२०८३, आश्विन २३ गते

Oct 09 2026

images
images

विश्वशान्ति युवा क्लब क्वाटर फाइनलमा

विश्वशान्ति युवा क्लब क्वाटर फाइनलमा

विश्वशान्ति युवा क्लब क्वाटर फाइनलमा

विश्वशान्ति युवा क्लब क्वाटर फाइनलमा

विश्वशान्ति युवा क्लब क्वाटर फाइनलमा
लुम्बिनी पत्रिकाले सञ्चालनमा ल्याएको आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, अन्तर्वार्ता, सूचना प्रविधि तथा जीवनका विभिन्न आयामका सम्पूर्ण समाचार र विश्लेषणलाई समुचित रूपमा पस्कँदै आएको छ।
शुक्रवार, भाद्र ६ २०८२
शुक्रवार, भाद्र ६ २०८२
  • कञ्चन । रुपन्देहीको कञ्चनमा जारी दोश्रो गौतमबुद्ध कप नाइन ए साइड फुटबल प्रतियोगिता २०८२ अन्तरगत पहिलो चरणका सम्पूर्ण खेलहरु सकिएका छन् ।


     गौतमबुद्ध सामुदायिक विकास केन्द्र, कञ्चन ५ चौपारी रुपन्देहीको आयोजनामा सञ्चालन भएको हिजोको पाँचौ दिनमा विश्वशान्ति युवा क्लब र सुनौलो संगम फुटबल क्लबबिच प्रतिस्पर्धा भएको थियो ।


    विश्वान्ति युवा क्लब र सुनौलो संगम एफ.सी. बिच भएको पहिलो चरणअन्तरगतको अन्तिम खेलमा विश्वशान्ति विजयी भएको छ । विश्वशान्तिले सुनौलो संगमलाई ३–२ गोल अन्तरले पराजित गरेसँगै विश्वशान्ति क्वाटरफाइनलमा प्रवेश गर्न सफल भएको हो ।


    खेलमा विश्वशान्तिका लागि विश्वास श्रेष्ठ, रोशन थापा र आशिस रानाले १–१ गोल गरेका थिए भने सुनौलो संगमका लागि विक्की राई र बसन्त थापाले १–१ गोल गरेका थिए । 


    विश्वशान्तिका विश्वास श्रेष्ठ म्यान अफ द म्याच घोषित भएको गौतमबुद्ध सामुदायिक विकास केन्द्रका खेल संयोजक रोशन पुनले जानकारी दिए ।


    हरितालिका तिजको सन्दर्भ पारेर सञ्चालन गरिएको प्रतियोगिताका विजेता टिमले १,११,१११ रुपैयाँसहित कप, मेडल र प्रमाण पत्र पाउने छन् भने उपविजेता टिमले ६६,६६६ रुपैयाँसहित कप, मेडल र प्रमाण पत्र पाउने खेल संयोजक पुनले जानकारी दिए ।
    यस्तै प्रतियोगिता अवधिभर उत्कृष्ट खेल प्रदर्शन गर्ने खेलाडीलाई नगद ५ हजार रुपैयाँसहित मेडल प्रदान गरिने बिधागत रुपमा उत्कृष्ट खेल प्रदर्शन गर्ने खेलाडीहरुका लागि पनि आकर्षक पुरस्कार रहेको खेल संयोजक पुनले बताए ।


    प्रतियोगितामा न्यू सिर्जनशिल एफ.सि. कञ्चन ४ रूपन्देही, न्यू बुद्ध स्पोर्टस क्लब वाणगंगा नगरपालिका ११, रेन्बो एकेडमी कञ्चन ३ हरैया, रुपन्देही, मुर्गिया फुटवल क्लब सैनामैना ४ रुपन्देही, योङ्ग ब्याईज देवदह, रूपन्देही, चाँदनी युवा क्लब कञ्चन १ रुपन्देही, बुद्ध सेभेन स्टार क्लब सैनामैना ११ रूपन्देही, न्यू सिर्जना युवा क्लब तिलोत्तमा १३ रुपन्देही, सुनगाभा सामुदायिक बिकास केन्द्र कञ्चन ४ रूपन्देही, ईभोलुसन क्लब तामनगर, रूपन्देही, भैसाही युवा क्लब कञ्चन ५ रुपन्देही, एम.बि. ब्रोदर्श फर्साटिकर, रूपन्देही, करङ्गे एफ.सि. कञ्चन, रूपन्देही, गौतम बुद्ध सामुदायिक बिकास केन्द्र, कञ्चन ५ रूपन्देही, सुनौलो संगम युवा क्लब कञ्चन ३ रूपन्देही, विश्वशान्ति युवा क्लब सैनामैना १० सालझण्डी गरी १६ फुटबल क्लबहरुले प्रतियोगितामा प्रतिस्पर्धा गरिरहेका छन् ।

    images
    images
    images
    images

    © 2026 All right reserved to lumbinipatrika.com  | Site By : Sobij