२०८३, आश्विन २३ गते

Oct 09 2026

images
images

बुटवलमा स्वस्थ्य मुख महाअभियान हुने

बुटवलमा स्वस्थ्य मुख महाअभियान हुने

बुटवलमा स्वस्थ्य मुख महाअभियान हुने

बुटवलमा स्वस्थ्य मुख महाअभियान हुने

बुटवलमा स्वस्थ्य मुख महाअभियान हुने
लुम्बिनी पत्रिकाले सञ्चालनमा ल्याएको आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, अन्तर्वार्ता, सूचना प्रविधि तथा जीवनका विभिन्न आयामका सम्पूर्ण समाचार र विश्लेषणलाई समुचित रूपमा पस्कँदै आएको छ।
मंगलवार, भाद्र ३ २०८२
मंगलवार, भाद्र ३ २०८२
  • बुटवल । लुम्बिनी प्रदेशमै पहिलो पटक बुटवलमा मुख स्वास्थ्यको क्षेत्रमा क्रियाशिल रहेका संघसंस्थाको आयोजनामा स्वस्थ्य मुख महाअभियान सुञ्चालन हुने भएको छ । “स्वस्थ शरीरको लागि स्वस्थ मुख” भन्ने मुल नारा र “पैसाको अभावमा कसैले दुखाइ सहन नपरोस, पैसाकै अभावमा कोही मुस्कुराउन नबिर्सियोस् “ भन्ने मर्मका साथ महाअभियान संचालन हुन लागेको हो । 

    आधुनिक समाज डेन्टल केयरको प्राविधिक सहयोग एवम् लायन्स क्लव अफ रुपन्देही, रोटरी क्लव अफ लुम्बिनी स्टार्स, दारी ग्याङ र आधुनिक समाज विकास फाउन्डेशनको संयुक्त आयोजनामा महाअभियान भदौ ४ गतेदेखी सञ्चालन गर्न लागिएको पत्रकार सम्मेलनमार्फत जानकारी गराईएको हो । 

    मुख स्वास्थ्य अभियान्ता एवं आधुनिक समाज डेन्टल, बुटवलका अध्यक्ष अमृत भुसालका अनुसार मुख स्वास्थ्यको महत्वसहितको सचेतना पुर्‍याउन महाअभियान शुरु गर्न लागिएको बताए ।  भदौ ४ गते बिहान ७ः३० बाट बुटवल ६ पुष्पलाल पार्क स्थित संस्थाको भवन अगाडीबाट प्रभातफेरीसहित महाअभियानको उद्धघाटन हुने उनले जानकारी दिए । 

    प्रभातफेरी पश्चात पहिलो दिन दिनभर पुष्पलाल पार्कमै १० जना चिकित्सक सहित निशुल्क मुख परिक्षण र मुख स्वास्थ्य सम्बन्धी प्रशिक्षण दिइने तथा भाद्र ५ गते देखि आश्विन १ गते सम्म दैनिक ३ जना दन्त चिकित्सक र अन्य प्राविधिक टिम सहित बिहान १० गते देखि साँझ ६ बजेसम्म हरेक दिन निशुल्क मुख परिक्षण र मुख स्वास्थ्य सम्बन्धी प्रशिक्षण कार्यक्रम चलाइने अभियानकर्ता अमृत भुषालले जानकारी दिएका छन ।

    भुसालका अनुसार राजनीतिक दल,स्थानिय तहका प्रमुख/उप–प्रमुख,स्वास्थ्यकर्मी, लेखक, शिक्षक, बुद्धिजीवी, व्यावसायिक संघ–संस्था, सञ्चारकर्मी,जनप्रतिनिधि, पत्रकार, युवा क्लब लगायतको सहभागीता रहने अभियानमा पहिलो चरणको १ महिनाको अवधिमा करिव २० हजार  जनालाई प्रत्यक्ष निशुल्क मुख परिक्षण सङ्गै  स्वस्थ मुख सम्बन्धी प्रशिक्षण दिइनेछ ।

    उनले भने–‘मुखस्वास्थ्यको महत्वबारे जनचेतना अभिवृद्धि गर्ने, आधारभूत मुख स्वास्थ्य उपचार गुणस्तरीय र सबैको पहुँचमा पुर्‍याउने, प्रत्येक ६/६महिनामा एकपटक मुख स्वास्थ्य परीक्षण गर्न जनचेतना अभिवृद्धि गर्ने, शैक्षिक अभियान मार्फत विद्यालयस्तरमा मुख स्वास्थ्य सम्बन्धी पाठ्यक्रम समावेश गराउने र शिक्षक/स्वास्थ्यकर्मीलाई आवश्यक तालिम प्रदान गर्ने, सामाजिक समावेशिता दन्त अपाङ्गता भएका व्यक्तिहरूलाई अपाङ्ग सरहको हेरचाह गर्दै कृतिम दाँत उपचार गराउन वातावरण सिर्जना गर्ने मुख्य योजना छ ।’ 

    उनले थपे–‘ स्थानीय तहदेखि केन्द्रसम्मका सरकारी कार्यक्रमहरुमा मुख स्वास्थ्यलाई प्राथमिक आधरभुत सेवामा समावेश गराउन नितिगत पहल गर्ने, नागरिक / बुद्धिजीवी/ व्यवसायिक/ साहित्यिक र राजनीतिक वर्गको सहकार्यमा जनताको सहभागिता सहित अभियानलाई राष्ट्रिय तहमा विस्तार गर्ने लगायतका लक्ष्य राखिएकोछ ।’

    पत्रकार सम्मेलनमा बोल्दै लायन्स ईन्टरनेशनल डिष्ट्रिक्ट ३२५ पि नेपालका डिष्ट्रिक्ट गभर्नर बालाराम भट्टराईले क्लवहरुले सामाजिक क्रियाककलापहरु गर्दै आईएको जानकारी गराउँदै अहिलेसम्मका स्वास्थ्य सम्बन्धी अभियानहरुमा मुख स्वास्थ्यलाई बेवास्ता गरिएको हुँदा यसपटक यसलाई प्राथमिकतामा ल्याइएको बताए। 

    दन्तरोग विशेषज्ञ डा.सुनिल खरेलले मुख स्वास्थ्य उपेक्षा गरे क्यान्सरसहित गम्भीर रोग निम्त्याउन सक्ने भन्दै यस अभियानलाई जीवनशैलीमै सुधार ल्याउने अभियानका रूपमा लिनुपर्नेमा जोड दिए।

    रोटरी इन्टरनेशनल डिष्ट्रिक्ट ३२९२ का डिष्ट्रिक्ट गभर्नर बिनोद कोइराला, लायन्स क्लव अफ रुपन्देहीका अध्यक्ष घनश्याम घिमिरे, रोटरी क्लव अफ लुम्बिनी स्टार्सका अध्यक्ष बिमल ढकाल, चार्टर्ड प्रेसिडेन्ट यादब भण्डारी, दारी ग्याङ रुपन्देहीका अध्यक्ष रमेश खनाल लगायतले बोलेका थिए । 

    स्वस्थ मुख महाअभियान शुरु गर्नुपूर्व प्रभातफेरि गरिने जनाईएको छ । आयोजक संस्थाका साथसाथै यस क्षेत्रका बिभिन्न संघसंस्था तथा बिद्यालयले सहभागिता जनाउने आयोजकले जनाएको छ । अभियानमा मुख स्वास्थ्यसग सम्बन्धित स्वास्थ्यकर्मीहरुको पनि सहभागिता रहने छ । 

    आधुनिक समाज डेन्टल, बुटवल स्थापना कालदेखि नै समाजप्रति उत्तरदायी, अभियान–मुखी, गुणस्तरीय सेवा प्रदायक संस्था रुपमा अगाडी बढाएको भन्दै अध्यक्ष भुसालले पछिल्ला वर्षहरूमा १ लाखभन्दा बढी विद्यार्थीलाई मुख स्वास्थ्य शिक्षा, विभिन्न जिल्लामा निःशुल्क शिविरलगायतका कार्यक्रम गर्दै आएको बताए ।

    images
    images
    images
    images

    © 2026 All right reserved to lumbinipatrika.com  | Site By : Sobij