२०८३, आश्विन २३ गते

Oct 09 2026

images
images

कावासोतीमा बस दुर्घटना १३ जना घाइते

कावासोतीमा बस दुर्घटना १३ जना घाइते

कावासोतीमा बस दुर्घटना १३ जना घाइते

कावासोतीमा बस दुर्घटना १३ जना घाइते

कावासोतीमा बस दुर्घटना १३ जना घाइते
श्रेष्ठ नवलपरासी (बसुपू) मा रहेर पत्रकारितामा क्रियाशिल छन् ।
शुक्रवार, श्रावण ३० २०८२
शुक्रवार, श्रावण ३० २०८२
  • नवलपुर । नवलपुरको कावासोती ८ खरकट्टा पूर्वपश्चिम राजमार्गमा बस दुर्घटना हुँदा १३ जना घाइते भएका छन् । 
    जिल्ला प्रहरी कार्यालय नवलपुरका प्रहरी नायव उपरीक्षक मधु नेपालका अनुसार डण्डाबाट नारायणगढतर्फ छुटेको ना ४ ख ७७७६ नम्बरको बस आफै अनियन्त्रित भई दुर्घटना हुँदा १३ जना घाइते भएका हुन् । 


    घाइतेहरु मध्ये केहीको चितवनतर्फ र केहीलाई मध्यविन्दु प्रादेशिक अस्पतालमा उपचारको लागि पठाइएको नवलपुर प्रहरीले जनाएको छ । घाइतेहरु मध्यम र सामान्य रहेको जनाएको छ । 
    घाइतेहरुलाई उद्दार गरी अस्पताल तर्फ पठाइएको कारण घाइतेहरुको पूरा विवरण आउन बाँकी रहेको प्रहरी नायव उपरीक्षक मधु नेपालले बताए । 


    घाइतेहरु मध्ये देवचुली नगरपालिका १४ प्रगतिनगर निवासी ६५ बर्षीय महिला विष्णु विक र चितवनको भरतपुर महानगरपालिका २१ निवासी ७० बर्षीय पुरुष दिपबहादुर भट्टराईको मध्यविन्दु प्रादेशिक अस्पताल डण्डामा उपचार भईरहेको छ । 


    त्यसैगरी ७ जनाको कावासोतीमा रहेको नवलपुर अस्पतालमा उपचार भईरहेको छ । 


    नवलपुर अस्पतालमा कावासोती ८ निवासी १४ बर्षीय उत्कृष्ठ पोख्रेल, कावासोती ८ कै ६३ बर्षीय राजकुमार सिग्देल, बाराको कैलाली उपमहानगरपालिका १९ निवासी १७ बर्षीय सलमान खान, चितवनको भरतपुर महानगरपालिका ५ निवासी १२ बर्षीया बालिका सदिक्षा वाग्ले, नवलपुरको हुप्सेकोट ४ निवासी २४ बर्षीया स्वेता आले, हुप्सेकोट ४ कै २२ बर्षीया जमुना रेश्मी र ३७ बर्षीया नरमाया आलेको उपचार भईरहेको छ ।

    images
    images
    images
    images

    © 2026 All right reserved to lumbinipatrika.com  | Site By : Sobij