२०८३, आश्विन २३ गते

Oct 09 2026

images
images

मापदण्ड पालना गराऊ

मापदण्ड पालना गराऊ

मापदण्ड पालना गराऊ

मापदण्ड पालना गराऊ

मापदण्ड पालना गराऊ
लुम्बिनी पत्रिकाले सञ्चालनमा ल्याएको आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, अन्तर्वार्ता, सूचना प्रविधि तथा जीवनका विभिन्न आयामका सम्पूर्ण समाचार र विश्लेषणलाई समुचित रूपमा पस्कँदै आएको छ।
आइतवार, भाद्र १ २०८२
आइतवार, भाद्र १ २०८२
  • रूपन्देहीका शैक्षिक परामर्श तथा भाषा प्रशिक्षण केन्द्रहरुमध्ये अधिकांश सरकारले तोकेको मापदण्ड पूरा नगरी सञ्चालनमा रहेको पाइएपछि स्थानीय प्रशासनले मापदण्डको विवरण अद्यावधिक गरी बुझाउन सूचना निकालेको छ । विभिन्न मुलुकमा पढ्न जाने विद्यार्थीहरुका लागि शैक्षिक परामर्शका साथै कलेज छनौट र भर्नामा सहजीकरण गर्ने कन्सल्टेन्सीलाई नियमनमा कडाइ गर्न स्थानीय प्रशासनले देखाएको सक्रियता सकारात्मक छ ।


    रूपन्देही जिल्ला प्रशासन कार्यालयका अनुसार, जिल्लाका १६ वटा कन्सल्टेन्सी मात्र मापदण्ड पूरा गरेको अरु कन्सल्टेन्सीले मापदण्ड पालना नगरेको प्रारम्भिक जानकारी छ । कन्सल्टेन्सीहरुले प्रचलित कानुनले तोकेका कार्यहरु बाहेक भिसा प्रक्रिया, जागिरको  ग्यारेन्टी, ट्राभल एजेन्सी र सहकारीसँग मिलेमतो गरी नक्कली कागजात बनाउने, मेनपावरले गर्ने काम व्यक्तिगत र संस्थागत रूपमै गरेका घटनाहरु पनि सार्वजनिक भएका छन् । स्थानीय प्रशासनले १० बुँदे मापदण्डको विवरण अद्यावधिक गरेर बुझाउन निर्देशन दिएको छ ।

    त्यसअनुसार, शिक्षा विज्ञान तथा प्रविधि मन्त्रालय वा लुम्बिनी प्रदेश सरकार, सामाजिक विकास मन्त्रालयबाट प्राप्त इजाजत, अनुमति पत्र व्यवसाय दर्ता सम्बन्धमा स्थानीय पालिकाको व्यवसाय दर्ता प्रमाणपत्र अद्यावधिक गर्न भनेको छ । त्यसैगरी, कन्सल्टेन्सीका प्रशिक्षकको योग्यता न्यूनतम स्नातक उत्तीर्ण गरेको हुनुपर्ने, भाषा प्रशिक्षकको कागजात र करार सम्झौता, कम्तीमा स्नातक तह पास गरेको तालिम प्राप्त २ जना काउन्सीलरको व्यवस्था गरेको विवरण उपलब्ध गराउन निर्देशनमा उल्लेख गरिएको छ । सरकारले तोकेका मापदण्डसहितको कागजात तोकिएको समयमा उपलब्ध गराउने वा मापदण्ड पूरा गरेको नपाइएमा प्रचलित कानुन बमोजिम कारबाही गर्ने चेतावनी दिइएको छ ।


    मापदण्ड पूरा नगरी कन्सल्टेन्सी चलाउँदा विकृति मौलाएका बेला स्थानीय प्रशासनले नियमनलाई प्रभावकारी बनाउन चालेको कदम नतिजामुखी हुनुपर्छ । विगतमा पहिले पनि यस्तै खालका अरु संस्थामा मापदण्ड खोइ भन्ने, तर पछि नियमनमा बेवास्ता गर्ने गरिएको थियो । अहिले पनि विगतको अवस्था दोहोरिनु हुँदैन ।


    राज्यका निकायको जिम्मेवारी र जवाफदेहीताको खोजी भएको छ । जिम्मेवारी पूरा गर्नुपर्ने निकायले जिम्मेवारी पूरा गर्ने हो भने समाजमा विधिको शासन व्यवहारमा स्थापित हुन्छ भन्ने मान्यतालाई आत्मसात गर्नुपर्छ । विधिको शासनलाई व्यवहारमा स्थापित गर्नका लागि रूपन्देही प्रशासनले चालेको कदम बिचैमा रोकिनु हुँदैन । मापदण्ड पूरा नगरेका कन्सल्टेन्सीलाई कारबाहीको दायरामा ल्याउनुपर्छ ।

    images
    images
    images
    images

    © 2026 All right reserved to lumbinipatrika.com  | Site By : Sobij