२०८३, आश्विन २३ गते

Oct 09 2026

images
images

पाल्ही बहुमुखी क्याम्पस विद्यार्थीको आकर्षण केन्द्र बन्दै

पाल्ही बहुमुखी क्याम्पस विद्यार्थीको आकर्षण केन्द्र बन्दै

पाल्ही बहुमुखी क्याम्पस विद्यार्थीको आकर्षण केन्द्र बन्दै

पाल्ही बहुमुखी क्याम्पस विद्यार्थीको आकर्षण केन्द्र बन्दै

पाल्ही बहुमुखी क्याम्पस विद्यार्थीको आकर्षण केन्द्र बन्दै
लुम्बिनी पत्रिकाले सञ्चालनमा ल्याएको आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, अन्तर्वार्ता, सूचना प्रविधि तथा जीवनका विभिन्न आयामका सम्पूर्ण समाचार र विश्लेषणलाई समुचित रूपमा पस्कँदै आएको छ।
जयसवाल परासीमा रहेर पत्रकारितामा क्रियाशील रहेका छन् ।
शुक्रवार, भाद्र ६ २०८२
शुक्रवार, भाद्र ६ २०८२
  • परासी 
    सामुदायिक क्याम्पस  भन्नासाथ पढाइ कमजोर हुन्छ, भन्ने बुझाइका कारण धेरै अभिभावक निजी क्याम्पसप्रति  आकर्षित छन् । तर पछिल्लो पटक शैक्षिक गुणस्तर सुधार गर्दै  सामुदायिक क्याम्पस पनि अब्बल बनिरहेका छन् ।


     धेरै सामुदायिक क्याम्पस  निजी क्याम्पसलाई चुनौती दिने अवस्थामा पुगेका छन् ।  यसको जीवन्त उदाहरणको रुपमा पश्चिम नवलपरासीको रामग्राम नगरपालिका–४ स्थित जितपुरमा रहेको पाल्ही बहुमुखी क्याम्पस  यतिबेला विद्यार्थी आकर्षणको केन्द्र बनेको छ । क्याम्पसले  गुणस्तरीय शिक्षा दिँदै उत्कृष्ट नतिजा ल्याउन थालेपछि विद्यार्थीको चाप ह्वात्तै बढेको क्याम्पस सञ्चालक समितिका अध्यक्ष राधेश्याम पाठकले बताए  । 


    यो  जिल्लाकै अब्बल र क्याम्पस  रुपमा स्थापित हुन थालेको छ  । उनले  पहिला यस क्याम्पसमा न्यून विद्यार्थी संख्या रहेको थियो, तर पछिल्लो समयमा यस क्याम्पस  विद्यार्थीको चाप बढै गएको तथा  कक्षा कोठा प्रशस्त, शैक्षिक सत्र २०८१ मा बीबीएस र बीएडमा उच्च शैक्षिक नतिजा राम्रो ल्याउन सफल भएको बताए  ।


     पहिला २ दुई सय ५० जना विद्यार्थी यस क्यापम्समा थिए, अहिले चार सय ८० जना विद्यार्थी पठनपानठ गर्दै आएको पाठकले बताए । यस क्याम्पसलाई भौतिक पूर्वाधारमा प्रदेश सांसद, प्रदेशका मन्त्रीहरुले बजेट  वडाध्यक्ष समेत गरी भौतिक पूर्वाधार र खेल सामग्रीलगायतको क्षेत्रमा समेत सहयोग उपलब्ध गराएको यसअघि रामग्राम नगरपालिका पूर्व मेयरको पालामा धेरै भौतिक क्षेत्र वा बस पनि उपलब्ध भएको अध्यक्ष पाठकले बताए । 


    उनले भने–‘क्याम्पसमा विद्यार्थी संख्या ह्वातै बढेको छ भने गुणस्तर शिक्षा पनि प्रदान हुँदै आएको र नतिजा पनि उत्कृष्ठ आउन थालेको छ । क्याम्पसमा २१ जना प्राध्यापक  र कर्मचारी गरी २७ जना कार्यरत छन् ।’ 


    क्याम्पसमा स्नातक तह  र स्नातक तह व्यवस्थापनमा  पठनपाठन हुने गरेको  क्याम्पस प्रमुख दिपक अर्यालले जानकारी दिए । उनको अनुसार भौतिक पूर्वाधार, १३ वटा कक्षा स्मार्ट बोर्ड, सूचना कम्युटर ल्याब तथा प्राविधिका  कक्षाहरु सञ्चालन भईरहेको र वातावरणलगायतका कारण क्याम्पस अब्बल बन्दै गएको छ । क्याम्पसमा ७६ प्रशित छात्रा र २४ प्रतिशत छात्रहरुले पठनपाठन गर्दै आएका छन् । 


    खास गरी उक्त क्याम्पसमा ग्रामीण क्षेत्रका विद्यार्थी आर्थिक क्षेत्र कमजोर भएका विद्यार्थीहरु आउने गरेका छन् । यस क्याम्पसमा रामग्राम नगरपालिका, सुनवल नगरपालिका पाल्हीनन्दन, सरावल, प्रतापपुर गाउँपालिका र छिमेकी जिल्लाका विद्यार्थीहरु आउने गरेको क्याम्पस प्रमुख अर्यालले जानकारी दिए । ४० जना विद्यार्थीलाई २४ लाख बराबरको छात्रवृत्ति प्रदान गरेको क्याम्पसले जनाएको छ । उक्त क्याम्पस क्यूएए प्राप्तिको प्रकृयामा रहेको छ । 
    २०४६ सासल १२ मा त्रिभुवन विश्वविद्यालयाट सम्बन्धन प्राप्त गरी २०४६ साल असोज २ गते स्थापना भएको नवलपरासीको सबैभन्दा पुरानो क्याम्पसको रुपमा परिचित रहेको पाल्ही बहुमुखी क्याम्पसको रुपमा रहेको छ । कुल ७ बिगाह ८ कट्ठा १५ धुरमा जग्गा क्याम्पस अवस्थित रहेको छ ।

    images
    images
    images
    images

    © 2026 All right reserved to lumbinipatrika.com  | Site By : Sobij