२०८३, आश्विन २३ गते

Oct 09 2026

images
images

लुम्बिनी प्रादेशिक अस्पतालको नमूना काम

लुम्बिनी प्रादेशिक अस्पतालको नमूना काम

लुम्बिनी प्रादेशिक अस्पतालको नमूना काम

लुम्बिनी प्रादेशिक अस्पतालको नमूना काम

लुम्बिनी प्रादेशिक अस्पतालको नमूना काम
लुम्बिनी पत्रिकाले सञ्चालनमा ल्याएको आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, अन्तर्वार्ता, सूचना प्रविधि तथा जीवनका विभिन्न आयामका सम्पूर्ण समाचार र विश्लेषणलाई समुचित रूपमा पस्कँदै आएको छ।
बुधवार, भाद्र ४ २०८२
बुधवार, भाद्र ४ २०८२
  • लुम्बिनी प्रादेशिक अस्पतालले रात्रिकालीन स्वास्थ्य सेवालाई प्रभावकारी बनाउन रात्रिकालीन उपचारमा सहजीकरण गर्ने छुट्टै कर्मचारी व्यवस्थापन गर्नु स्वास्थ्य सेवालाई भरपर्दो र गुणस्तरीय बनाउन चालेको महत्वपूर्ण पाइला हो । रात्रिकालीन सेवालाई गुणस्तरीय र भरपर्दो बनाउन समन्वयका लागि छुट्टै अधिकृत तोकेर अस्पताल प्रशासनले अहिले भइरहेको समन्वयको अभावलाई हटाएर चुस्त बनाउन खोजेको छ । अस्पताल प्रशासनको यो निर्णयले अस्पतालको सेवा गुणस्तरीय हुने आशा गर्न सकिन्छ ।


    अस्पतालमा साँझ ८ बजेदेखि बिहान ८ बजेसम्म प्रत्येक दिन फरक–फरक कर्मचारीलाई ड्युटी अधिकृतको रूपमा खटाएर रात्रीकालीन सेवालाई प्रभावकारी बनाउन थालेको छ । अस्पतालले कार्यविधि बनाएर अस्पतालको आकस्मिक कक्ष तथा मेडिकल वार्डमा भर्ना भएका बिरामीको उपचार व्यवस्थापन, रेखदेखसम्बन्धी सहजीकरण, समन्वय तथा अनुगमनको काम ड्युटी अफिसरले गर्नेछन् ।  ड्युटीमा खट्ने अधिकृतले अस्पताल प्रशासनलाई कामको जानकारी गराउनुपर्नेछ । अस्पतालले प्रदान गरिरहेको सेवालाई गुणस्तरीय र नागरिकमैत्री बनाउन लुम्बिनी प्रादेशिक अस्पतालले गरेको यो निर्णय नेपालमा सम्भवतः पहिलो हो । दिउँसो आउने बिरामीका लागि उपचार सहजीकरण सम्भव भए पनि रातिमा धेरै खालका समस्या हुन्छन् । रगतको अभाव, स्वास्थ्यकर्मीबिच समन्वयको अभाव, विशेषज्ञ डाक्टर आवश्यक भएमा उपलब्ध नहुने र अस्पतालबाट उपलब्ध अन्य सेवाप्रवाहमा हुने ढिलासुस्तीले अस्पतालको विश्वसनीयतामै प्रश्न उठ्न थालेपछि अस्पतालले रात्रिकालीन ड्युटी अधिकृत तोकेर काम थाल्दा अस्पताल प्रशासन बिरामीप्रति जवाफदेही र जिम्मेवार देखिएको छ । 


    लुम्बिनी प्रादेशिक अस्पताललाई प्रदेश सरकारले गौरवको आयोजनाको रुपमा पूर्वाधार निर्माणको काम अघि बढाएर धमाधम ६ अर्ब लागतमा १० तले अत्याधुनिक भवन बनाउन थालिएको छ । १२ सय शैयामा अस्पताल विस्तार  हुँदैछ । यो राजधानी बाहिरको ठूलो अस्पतालको रुपमा विशेषज्ञ सेवासहितको अस्पताल बन्दैछ । अस्पतालको पूर्वाधार जति राम्रो बन्दैछ, गुणस्तरीय उपचारका लागि मानव संशाधनको प्रयोगमा अहिलेदेखि नै समन्वय आवश्यक छ । अस्पतालको पूर्वाधार मात्रै प्रधान होइन्, पूर्वाधार साधन हो, मानव संशासनको परिचालन राम्रो भएन भने अपेक्षित नतिजा निकाल्न कठिन हुन्छ । अस्पतालको सेवा थपिंदै जाँदा गुणस्तरीय सेवा प्रवाहको अपेक्षा पनि उत्तिकै हुन्छ । गुणस्तरीय सेवा प्रवाहका लागि लुम्बिनी प्रादेशिक अस्पताल अग्रणी बन्दा अरुका लागि पनि अनुकरणीय हुनेछ, जसले यहाँको मात्रै नभएर मुलुककै स्वास्थ्य सेवालाई चुस्त र गुणस्तरीय बनाउन सघाउ पुग्नेछ ।

    images
    images
    images
    images

    © 2026 All right reserved to lumbinipatrika.com  | Site By : Sobij