२०८३, आश्विन २३ गते

Oct 09 2026

images
images

पाँच महिनादेखि अन्तर्राष्ट्रिय उडान ठप्प हुँदा व्यवसायी निराश

पाँच महिनादेखि अन्तर्राष्ट्रिय उडान ठप्प हुँदा व्यवसायी निराश

सरकारी स्वामित्वको एअरलाइन्सले समेत उडान नगर्नु लाजमर्दो विषय भएको भन्दै काठमाडौं केन्द्रित व्यवसायीको प्रभावमा परेर सरकारले नै विमानस्थल चलाउन नचाहेको स्थानीयको आरोप छ ।

पाँच महिनादेखि अन्तर्राष्ट्रिय उडान ठप्प हुँदा व्यवसायी निराश

पाँच महिनादेखि अन्तर्राष्ट्रिय उडान ठप्प हुँदा व्यवसायी निराश

सरकारी स्वामित्वको एअरलाइन्सले समेत उडान नगर्नु लाजमर्दो विषय भएको भन्दै काठमाडौं केन्द्रित व्यवसायीको प्रभावमा परेर सरकारले नै विमानस्थल चलाउन नचाहेको स्थानीयको आरोप छ ।

पाँच महिनादेखि अन्तर्राष्ट्रिय उडान ठप्प हुँदा व्यवसायी निराश
लुम्बिनी पत्रिकाका सह-सम्पादक शर्मा करिब २ दशक देखी पत्रकारितामा क्रियाशील छन् । उनले सममामयीक तथा खोजमूलक विषयमा कलम चलाउँछन् ।
आइतवार, भाद्र १ २०८२
आइतवार, भाद्र १ २०८२
  • बुटवल । भैरहवास्थित गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल पाँच महिनादेखि अन्तर्राष्ट्रिय उडानविहीन बनेको छ । अर्बौं लगानी भएको विमानस्थलबाट लामो समयसम्म अन्तर्राष्ट्रिय उडान नहुँदा होटेल तथा पर्यटन व्यवसायीसँगै स्थानीय बासिन्दामा निराशा छाएको छ । 

    गत अप्रिलदेखि कुनै पनि अन्तर्राष्ट्रिय उडान नभएको विमानस्थलले जनाएको छ । सन् २०२५ को जनवरीदेखि मार्चसम्म ३ महिनामा भने अन्तर्राष्ट्रिय उडान सन्तोषजन भएको थियो । उक्त अवधिमा २९९ अन्तर्राष्ट्रिय उडान भएका थिए । त्यो अवधिमा काठमाडौंको त्रिभुवन विमानस्थल मर्मत भइरहेकाले नेपाल एअरलाइन्स, जजीरा, फ्लाई दुबई र थाई एअर एसियाले भैरहवाबाट अन्तर्राष्ट्रिय उडान गरेका थिए । उक्त ३ महिनामा मात्रै १५ हजार १४८ यात्रुले विमानस्थल प्रयोग गरेका थिए । 

    जाडो मौसममा भिजिबिलिटीको समस्या देखाउँदै विदेशी एअरलाइन्सहरुले उडान स्थगित गरेका थिए । पछि नेपाल नागरिक उड्डयन प्राधिकरणले आरएनपीएआर प्रविधि लागू गरेपछि करिब एक महिना अन्तर्राष्ट्रिय उडान पुनः सुरु भए पनि त्रिभुवन विमानस्थल मर्मत सकिएपछि चैत १६ देखि भैरहवाबाट पुनः उडान बन्द भएको हो । उद्घाटन भएको तीन वर्ष पूरा भइसक्दा पनि विमानस्थलबाट अन्तर्राष्ट्रिय उडान नियमित र पर्याप्त नभएपछि व्यवसायीहरू पटक–पटक आन्दोलन गरिरहेका छन् । तर पनि विमानस्थल सञ्चालन नहुँदा उनीहरुमा निराशा छाएको छ । 

    टुर एण्ड ट्राभल व्यवसायी चन्द्र थापाले काठमाडौंका ठूला व्यवसायीको प्रभाव र दबाबमा परेर सरकारले नै विमानस्थल चलाउन चासो नदिएको गुनासो गरे । ‘काठमाडौंका ठूला ट्राभल एजेन्सीले अन्तर्राष्ट्रिय टिकटमा गर्ने कार्टेलिङ, एयरलाइन्स कम्पनीहरूले भैरहवामा सम्पर्क कार्यालय र स्थानीय एजेन्टलाई पोर्टल नखोल्नुको कारण अन्तर्राष्ट्रिय उडान भएन,’ उनले भने–‘दुई तिहाईको बलियो सरकारले सरकारी स्वामित्वको नेपाल एअरलाइन्स वा  हिमालय एअरलाइन्सको 

    थापाले बौद्धमार्गी पर्यटक भित्राउन थाई एअर एशियालाई भैरहवाबाट नियमित उडानको व्यवस्था सरकारले गर्नुपर्ने बताउँछन् । थाई एअरको भैरहवा–बोधगया–सारनाथ–कुशिनगर टुर प्याकेज बनाएर निरन्तरता दिने हो भने विमानस्थलबाट अन्तर्राष्ट्रिय उडानको कमी नहुने थापाको सुझाव छ ।    

    अर्का व्यवसायी सञ्जय वजिमयले अन्तर्राष्ट्रिय उडानका लागि सबै विदेशी एयरलाइन्सको टिकट काउन्टर विमानस्थलमै हुनुपर्ने, अनलाइन ई–भिसा र अन्तर्राष्ट्रिय डिजिटल पेमेन्ट प्रणाली लागू गर्नुपर्ने, भिसा सेन्टर र साउदी अरबका लागि गाम्का मेडिकल स्थापना हुनुपर्ने र बुद्धमार्गी देशहरूबाट सिधा उडानको व्यवस्था गर्नुपर्ने बताए । 

    नियमित अन्तर्राष्ट्रिय उडान नहुँदा ठूला होटल र पर्यटन क्षेत्रमा भएको करिब एक खर्ब रुपैयाँ लगानी जोखिममा परेको व्यवसायीहरूको दाबी छ । व्यवसायीहरुले ऋणको किस्ता तिर्न नसक्दा निद्रा हराएको गुनासो गरेका छन् । सिद्धार्थ उद्योग वाणिज्य संघका अध्यक्ष नेत्र आचार्यले वैदेशिक रोजगारीमा जाने श्रमिकका लागि म्यानपावर तथा स्वास्थ्य परीक्षण कार्यालयको अभावले एअरलाइन्स कम्पनीलाई यात्रु नपाएको बहाना दिने बाटो खुलेको जनाए ।

    २०७९ जेठ २ गते तत्कालीन प्रधानमन्त्री शेरबहादुर देउवाले उद्घाटन गरेको यो विमानस्थलमा अहिले पनि दर्जनौं सरकारी कार्यालय, सुरक्षा निकाय र आवश्यक पूर्वाधार पूर्ण रूपमा सक्रिय छन् । भन्सार, अध्यागमन, स्वास्थ्य डेस्क, इन्धन डिपो, पार्किङ सुविधा सबै तयारी अवस्थामा छन् । १४१ मध्ये ८७ कर्मचारी स्थायी, २४ सेवा प्रदायक, ६० दैनिक ज्यालादारी, ७० सैनिक र १८५ प्रहरी तैनाथ छन् । तर, सेवा प्रदायकको गतिविधि उडानविहीन विमानस्थलमा सीमित प्रशासनिक काममै खुम्चिएको छ । विमानस्थल नचलेपछि पूर्ण क्षमतामा सञ्चालनका लागि संघर्ष समिति गठन भएको छ । सिद्धार्थ उद्योग वाणिज्य संघका अध्यक्ष नेत्रप्रसाद आचार्यले निजी क्षेत्रको ठूलो लगानी डुब्नै लागेको अवस्थामा विमानस्थल सञ्चालनका लागि दबाब दिन आन्दोलन र छलफल दुबै सँगसँगै अघि बढाइएको बताए । 

    बुद्ध जन्मस्थल लुम्बिनी २५ मिनेटमै पुगिने यो विमानस्थललाई धार्मिक पर्यटनको प्रवेशद्वार मानिएको थियो ।
    तर, विदेशी पर्यटकको आगमन शून्य भएपछि धेरै होटलहरू घाटामा गएका छन् । कतिपय होटेलहरु ऋण तिर्न नसकेर बिक्री भइसकेका छन् । विमानस्थलमा महाप्रवन्धक प्रताप तिवारीले गत अप्रिलदेखि अन्तर्राष्ट्रिय उडान नभएको बताउंदै आउने अक्टुबर २६ देखि थाई एअरले साताको दुई उडान सुरु गर्ने तयारी गरेको बताए । 

    गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलबाट सन् २०२२ देखि २०२४ सम्मको ३ वर्षमा ७३१ वटा मात्र अन्तर्राष्ट्रिय उडान भएका छन् । यो ३ वर्षमा ४५ हजार ५७३ यात्रुले विमानस्थल प्रयोग गरेका छन् । विमानस्थलका प्रवक्ता विनोद राउतका अनुसार हाल दैनिक ५० अन्तर्राष्ट्रिय उडान क्षमता र वार्षिक ३० लाख बढी यात्रु प्रस्थान गर्नसक्ने क्षमता छ ।

    विमानस्थलमा एकपटकमा ५ वटा न्यारोबडी वा एउटा वाइडबडी र ३ न्यारोबडी जहाज उडान र पार्किङ गर्नसक्ने क्षमता छ ।
    क्षमताअनुसार विमानस्थल सञ्चालन हुँदा १५ दिनमा हुने उडान र यात्रु संख्या विमानस्थल नचल्दा ३ वर्षमा पनि हुन नसकेको हो ।
    त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल साँघुरो भएको, कुनै पनि समस्या आउँदा भारत र नजिकका विभिन्न विमानस्थलमा जहाज डाइभर्ट गर्नुपर्ने बाध्यतालाई अन्त्य गर्ने उद्देश्यले त्रिभुवन विमानस्थलको विकल्पका रूपमा गौतमबुद्ध विमानस्थल बनेको हो । साथै बुद्ध जन्मस्थल लुम्बिनीमा विश्वका बौद्धमार्गीहरूलाई आकर्षित गरी पर्यटन प्रवर्धन गर्ने उद्देश्य पनि थियो ।

    विमानस्थलको आइसीपी १ निर्माणमा ६ अर्ब ६३ करोड भुक्तानी भएको छ भने आइसीपी २ निर्माणमा ४५ लाख १५ हजार ६०९ अमेरिकी डलर र ७९ लाख ८ हजार रुपैयाँ गरी अहिलेको विनिमय दरअनुसार कूल ६३ करोड रुपैयाँ बढी भुक्तानी भएको नागरिक उडड्यन प्राधिकरणले जनाएको छ ।


    कूल लागतमध्ये एशियाली विकास बैंकको ऋण र अनुदान ३७ मिलियन अमेरिकी डलर, ओपेक फन्ड फर इन्टरनेसनल डेभलपमेन्टको ऋण करिब ११ मिलियन अमेरिकी डलर र २८.१ मिलियन अमेरिकी डलर नेपाल सरकारको लगानी भएको छ ।
    उद्घाटन भएको ३ वर्ष पुगिसक्दा समेत अन्तर्राष्ट्रिय उडानहरू नियमित हुन नसकेर आलोचित बनिरहेको बेला गौतमबुद्ध विमानस्थलको जग्गा अधिग्रहण र मुआब्जा वितरणको विषय समेत विवादमा तानिएको छ ।


    विमानस्थलका लागि झण्डै एक दशकअघि पटक–पटक गरेर ४ सय ५२ बिघा जग्गा अधिग्रहण गरी साढे २२ अर्ब ६८ करोड रुपैयाँ मुआब्जा वितरण गरिएको थियो । अहिले विमानस्थलको कूल जग्गा ८०६ बिघा छ । जसमा पूर्व–पश्चिम दिशामा ३ किलोमिटर लम्बाइ र ६० मिटर चैडाइको धावनमार्गसहित इन्टरफेन्सभित्रको जगा ३१० बिघा छ । बाँकी आउटर फेन्स भित्र छ । नर्थवेस्ट सिभिल एयरपोर्ट कन्स्ट्रक्सन ग्रुप चाइनाले विमानस्थल बनाएको हो ।

    सार्वजनिक लेखा समितिअन्तर्गतको उपसमिति सदस्यहरुले रनवे भन्दा दक्षिणतर्फ भारतको सीमाभन्दा डेढ किलोमिटर उत्तरसम्म खोला आसपासको ठूलाठूला भंगालो (खाल्डा) आसपासमा आवश्यकता नै नभएको कमसल जग्गा ठूलो परिमाणमा खरिद गरी अर्बौं रकम मुआब्जा बाँड्नुका पछाडि नीतिगत र आर्थिक भ्रष्टाचार लुकेको भन्दै थप छानबिन गर्नुपर्ने माग गरेका छन् ।
    महाप्रबन्धक तिवारीले सरकारी स्वामित्वका नेपाल एअरलाइन्स र हिमालयन एअरलाइन्सले आफ्नो प्रतिस्पर्धी क्षमता बढाउन जहाज थप्नुपर्ने र केही जहाज गौतमबुद्ध विमानस्थललाई डेडिकेटेड गर्न आवश्यक रहेको औंल्याए । 

    images
    images
    images
    images

    © 2026 All right reserved to lumbinipatrika.com  | Site By : Sobij