गौरीशंकर जयसवाल / परासी । पश्चिम नवलपरासीमा केरा खेतीतर्फ किसानहरुको आकर्षण बढेको छ । प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजनाअन्तर्गत किसानहरूलाई केरा खेती गरी आयआर्जन गर्न उद्देश्यले प्राविधिक सहयोग, अनुदान, केराको बोट वितरण केरा लगायत विभिन्न सेवा सुविधाहरू उपलब्ध गराएपछि किसानहरूको केरा खेतीतर्फ आकर्षण बढेको हो ।
कम लगानीमा बढी फाइदा हुने केरा खेतीतर्फ किसानहरुको आकर्षण बढेको पाईएको छ । अझा केरा खेतीमा युवाहरुको आकर्ष बढ्दो रहेको पाईएको छ ।
परियोजना कार्यान्वयन एकाइ रुपन्देहीले जिल्लाको प्रतापपुर र सुस्ता गाउँपालिकाको वडाहरुमा केरा जोन कार्यक्रम संचालन गरी केरामा थोपा सिचाई ,केराको चिप्स बनाउने अनुदान प्राबिधी उपकारण बोट बिरुवा लगायतमा अनुदान दिई किसानहरुको राहत दिने कार्यले केरा किसानहरु आकर्षित केरा लागउनतर्फ अग्रसर बन्दै गएकाे प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना कार्यान्वयन एकाइ रुपन्देहीका प्रमुख नारायाण काफलले बताए ।
उनको अनुसार केरा जोन कार्यक्रम मार्फत प्रतापपुर गाउँपालिकाको वडान ५,६,७र८ तथा सुस्ता गाउँपालिकाको वडान ं३,४ र ५ केरा जोन कार्यक्रम अन्तर्गत १४ सय हेक्टरमा केराखेती भइरहेको जानकारी दिए ।
पछिल्लो पटक गुणस्तरी बिरुवा प्रयोग गर्नेमा क्षेत्रफल बृद्धि भएको एक सय २० हेक्टरमा बिरुवा दिई केरा खेती गरिहरेको र बिरुवा आभव भएकोले टिसु कल्चारबाट बिरुवा ल्याई प्रबद्धृन गरी गुणस्तरी बिरुवा बितरण गरेको यसले लगत कम लाग्ने भएकोले केरा खेतीतर्फ आकर्ष बढेको पाइएको प्रमुख काफलले बताए ।
उनले भने केरा खेती गर्न किसानलाई आकर्षण निकै बढी देखिएको उत्पादन बृद्धि गर्ने क्षेत्रफल बिस्तार गर्ने युवाहरु बढी देखिएको युवाहरुले पहिला ५,१० कठ्ठा ,गर्ने युवाहरु अहिले २० कठ्ठा देखी बढाएर डेढ बिगाहसम्म केरा खेती गरिहेको पाईएको छ ।
केरामा प्याकिङ्ग प्राबिधी पाँच कठ्ठा सम्म प्रयोग खोलेको प्रत्येक ठाउँमा पुग्नेपर्छ असाधै केराको गुणस्तर बृद्धि गरी बढाएको छ आकर्षित भएकोले भन्दै माग आएको हामी बजेटको लिमीटेशनले गर्दा अहिले दुई पालिका गरी पाँच बिगाह यो प्राबिधी प्रर्दशन गर्ने सोच बनाएको बताए ।
केरा जोनमा हाल १४ सय हेक्कटरमा बढी क्षेत्रमा बिभिन्न तरिकाले क्षेत्रफल बिस्तार सिचाई पूर्वाधार बिरुवा प्याकिङ्ग प्राबिधीमा सहयोग गरिएको प्रमुख काफलले बताए ।
केरा खेती गर्न किसानलाई उन्नत प्रविधिको केराको बोट, ५० प्रतिशत अनुदान, माटो जाँचको व्यवस्था, साना सिँचाइको व्यवस्था, प्राविधिक सुविधालगायत रोग नलाग्न नदिने व्यवस्थासहितको सुविधा उपलब्ध गराइएको एकाइ प्रमुख काफलले जानकारी दिए ।
उनले उत्पादन भएको केरालाई बजारिकारण गर्न बजारसंग जोडिएको केराको राईपेनिङ्ग च्याम्बर स्थापना गरिएको यसले किसानलाई बजारिकरण धेरै सहज भएको बताए ।
प्रतापपुरका केरा किसान बेचन कुशवाहले परियोजना केराको राईपेनिङ्ग च्याम्बर स्थापना भएपछि बिषादी रहीत रहेकोले केरा कलर आउने बेच्न समय लामो स्वास्थ्को लागि राम्रो हुनेभएकोले बजारमा केराको माग बढी हुने भएकोले किसानलाई धेरै सजिलो भएको बताए ।
किसानको बजारमा पहुँचमा र ढुवानीमा धेरै सजिलो भएको कुशवाहले बताए ।
सुस्ताका केरा किसान महातम हरिजनले केरा खेतीमा थोपा सिचाई प्राबिधीले केरा खेती गर्न धेरै सजिलो भएको र लागनी कम उत्पादन बृद्धि हुने तथा आम्दानी बृद्धि भएकोले किसानहरुलाई धेरै राहत भएको बताए ।
परियोजनाले २१ सय बिगाहमा केरा जोन कार्यक्रम संचालन गरेको प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना रुपन्देहीका जिवन पौडेलले जानकारी दिए । उक्त क्षेत्रमा हाईर्विड, हारिछाल भुजरी प्रजातिका केरा उत्पादन हुने गरेको छ ।




