२०८३, आश्विन २३ गते

Oct 09 2026

images
images

भैरहवा भन्सारमा दश महिनापछि लक्ष्यको १०२ प्रतिशत राजस्व उठ्यो

भैरहवा भन्सारमा दश महिनापछि लक्ष्यको १०२ प्रतिशत राजस्व उठ्यो

भैरहवा भन्सारमा दश महिनापछि लक्ष्यको १०२ प्रतिशत राजस्व उठ्यो

भैरहवा भन्सारमा दश महिनापछि लक्ष्यको १०२ प्रतिशत राजस्व उठ्यो

भैरहवा भन्सारमा दश महिनापछि लक्ष्यको १०२ प्रतिशत राजस्व उठ्यो
पत्रकारितामा क्रियाशिल विगत १३ वर्षदेखि रूपन्देहीलाइ कार्यक्षेत्र बनाइ अर्थ, सुरक्षा, खेल र समसमायिक तथा खोजमूलक विषयमा कलम चलाउँछन् ।
सोमवार, भाद्र २ २०८२
सोमवार, भाद्र २ २०८२
  • भैरहवा 
    मुलुककै दोस्रो ठूलो र लुम्बिनी प्रदेशको पहिलो भन्सार नाका भैरहवा भन्सार कार्यालयले यो आर्थिक वर्षको पहिलो महिनामा लक्ष्यभन्दा २ प्रतिशत बढी राजस्व संकलन गरेको छ । ४ वर्षदेखि वार्षिक लक्ष्य पार गर्न नसकेको भैरहवा भन्सारले भने २०८२–८३ को पहिलो महिनामा पाएको ८ अर्ब ८४ करोड ८५ लाख लक्ष्यमा ९ अर्ब २ करोड ७२ लाख अर्थात् १ सय २ प्रतिशत राजस्व संकलन गरेको हो ।

     
    वर्षेनी बढ्दो लक्ष्य र केही नीतिगत कारणले ४ वर्षको अवधिमा एक महिनामा मात्रै राजस्व संकलन लक्ष्य पार भएको थियो । २०७८ पुस ५ गतेबाट लागु भएको अनिवार्य प्रतित पत्र (एल.सी.) खोलेर शतप्रतिशत र दुई वटा शीर्षकमा ५० प्रतिशत नगद मार्जिन राख्नु पर्ने व्यवस्था गरेसँगै आयातमा कमि हुँदै आएकोमा २०८१ को असोज महिनापछि अहिले २०८२ साउनमा कार्यालयले विभागबाट पाएको लक्ष्य पार भएको भैरहवा भन्सार कार्यालयका प्रमुख रामप्रसाद रेग्मीले बताए ।


    रेग्मीका अनुसार सरदर अहिले ८४ प्रतिशत राजस्व असुली भइरहँदा पहिलो महिनामा लक्ष्य पार भएको छ । गत वर्ष यो महिनामा ७ अर्ब ३२ करोड ८१ लाख राजस्व संकलन भएकोमा त्यसको २३ प्रतिशत बढी राजस्व संकलन भएको छ ।


     राजस्व लक्ष्य योगदान गर्नेमा सबैभन्दा बढी मोटरसाइकल, स्पोन्ज र फेरस आइरन, अलकत्रा, फ्रिज, मोटरसाइकलको टायर, तयारी कपडा, स्टील वायर, सुती कपडा, कंक्रिट मिश्रण, साबुन बाहेकका अन्य सफा गर्ने सामग्री, एम एस विलेटलगायतका बस्तु पैठारी भएको छन् ।  


    कार्यालयलाई भन्सार विभागले आर्थिक वर्ष २०८१-८२ का लागि एक खर्ब ९ अर्ब ३३ करोड २२ लाख ५२ हजार राजस्व संकलन लक्ष्य दिएकोमा ९५ अर्ब १९ करोड ३८ लाख ९९ हजार रुपैयाँ अर्थात् ८७ दशमलव ०७  प्रतिशत राजस्व संकलन गरेको थियो । राजस्व लक्ष्य पुरा नभए पनि अघिल्लो वर्षभन्दा १४ अर्ब ३५ करोड अर्थात १७ दशमलव ७५ प्रतिशत बढी राजस्व संकलन गरेको छ । 


    कार्यालयका अनुसार आर्थिक वर्ष २०७७÷७८ मा लक्ष्यभन्दा १३ प्रतिशत बढी राजस्व संकलन भए पनि त्यसयता यो अनुपात घट्दै गएको थियो । आर्थिक वर्ष २०७८-०७९ मा लक्ष्यको ९१ प्रतिशत, २०७९÷८० लक्ष्यको ४९ प्रतिशत, आर्थिक वर्ष २०८०-०८१ मा लक्ष्यको ६३  प्रतिशत, आर्थिक वर्ष २०८१-०८२ मा लक्ष्यको ८७  प्रतिशत मात्रै राजस्व संकलन भएको भन्सार कार्यालयका प्रमुख रेग्मीले बताए । राजस्व संकलनमा योगदान दिने मुख्य वस्तुको आयात नै खुम्चिँदा पछिल्ला आर्थिक वर्षमा लक्ष्यअनुसार राजस्व संलकन गर्न नसकेको भन्सार प्रमुखको भनाइ छ ।


    भैरहवा भन्सार कार्यालयका सूचना अधिकारी नरेन्द्रप्रसाद चौधरीका अनुसार कार्यालयले २०७८ मंसिरसम्म लक्ष्यअनुरुप सफलता हासिल गर्दै गए पनि पुस ५ गतेबाट लागू भएको प्रावधानले आयातमा कमी हँुदै आएको थियो । 


    मधेश आन्दोलन र नाकाबन्दीका बेला सहज मानिएको यो भन्सार नाका राज्यको लागि ठूलो योगदान गरेको थियो । विस्तारै अन्य नाका सहज हुँदा सामानहरु पनि डाइभर्ट भएको छ । यहाँबाट लक्ष्य पार नहुनुको मुख्य कारण नै बाटोको समस्या रहेको भन्सारको बुझाइछ । पुल भाँचिदा र सडक निर्माणको कार्यले गर्दा पनि केही अवरोध भएको हो । राजस्वमा मुख्य योगदान दिने बस्तु आयत घट्दा राजस्व लक्ष्य प्रभावित हुने गरेको छ । 


    भन्सार विभागले आर्थिक वर्ष २०८२–०८३ मा भने १ खर्ब १३ अर्ब ६६ करोड ६८ लाख १९ हजारको लक्ष्य तोकेको छ ।  वार्षिक लक्ष्यको आधारमा अहिलेको संकलनले ७ दशमलव ९५ प्रतिशत योगदान गरेको छ । २०८१ असोज मा ८ अर्ब ७८ करोड १६ लाख लक्ष्यमा ८ अर्ब ८१ करोड ५१ लाख अर्थात १ सय दशमलव ३९  प्रतिशत राजस्व संकलन गरेको थियो, त्यसपछि अहिले लक्ष्य पार भएको छ ।

    images
    images
    images
    images

    © 2026 All right reserved to lumbinipatrika.com  | Site By : Sobij