२०८३, आश्विन २३ गते

Oct 09 2026

images
images

वीरता र स्वाभिमान जोडिएको भगवती जात्रा

वीरता र स्वाभिमान जोडिएको भगवती जात्रा

वीरता र स्वाभिमान जोडिएको भगवती जात्रा

वीरता र स्वाभिमान जोडिएको भगवती जात्रा

वीरता र स्वाभिमान जोडिएको भगवती जात्रा
लुम्बिनी पत्रिकाले सञ्चालनमा ल्याएको आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, अन्तर्वार्ता, सूचना प्रविधि तथा जीवनका विभिन्न आयामका सम्पूर्ण समाचार र विश्लेषणलाई समुचित रूपमा पस्कँदै आएको छ।
सोमवार, भाद्र २ २०८२
सोमवार, भाद्र २ २०८२
  • नेपाली फौजले अंग्रेज फौजलाई पराजित गरेको खुशीयालीमा हरेक वर्ष कृष्ण नवमीको दिन मनाइने भगवती जात्रा तानसेनमा यस वर्ष पनि भव्य रूपमा मनाइएको छ । विसं. १८७१-१८७२ मा अंग्रेजसँग भएको युद्धमा बुटवलको जितगढीमा विजय हासिल गरेको खुशीयालीमा निकालिने यो जात्रा विजयोत्सवको रुपमा स्थापित भएको छ ।

     
    भगवती जात्रा केवल तानसेनको मात्रै पर्व होइन्, यो नेपालीको वीरता र स्वाभिमानसँग गाँसिएको पर्व हो । यो राष्ट्रियतासँग जोडिएको महत्वपूर्ण जात्रा हो । प्रत्येक नेपालीलाई बिउँझाउने पर्व हो । इतिहासकारहरुका अनुसार, कर्णेल उजीरसिंह थापाले अंग्रेजसँग बुटवल क्षेत्रको युद्धमा विजयी भएमा मन्दिर बनाई सिन्दुरजात्रा गर्ने र भगवतीको महिमा चारैतिर फैलाउने भाकल गरेका थिए ।  युद्धमा जीत हात पारेपछि भगवती मन्दिरको निर्माण सुरु भयो । विसं. १८७७ मा मन्दिर सम्पन्न भएपछि विजयोत्सवको रुपमा हरेक वर्ष भगवती जात्रा हुँदै आएको छ । पाल्पा तत्कालीन अवस्थामा पश्चिम नेपालको प्रशासनिक गौँडा थियो । पाल्पाबाट नै समग्र पश्चिम नेपालको शासन प्रशासन सञ्चालन हुन्थ्यो । बुटवलमा भएको अंग्रेजसँगको लडाईमा पनि पाल्पाबाट नै फौज खटिएको थियो । अहिले भगवती जात्रालाई पाल्पाको स्थानीय पर्वको मात्रै नभएर राष्ट्रिय पर्वको रुपमा मान्नुपर्छ । लुम्बिनी प्रदेश सरकारले भगवती जात्राको दिन स्थानीय बिदा दिँदै आएको छ ।


    भगवती जात्रा र जितगढीलाई जोडेर कुनै कार्यक्रम गर्न सके सांस्कृतिक पर्यटन प्रवर्धनमा टेवा पुग्ने विश्वास गर्न सकिन्छ । जितगढी किल्ला, जहाँ अंग्रेजसँग लडाई भयो, यहाँ केही वर्षयता मात्रै पर्यटन प्रवर्धनको चासो र चिन्ता हुन थालेको छ । तर पर्यटन प्रवर्धनको काम नतिजामुखी हुन सकेको छैन । जितगढी किल्लालाई आकर्षक बनाउने र संरक्षणको काम भए पनि युद्ध संग्रहालय सञ्चालन गर्न बुटवल उप–महानगरपालिकाको ध्यान जान सकेको छैन ।  अब बुटवल उप–महानगरपालिका र तानसेन नगरपालिका मिलेर जितगढी र भगवती जात्रासँग सम्बन्धित केही प्रचारात्मक काम गर्ने हो भने त्यसले बुटवल र तानसेनको पर्यटन प्रवर्धनमा एउटा महत्वपूर्ण काम हुनेछ ।


    नेपालका जात्रा र उत्सवहरु मौलिक खालका छन् । तानसेनको भगवती जात्रा पनि मौलिक खालको जात्रा हो । यो जात्रामा बाह्य र आन्तरिक पर्यटन प्रवर्धन गर्न सकिन्छ । यो बेला होटल व्यवसायीले प्याकेज बनाएर पर्यटक आकर्षित गर्न सक्छन् । जात्रामा अधिकतम पर्यटकलाई सहभागी बनाउन सक्दा पाल्पाले राम्रो लाभ पाउन सक्छ ।

    images
    images
    images
    images

    © 2026 All right reserved to lumbinipatrika.com  | Site By : Sobij