२०८३, आश्विन २३ गते

Oct 09 2026

images
images

नेपालप्रतिको हेपाहा प्रवृत्ति

नेपालप्रतिको हेपाहा प्रवृत्ति

नेपालप्रतिको हेपाहा प्रवृत्ति

नेपालप्रतिको हेपाहा प्रवृत्ति

नेपालप्रतिको हेपाहा प्रवृत्ति
लुम्बिनी पत्रिकाले सञ्चालनमा ल्याएको आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, अन्तर्वार्ता, सूचना प्रविधि तथा जीवनका विभिन्न आयामका सम्पूर्ण समाचार र विश्लेषणलाई समुचित रूपमा पस्कँदै आएको छ।
शुक्रवार, भाद्र ६ २०८२
शुक्रवार, भाद्र ६ २०८२
  • नेपालको भूमि लिपुलेक हुँदै दुईदेशीय व्यापार अघि बढाउनेबारे भारत र चीनबीच भएको सहमति गलत छ  । यो सहमतिले दुई ठूला छिमेकीले नेपालको सार्वभौमसत्तामाथि प्रहार गरेको सतहमा आएको छ । नेपाल—भारत सीमा विवाद वर्षौंदेखि बल्झदै आएको छ । सीमा विवाद र त्यपछिका प्रतिक्रियाले नेपाल—भारत सम्बन्धलाई पनि जटिलतातर्फ लैजाने गरेको छ । नेपाल–भारतबिचको सीमा विवादमा चीन पनि मिसिएको छ । 


    लिपुलेक नेपाली भूमि हो । र, यो त्रिदेशीय नाका हो । यो नाकाका विषयमा दुई देशबिच सहमति हुँदा नेपाललाई बेवास्ता गर्नु नेपालप्रति उनीहरुले गरेको हेपाहा प्रवृत्ति हो । विगतमा पनि  भारत र चीनले नेपाललाई छलेर आपसी सहमति गर्दै आएका थिए । पहिले दुई देशबिच सहमति भएपछि नेपालले दुवै मुलुकलाई कूटनैतिक नोट पठाएर विरोध जनाएको थियो । परराष्ट्र मन्त्रालयले दुई देशले गरेको सहमतिप्रति प्रश्न उठाउँदै विरोध गरेको विज्ञप्ति निकालेको छ ।


    सीमा जस्तो संवेदनशील मुद्दामा समेत नेपालका राजनैतिक दल विभाजित हुँदै आएका छन् । अब यस्ता मुद्दामा साझा धारणा बनाएर अघि बढ्नु आवश्यक छ । प्रधानमन्त्री केपी ओलीले यसबारेमा साझा धारणा बनाउन सर्वदलीय बैठक राख्न सक्छन् । जसले राजनैतिक दल र सरकारको एउटै धारणा बनाउन सघाउ पु¥याउन सक्छ । मुलुकको सार्वभौमसत्ताको सवालमा सबै राजनैतिक दलको समान धारणा हुन्छ भन्ने स्थापित गराउने यो सुनौलो मौका हो । प्रधानमन्त्री ओलीले यसै महिना सुरुमा चीन र त्यसपछि भारत भ्रमण गर्दैछन् । यो भ्रमण अघि सर्वदलीय बैठकबाट तय भएको साझा धारणाले नेपालका राजनैतिक शक्ति एक छन् भन्ने सन्देश लिएर नेपालको प्रष्ट दृष्टिकोण राख्न सक्छन् । कतिपयले प्रधानमन्त्रीले भ्रमण रद्द गर्नुपर्छ भनिरहे पनि भ्रमणलाई फलदायी बनाउनु उपयुक्त हो ।


    भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले सन २०१५ मा गरेको चीन भ्रमणका क्रममा भारतले हडपेको नेपालको भूमि लिपुलेक पासबाट व्यापार गर्ने सहमति भएको थियो । १५ मे २०१५ मा भारतीय प्रधानमन्त्री मोदी र चिनियाँ राष्ट्रपति सी चिनफिङले बेइजिङमा सम्झौता गरेका थिए । उक्त सम्झौतामा ‘दुवै पक्ष व्यापार वस्तुको सूची वृद्धि गर्न तथा नाथुला, किंगला, लिपुलेक नाकाबाट व्यापार विस्तार गर्न सहमत भएका छन् भन्ने उल्लेख थियो । नेपाली भूमि हुँदै व्यापार गर्ने विषयमा जानकारी नदिई भएको सहमतिप्रति नेपालले विरोधसमेत गरेको थियो । नेपालको संसदमा यसको चर्को विरोध भएको थियो । २ नोभेम्बर २०१९ मा भारतले केन्द्रशासित प्रदेशमा जम्मुकश्मीर र लद्दाखलाई समेट्दै भारतको औपचारिक राजनीतिक नक्सा प्रकाशित गरेको थियो ।

    अन्तर्राष्ट्रिय सिमानामा पनि फेरबदल गरेको यस राजनीतिक नक्सामा नेपालले सधैँ आफ्नो दाबी गर्दै आइरहेको लिम्पियाधुरा, लिपुलेक र कालापानीलगायतका भू—भाग पनि समेटिएका थिए । भारतको उक्त कदमप्रति असन्तुष्टि जनाउँदै नेपालले भारतलाई कूटनीतिक पत्र पठायो  । तर कूटनीतिक ढंगबाट यो समस्या समाधान गर्न भारत तयार भएन । 


    भारतले लिपुलेक हुँदै कैलाश मानसरोवर पुग्ने सडक सञ्जाल निर्माणको काम जारी राख्यो । त्यसबेला पनि नेपालले उक्त समझदारीको कूटनीतिक रूपमा विरोध गरेको थियो । नेपाली भूमि कालापानी, लिपुलेक हुँदै चीनतर्फ जाने मोटरमार्ग भारतले बनाउन थालेकोमा आपत्ति जनाउँदै कालापानी, लिपुलेकसहितको भूभाग नेपालको हो भन्ने अडान राखेको थियो ।

    ६ महिनाकै फरकमा भारतलाई नेपालले दुईपटक कूटनीतिक नोट पठाएको थियो । सीमाको विषयमा भारतले जबर्जस्ती गर्दै गएपछि नेपाल सरकारले २ जेठ २०७७ मा वार्षिक नीति तथा कार्यक्रममार्फत् लिम्पियाधुरासहित नक्सा जारी गर्ने घोषणा गरेको थियो । त्यसपछि मन्त्रिपरिषद्ले ५ जेठमा गरेको निर्णयअनुसार ७ जेठमा नक्सा जारी भयो । त्यसपछि बिग्रेको नेपाल—भारत सम्बन्ध अझै लयमा जान सकेको छैन ।


    अब नेपालले प्रष्ट भन्नुपर्छ — नेपाली भूमिमा छिमेकीले आँखा नलगाऊँ, हामी हाम्रो भूमिप्रति कसैको हस्तक्षेप सहदैनौं । तपार्इंहरुले गरेको सहमति बेठीक छ ।

    images
    images
    images
    images

    © 2026 All right reserved to lumbinipatrika.com  | Site By : Sobij