि उता बाबुराम सहयोगी हुने हुनाले डा. बाबुराम र रविबिच यस प्रकारको भेटघाट–वार्ता र सरसहयोग आदानप्रदान बढ्न थालेको छ । 


    हुनत डा.बाबुराम मात्रै होइन रविप्रतिको सहानुभूति स्वयं प्रचण्ड, माधव नेपाल आदिहरुको पनि छ । त्यस्तै हिमचिम कुनै बेला एमाले र प्रम ओलीसित पनि रविको थियो । लामो समयसम्म स्वयं ओलीले नै सहकारी काण्डमा रविलाई साथ दिइरहेका थिए । यी सबैको त्यो साथ सहयोग खाली रविलाई कसरी उपयोग गर्न सकिन्छ भन्नेमा आधारित थियो । कांग्रेस पार्टीले त रविलाई प्रधानमन्त्रीकै लागि अफर गरेको अहिले पनि रास्वपाले भन्ने गरेको छ । यो सबै सत्ता प्राप्तिको खेल मात्रै थियो । आखिर अहिले रवि र उनको पार्टीलाई कांग्रेस–एमालेले दूधको माखो जस्तै मिल्काउन पुगेका छन् । तै पनि अहिले फेरि पनि त्यो सम्भावना टुंगिसकेको स्थिति छैन । फेरि ८४ मा निर्वाचन हुँँदैछ । कांग्रेस–एमालेबिचको यो अहिलेको दोस्ती र पार्टनरसिप सधँै यस्तै रहिरहला भन्न सकिन्न । यसमा अलिकति तलमाथि हुँदा बित्तिकै फेरि पनि रविका दिन खुल्नेछ । कांग्रेस–एमाले कस्तो कोटामा पारिने तानातान पनि हुन सक्छ । त्यसैले अहिले नै यस्ता नखरा वा नौटंकी, गाईजात्रा केही नगरी चुप लागि बस्दा नै रवि र उनको पार्टी अर्थात् रवि एण्ड उनको कम्पनीलाई राम्रो हुनेछ ।


    जहाँसम्म रवि लामिछानेमाथि लागेको मुद्दा र त्यसबापत उनले भोग्नु परेको जेल सजाय यसप्रति रास्वपाले तिलको पहाड नै बनाई प्रचारप्रसारमा ल्याउने गरेको छ । अन्याय, प्रतिशोध र बदलाको काम भयो । घण्टी पार्टीप्रतिको बढ्दो लोकप्रियताबाट कांग्रेस–एमाले आत्तिए यी आदि प्रचारवादी भइरहेको छ । यसमा पहिलो कुरा त रविमाथि लागेको यो ठगी अपराध सरकारले लगाएको हो वा अदालतले ? निश्चय नै सुरुमा सहकारी पीडितहरुको उजुरीको आधारमा सरकारवादी मुद्दा भएकाले सरकारले नै यसको छानबिन प्रक्रिया अघि बढायो ।  त्यसैको आधारमा यसलाई सरकारले अदालत पु¥यायो । त्यसलाई अदालतले पनि स्वीकारी उनलाई कानुन बमोजिम दण्ड, सजाय, धरौटी जमानत वा जेल सजायको फैसला ग¥यो । हिजो छानबिन प्रक्रियामा केही सरकार पक्षको हात भए  पनि अदालती प्रक्रियामा पुगेपछि त्यो स्वतः अदालतको विषय बन्छ । यस अर्थमा रविलाई धरौटी जमानतमा छोड्ने वा जेल हाल्ने, दोषी वा निर्दाेषी के हो ? त्यो सबै अदालतको जिम्मा छ । तर यो सबै जानीबुझी पनि बारम्बार रवि र उनको कम्पनी घण्टी पार्टीले सरकारले राजनीतिक प्रतिशोध साधेको भनिरहेका छन् । 


    अब स्वयं रविले नै त्यो ठगी अपराधलाई स्वीकार गरी जेल मुक्तिको लागि अदालतमा निवेदन पेश गरिसकेका छन् । स्वयं अभियुक्तले नै उक्त अपराधलाई स्वीकार गरिसकेपछि अरु बाहिरी प्रमाणको कुनै आवश्यकता नै छैन । राजनीतिक पूर्वाग्रह प्रतिशोध र बदला भन्ने सबैको खारेजी रविले पठाएको अदालतको निवेदनबाट भइसकेको छ । आखिर बाहिरका घण्टी पार्टीका नेता–कार्यकर्ता र उनका समर्थक–शुभचिन्तकहरुको त्यो आवाजलाई स्वयं रविले नै अस्वीकार गर्दै सबैको मुखमा चुक्कल लगाई बन्द गरिदिएका छन् । अब कुन नाक र मुखले रविलई अन्याय गरियो, सरकारले प्रतिशोध र बदला लियो भन्ने ? तै पनि माथि भने जस्तै अन्धभक्तहरुले जे पनि भन्छन् र गर्छन् । जस्तो कुनै बेला तिब्बतका धर्म गुरु दलाई लामाको पिसाबलई पञ्चाअमृत र दिसालाई प्रसादी भनेर खाने र बाँड्नेहरुको तछाडमछाड र भिड लाग्ने गरेको भनिन्थ्यो । त्यो भक्तहरुको स्वइच्छाको कुरा हो ।
    रविको भैरहवा कारागार बसाइँसँगै बाहिर के हौवा पिटाइयो भने उनलाई एक्लै अत्यन्त दुःख र कष्टका साथ जेलमा थुनी राखिएको छ । स्वाभाविक रुपले नै जेल भनेको दुःख र कष्टकै यातना गृह हो । त्यस्तै दुःख कष्ट हिजो अहिलेका यी सबै राजनीतिक नेता र कार्यकर्ताहरुले भोगेकै हो । स्वयं म नै उक्त भैरहवा जेलमा एक डेढ वर्ष उक्त दुःख कष्ट र सास्ती भोगी बसेकै हो । जेल बसाई र भोगाइको बारेमा अहिलेका यी घण्टी पार्टीका नेता कार्यकर्ताहरुलाई भन्दा धेरै जानकारी र अनभुव हामीहरुलाई थाहा नै छ । तर हामी जेलमा रवि लामिछानेले जस्तै दुनियाँको रकम ठगी त्यहाँ गएका थिएनौ । तत्कालीन पञ्चायती व्यवस्थाको अन्त्य र लोकतान्त्रिक गणतन्त्रसहितको जनराज्य सत्ता र व्यवस्थाको लागि त्यहाँ थुनिएका थियौं । अहिले जुन माग रविका लागि उनका नेता कार्यकर्ताहरुले गरिरहेका छन् । त्यो न हिजो थियो न अब र भोलि नै पूरा हुनेछ । जेल बसाई ससुराली घर बसाई जस्तो अवश्य होइन । अहिलेको यो संंसार दुनियाँमा त्यस्तो कुनै जेल छैन जुन माग घण्टी पार्टीका मान्छेहरुले गरिरहेका छन् । बरु यस्ता अपराध जस्तो ठगी, जालझेल, भ्रष्टाचार, किर्ते आदि गर्ने अपराधीहरुलाई जेलमा थुन्ने मात्रै होइन धेरै देशमा झुण्ड्याएर नै मार्ने अदालती फैसला हुने गरेका छन् । तै पनि नेपालमा त्यस्तो संवैधानिक र कानुनी व्यवस्था गरिएको छैन । बरु नेपालमा यस्ता अपराधीलाई जेलमा खान, बस्न, लाउन, पठनपाठन अध्ययन गर्न, भेटघाट, औषधि उपचार सबै सुविधा छ । स्वयं रविले योभन्दा पनि अझ बढी सुविधा त्यहाँ पाएका छन् । छुट्टै एकल रुम, एसी, पंखा सबै सुविधा उनले पाएका थिए । तर बाहिर प्रचार जेलमा रविलाई दुःख दिइयो । बरु पछि अहिले बाहिर प्रचारका लागि मानवअधिकारवादीहरुलाई त्यो बुझ्न त्यहाँ पठाउँदा उनी बसेको कोठाबाट एसी निकालिएको, उल्टो झ्याल ढोका बन्द गरिएको अवस्था देखाइयो । यसमा स्वयं जेल प्रशासनको मिलेमतो भएको बुझिएको छ । 


    त्यत्रो ७, ८ सय संख्या भएको जेलमा भेंडा बाख्रा जस्तै एउटै कोठामा कोचाकोच गरी बसाउनु पर्नेमा उल्टै सरकारले रविलाई एक्लै र अलग छुट्टै एउटा कोठामा सुरक्षित गरेर राखेको रहेछ । खानपिन आफ्नै इच्छाअनुसार । सरकारी सिधा लिने र खाने पनि कुरा भएन, पूर्व गृहमन्त्री समेत भएका र उनको नाममा अहिले पनि करोडौं रुपैयाँ घण्टी पार्टीले जनताबाट उठाइसकेको छ । तै पनि विडम्बना के छ भने रवि र उनको दल यसमा सन्तुष्ट छैन । वेचैन छट्पटाहट र उकुसमुकुस छ । त्यसमा गरेको अपराध बोलेको छ । पश्चाताप, हीनताबोधले काम गरेको छ । बाहिर जतिसुकै पक्षमा नारा, जुलुस, हस्ताक्षर गरे पनि त्यो सहकारी ठगी सबै रकम फिर्ता गरी जेल मुक्त गरी पाऊँ भन्ने अदालती निवेदन त्यो त्यसको एउटा ज्वलन्त प्रमाण बनेको छ । स्वयं हामी पनि देशका थुप्रै जेलमा थुप्रै वर्ष यस्तो जेल जीवन बिताइयो । तर हामीलाई त्यस्तो कुनै पश्चाताप, हीनताबोध र रुवाबासी केही पनि भएन । उल्टो खुसी र गर्वले काम गरेको थियो । कमसेकम देश र जनताको लागि फासिष्ट र तानाशाही राज्यसत्ताको विरुद्धमा केही गरेमा आत्मसम्मान थियो र अहिले पनि छ । सम्भवतः हामीहरुले त्यतिबेला त्यस प्रकारको त्याग, तपस्या र बलिदान नगरेको भए अहिलेका यी घण्टी पार्टीका नेता कार्यकर्ता र शुभचिन्तकहरुले न यो सत्ताको जुठोपुरो चाट्न नै पाउँथे । न ठग रवि लामिछाने जस्ता उपप्रधान र गृहमन्त्री नै हुन पाउँथे ।


    रवि लामिछाने, उनको दल र दल नेताहरुका लागि अब जे नहुनु पर्ने थियो त्यो भयो । जानेर वा नजानेर अर्थात् परिबन्धमा परेर यो ठगी मुद्दामा पारियो । अब यसको उपयुक्त निकास भनेको त्यसलाई स्वीकार्नु नै हो । हात्ती छि¥यो पुच्छर अड्कियो भने जस्तै अब यसको बारेमा अरु कुनै रमिता–स्टन्ड गर्नु पर्ने केही छैन । यसलाई सिधै हाँसीहाँसी स्वीकार्ने र अदालतले तोकेको दण्ड–जरिमाना सजाय, क्षतिपूर्ति बिगो सबै भोग्न र तिर्न राजी हुने । आफ्ना नेता–कार्यकर्ता, शुभचिन्तक साथै आम नेपाली जनताहरुप्रति माफी मागी संघीय सांसद अनि पार्टी सभापतिबाट समेत राजीनामा दिई केही वर्ष ढुक्कका साथ जेल जीवन बिताउने । तब मात्र बाहिरिएपछि पुनः राजनीति जे गर्नु पर्ने हो त्यो गर्दा उनका लागि उपयुक्त हुनेछ । फौजदारी मुद्दा लाग्नु, जेल जीवन बिताउनु कुनै नयाँ कुरा होइन । स्वयं आजका प्रधानमन्त्री केपी ओली पनि १४ वर्ष यस्तै फौजदारी ज्यान मुद्दामा जेल बसेकै हुन् । त्यसैको व्याज, साहु अहिले पनि खाँदैछन् । मान्छे हो गल्ती कमजोरी हुन्छ । गल्ती ढाकछोप गर्नुभन्दा खुलस्त पार्नु राम्रो हुन्छ । एक गल्ती जीवनको लागि नयाँ मोड र सयौं सकारात्मक सम्भावना बन्न पनि सक्छ । 


    अन्त्यमा एउटा उदाहरण रवि र उनको पार्टी नेता र कार्यकर्ताहरुका लागि भन्न चाहन्छु ।  जुन पोखराका पूर्व मन्त्री तथा सफल उद्योग व्यवसायी हरि पाण्डे जसले कुनै एक यस्तै घटनामा आफँैले आफू दोषी भएको भन्दै केही जरिमाना तिर्ने र दण्ड सजायका लागि जेल जाने घोषणा गरेका थिए । यसरी आफूले गरेको कुनै पनि गल्ती कमजोरी खुलस्त स्वीकारदा कहिले पनि सानो भइँदैन । 

    images
    images
    images
    images

    © 2026 All right reserved to lumbinipatrika.com  | Site By : Sobij