२०८३, आश्विन २३ गते

Oct 09 2026

images
images

भगवती जात्रा मनाइँयो

भगवती जात्रा मनाइँयो

भगवती जात्रा मनाइँयो

भगवती जात्रा मनाइँयो

भगवती जात्रा मनाइँयो
लुम्बिनी पत्रिकाले सञ्चालनमा ल्याएको आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, अन्तर्वार्ता, सूचना प्रविधि तथा जीवनका विभिन्न आयामका सम्पूर्ण समाचार र विश्लेषणलाई समुचित रूपमा पस्कँदै आएको छ।
पाेखरेल पाल्पामा रहेर समसामयिक विषयमा कलम चलाउँछन् ।
सोमवार, भाद्र २ २०८२
सोमवार, भाद्र २ २०८२
  • पाल्पा 
    नेपालले अंग्रेज सेनालाई युद्धमा पराजित गरी विजय हासिल गरेको खुसियालीमा पाल्पामा २०६औँ विजयोत्सव स्वरुप भगवती रथजात्रा मनाइएको छ । पाल्पाका  तैनाथवाला तत्कालिन कर्णेल उजिरसिंह थापाले वि. सं १८७१  देखि १८७२ सम्म  अंग्रेजसँगको युद्धमा नेपालले बुटवलको जितगढी  क्षेत्रमा विजय हासिल गरेको खुसियालीमा  पाल्पामा निरन्तर रुपमा २०६ वर्षदेखि विजयोत्सव मनाउने परम्परा चल्दै आएको हो । 


    तत्कालिन कर्णेल उजिरसिंह थापाले  अंग्रेजसँग बुटवल क्षेत्रको युद्धमा जानुअघि आफू र आफ्नो सेनामा उर्जा भर्न विजयी भएमा मन्दिर बनाई सिन्दुरजात्रा गर्ने र  भगवतीको महिमा चारैतर्फ फैलाउने छु भनी भाकल गरेका थिए । लडाइँ जितेपछि  कर्णेल  थापाले वि.स. १८७२ देखि ७६ सम्म मन्दिर निर्माण गरी वि.स. १९७७ सालदेखि आजसम्म विजयोत्सव स्वरुप भगवती जात्रा निकाल्ने गरिएको छ । 


     विजयोत्सव प्रत्येक वर्ष भाद्र कृष्ण पक्षको नवमीको दिन भगवती जात्रा सञ्चालन हुदै आएको छ । विजयोत्सवलाई भव्य रुपमा मनाउन लुम्बिनी प्रदेश सरकारले  आइतबार पाल्पा जिल्लामा सार्वजनिक बिदा दिएको थियो । विजयोत्सव भगवती रथजात्राको   उप–प्रधान तथा अर्थमन्त्री विष्णुप्रसाद पौडेल, संस्कृति पर्यटन तथा नागरिक उडड्यनमन्त्री बद्रीप्रसाद  पाण्डे, नेपाली सेनाका प्रधानसेनापति अशोकराज सिग्देल, उच्च पदस्थ व्यक्तिहरु, लुम्बिनी प्रदेशका पर्यटन मन्त्री, स्वास्थ्य मन्त्री, प्रदेश सभामुख लगायत  सरकारका उच्च पदस्थ व्यक्तिहरुले अवलोकन  गरे । भगवती रथजात्रा नेपालीको राष्ट्रियतासँग जोडिएको, नागरिकको भावनासँग गाँसिएको, नेपाली सेनाको सान, वीरताको प्रतिकका रुपमा स्थापित भएकोले इतिहासविद निर्मल श्रेष्ठले बताए । 
    विजयोत्सव भगवती जात्रा मनाउन हजारौ सर्वसाधारण सहभागी भएका थिए । 

     विजयोत्सवमा नेपाली सेनाले सलामी अर्पण गरी बढाइ दिएको थियो । रथ उठाएपछि  ३ पटक मन्दिरको परिक्रमा गराई  नेपाल सरकारको तर्फबाट नेपाली सेना र जिल्ला प्रशासनको हर्षबढाई, पूजाआजापछि सर्वसाधारणको लागि  भगवतीको रथ नगर परिक्रमा गराइएको हो ।  युद्धमा तत्कालीन रुपका नेपाली सेनाले बहादुरीका साथ लडेर अंग्रेजलाई पराजित गरेकोले पाल्पाली जनताले हर्षाेल्लासका साथ भगवति रथयात्रा गर्दै आएका छन् ।

    images
    images
    images
    images

    © 2026 All right reserved to lumbinipatrika.com  | Site By : Sobij