२०८३, आश्विन २३ गते

Oct 09 2026

images
images

सरकारको आगामी प्राथमिकता

सरकारको आगामी प्राथमिकता

सरकारको आगामी प्राथमिकता

सरकारको आगामी प्राथमिकता

सरकारको आगामी प्राथमिकता
सोमवार, आषाढ ३२ २०८१
सोमवार, आषाढ ३२ २०८१
  • दुई तिहाइको समर्थनसहित एमाले अध्यक्ष केपी ओली चौथोपटक प्रधानमन्त्री नियुक्त भएका छन् । राजनैतिक अस्थिरता र आर्थिक मन्दीले चौतर्फी निराशा बढिरहेको बेला प्रमुख दुई दल कांग्रेस र एमाले संकटलाई पार लगाउन मिलेर अघि बढ्ने संकल्प गर्नु सकारात्मक छ ।


    प्रमुख दुई दललाई पालैपालो प्रयोग गर्दै सत्ताको केन्द्रमा रहेका माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल कांग्रेस–एमाले मिल्ने बित्तिकै किनारामा पुगेका छन् । संसदमा कुनै एक दलको स्पष्ट बहुमत नआएकोले दुई वा दुईभन्दा बढी दल मिलेर सरकार बनाउनुपर्ने बाध्यता छ । संविधानमा  मिश्रित निर्वाचन प्रणालीको व्यवस्थाले  यो बाध्यता अहिले मात्रै नभई आगामी दिनमा पनि कायमै रहने देखिन्छ । निर्वाचन प्रणालीमा सुधार गरी एकै दलको बहुमत आउने संवैधानिक प्रबन्ध गर्दा उत्तम हुन्छ । त्यसका लागि दुई दलले सहमति समेत गरेकाले अरु दलको सहमति जुटाएर संविधान संशोधन गर्नु यो सरकारको प्राथमिकता हुनुपर्छ ।


    अहिलेको प्राथमिकता भनेको निराशालाई चिरेर अघि बढ्नु हो । त्यसका लागि लगानीको वातावरण बनाउन प्राथमिकता दिनुपर्छ । उद्योगी व्यवसायी राज्यका निकायबाट नै पीडित छन् । सरकार उनीहरुको अभिभावक बन्न नसक्दा निराशा चुलिएको छ । अब सरकार अभिभावक बन्न सक्नुपर्छ । नियामक निकायले उद्योगी व्यवसायीलाई कस्ने होइन्, सहजीकरण गर्न र लगानी गर्न प्रेरित गर्ने वातावरण बनाउनुपर्छ । सहकारीमा सर्वसाधारणको लाखौं पैसा फसेको छ । यो फसेको पैसा उनीहरुको हातमा पुग्ने वातावरण बनाउने काम पनि प्राथमिकताको सूचीमै पर्नुपर्छ ।


    ओली समकालीन शीर्ष नेतामा इच्छाशक्ति भएका नेता हुन्, उनको काम गर्ने हुटहुटी तीब्र छ । त्यो इच्छाशक्तिलाई व्यवहारमा उर्तान कामकाजी टिम चयनमा ध्यान दिनुपर्छ । दुई दल मिल्ने बित्तिकै केही आशाको सञ्चार भइसकेको छ, कामकाजी टिम बनाएर नागरिकका समस्या समाधानका लागि पहलकदमी लिन सक्नुपर्छ । बिग्रिएको अर्थतन्त्रलाई लयमा ल्याउन सक्दा नै सरकारको सफलता मानिनेछ । समाजमा बढ्दो अराजकताले सुरक्षा जोखिम बढेकोले समाजलाई थप अराजक बन्न नदिन सरकारका काम कारबाहीले पनि प्रभाव पार्छन् । दुई छिमेकी भारत र चीनसहित शक्ति राष्ट्रसँगको सन्तुलित सम्बन्धले नै नेपालको भविष्य सुन्दर छ, ओली यो विषयका बारेमा जानकार छन् ।


    कांग्रेस–एमाले सहकार्यले जुन आशा जगाएको छ, यो सहकार्यबाट बनेको सरकार असफल हुने छुट छैन । यो सरकार असफल हुँदा थप अस्थिरता र अराजकता बढ्ने जोखिम छ । यो व्यवस्थामाथि नै चुनौती थपिने छ ।

    images
    images
    images
    images

    © 2026 All right reserved to lumbinipatrika.com  | Site By : Sobij