२०८३, आश्विन २३ गते

Oct 09 2026

images
images

भन्सार राजस्व बढ्दा उत्साह

भन्सार राजस्व बढ्दा उत्साह

भन्सार राजस्व बढ्दा उत्साह

भन्सार राजस्व बढ्दा उत्साह

भन्सार राजस्व बढ्दा उत्साह
लुम्बिनी पत्रिकाले सञ्चालनमा ल्याएको आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, अन्तर्वार्ता, सूचना प्रविधि तथा जीवनका विभिन्न आयामका सम्पूर्ण समाचार र विश्लेषणलाई समुचित रूपमा पस्कँदै आएको छ।
मंगलवार, भाद्र ३ २०८२
मंगलवार, भाद्र ३ २०८२
  • देशको दोस्रो ठूलो भन्सार नाका भैरहवा भन्सार कार्यालयले चालु आर्थिक वर्षको पहिलो महिनामै लक्ष्यअनुसार राजस्व संकलन गर्न सफल भएको छ । केही वर्षदेखि राजस्व संकलन लक्ष्यअनुसार हुन नसकिरहेका बेला लक्ष्य विन्दु पार गर्नु सुखद खबर हो ।
    आर्थिक मन्दीको मारमा मुलुक पर्दा लक्ष्यअनुसार राजस्व संकलन हुन नसकेपछि सरकारले राजस्व संकलनको लक्ष्य घटाएको थियो । भैरहवा भन्सार कार्यालयका अनुसार चार वर्षदेखि वार्षिक लक्ष्य पार गर्न नसकेको भैरहवा भन्सार कार्यालयले आर्थिक वर्ष २०८२-०८३ को पहिलो महिनामा ८ अर्ब ८४ करोड ८५ लाख लक्ष्य लिएको थियो । संकलन भने ९ अर्ब २ करोड ७२ लाख रुपैयाँ भएको छ । सरदर अहिले भैरहवा भन्सार कार्यालयले ८४ प्रतिशत राजस्व संकलन गरिरहेकोमा चालु आबकै पहिलो महिनामा लक्ष्य पार गर्नुले केही उत्साह अवश्य जगाएको छ । मुलुक आर्थिक मन्दीबाट बाहिर निस्कन खोजेको देखिन्छ । यद्यपी आर्थिक वर्षको पहिलो महिनाको राजस्व संकलनको अवस्थालाई हेरेर समग्र मूल्याङ्कन गर्न सकिंदैन ।


    राजस्व लक्ष्य भेटाउन भन्सार विन्दुलाई मात्रै हेरेर हुँदैन । खुला सीमाको दुरुपयोग गर्दै हुने चोरी र आयात निर्यातलाई रोक्न राज्यका सरोकारवाला निकायको समन्वयात्मक पहलकदमी आवश्यक छ । राजस्व संकलनको विषय भन्सार प्रशासनको मात्रै नभएर प्रहरी, सशस्त्र प्रहरीलगायत सरोकारवाला निकायको पनि काम हो,जो तस्करी र चोरी निकासी रोक्न जिम्मेवारी पाएका छन् ।


    सरकारले २०७८ पुष ५ गतेबाट लागू भएको अनिवार्य प्रतितपत्र (एलसी)खोलेर शतप्रतिशत र दुई वटा शीर्षकमा ५० प्रतिशत नगद मार्जिन राख्नुपर्ने व्यवस्था गरेकाले पनि आयात न्यून हुँदा राजस्व संकलन प्रभावित हुँदै आएको थियो । यो व्यवस्था लागु हुनु अघि राजस्व संकलन राम्रो देखिन्छ । प्रतितपत्र खोल्न नसक्ने साना व्यवसायीले आयात गर्न नसक्ने भए ।

    सरकारी नीतिकै कारण पनि चोरी तस्करीलाई बल पुग्यो । अहिले त्यो व्यवस्था त हट्यो । बजेट भाषणमा त्यो हटेपछि साना व्यवसायी पनि भन्सार राजस्वमा आउन सहज भयो । सरकारी नीति हेरफेरले राजस्व संकलनमा सकारात्मक प्रभाव प¥यो । तसर्थकतिपय नीति र कार्यक्रम लागू गर्दा त्यसको प्रभाव हेक्का नराख्ने र त्यसले पारेको असर थाहा पाउँदा पनि सुधार नगर्दा मुलुकले मूल्य चुकाउन परिरहेको छ । यो प्रकरणले पनि राम्रै पाठ दिएको हुनुपर्छ ।

    images
    images
    images
    images

    © 2026 All right reserved to lumbinipatrika.com  | Site By : Sobij