२०८३, आश्विन २३ गते

Oct 09 2026

images
images

लुम्बिनीका १०१ जना छात्रालाई साइकल वितरण

लुम्बिनीका १०१ जना छात्रालाई साइकल वितरण

लुम्बिनीका १०१ जना छात्रालाई साइकल वितरण

लुम्बिनीका १०१ जना छात्रालाई साइकल वितरण

लुम्बिनीका १०१ जना छात्रालाई साइकल वितरण
लुम्बिनी पत्रिकाले सञ्चालनमा ल्याएको आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, अन्तर्वार्ता, सूचना प्रविधि तथा जीवनका विभिन्न आयामका सम्पूर्ण समाचार र विश्लेषणलाई समुचित रूपमा पस्कँदै आएको छ।
आइतवार, भाद्र ८ २०८२
आइतवार, भाद्र ८ २०८२
  • बुटवल । नेपाल–भारत मैत्री केन्द्र केन्द्रीय समिति, रुपन्देहीले लुम्बिनी सांस्कृतिक नगरपालिकाबाट एसईई उत्तीर्ण १ सय १ छात्रालाई साइकल वितरण गरेको छ ।  मित्र राष्ट्र भारतको स्वतन्त्रता दिवसको अवसर पारेर शनिबार लुम्बिनीमा एसईई उत्तीर्ण छात्राहरुलाई साइकल वितरण गरिएको हो ।


    मैत्री केन्द्रका अध्यक्ष सिद्धार्थ अग्रवालले छात्रा विद्यार्थीलाई प्रोत्सहन गर्न साइकल उपलब्ध गराइएको जानकारी दिए । ‘सरकारी विद्यालयमा अध्ययनरत छात्राहरुलाई प्रोत्साहन र उच्च शिक्षा अध्ययनका लागि विद्यालयसम्म पुग्न सहज होस् भने साइकल उपहार दिएका हौं ।’–अग्रवालले भने ।


    उनले आगामी दिनमा पनि मैत्री केन्द्रले यस्ता सामाजिक कामलाई निरन्तरता दिने जनाए । नगरपालिकाका अनुसार २०८१ को एसईईमा पालिकाबाट १ सय ९४ जना छात्राले एसईई उत्तीर्ण गरेका थिए । तीमध्ये आवश्यकता पहिचान गरेर १ सय १ जनालाई साइकल वितरण गरिएको  अध्यक्ष अग्रवालले बताए ।


    लुम्बिनीमा आयोजित छात्रा विद्यार्थीलाई साइकल वितरण समारोहमा बोल्दै पूर्वअर्थ राज्यमन्त्री तथा नेपाली काँग्रेसका केन्द्रीय सदस्य भरतकुमार शाहले सरकारी विद्यालयका छात्रा विद्यार्थीहरुलाई प्रोत्साहन हुनेगरी मैत्री केन्द्रले साइकल वितरण गरेर विद्यार्थीलाई ऊर्जा प्रदान गरेको जनाए । उनले साइकल वितरणले नेपाल–भारतको मैत्री सम्बन्धलाई ताजा तुल्याएको बताए ।
    विद्यार्थीहरुलाई हामी गाउँका, हामी फलाना जातका, सरकारी विद्यालयमा पढेका भनेर आफैंलाई निरुत्साहित नगर्न उनले आग्रह गरे । ‘संसारमा जसले मिहिनत गर्छ उहीँ अगाडि बढ्छ,’ उनले भने–‘जात, धर्मले नभइ शिक्षा, इमान्दारीता र मिहिनतले मानिस ठूलो हुने भएकाले पढाइमा केन्द्रित हुनुस् ।’ ग्रामीण क्षेत्रका बालबालिकालाई अगाडि बढाउन साइकल वितरणसँगै छात्रवृत्तिका कार्यक्रम सञ्चालन गरिनुपर्ने शाहले जोड दिए ।


    सैनामैना नगरपालिकाका प्रमुख फणेन्द्रप्रसाद शर्माले साइकल वितरण गरेर मैत्री केन्द्रले छोरीहरुलाई पढ्न प्रेरित गरेको बताए । साइकल वितरण सानो मायाको चिनो जस्तो भए पनि यसले नेपाल–भारतबीचको सम्बन्ध सुधारमा भूमिका खेल्ने उनले जनाए । धेरैजसो दाताहरु सुविधा रहेकै क्षेत्रमा केन्द्रित हुने गरेको उल्लेख गर्दै जहाँ अभाव छ, त्यहीँ सहयोगका कार्यक्रम गर्न अनुरोध उनले गरे ।


    सिद्वार्थनगर नगरपालिकाकी उपप्रमुख उमा अधिकारीले अभिभावकको दायित्व छोरीको पखेटा काट्ने नभई उनीहरूका लागि गोरेटो कोर्ने भएकाले सोहीअनुसार भूमिका निर्वाह गर्न आग्रह गरिन् । शिक्षा नै छोरीहरुका लागि लक्ष्य प्राप्तिका गर्ने हतियार भएकाले पढाइमा केन्द्रित हुन उनको आग्रह छ । छोरीको इच्छा बुझेर शिक्षामा लगानी गर्न अधिकारीले अनुरोध गरिन् । मैत्री केन्द्रको प्रोत्साहनले छात्राहरुमा हौसला मिलेको उनको भनाइ छ ।


    लुम्बिनी सांस्कृतिक नगरपालिकाकी प्रमुख प्रशासकीय अधिकृत तारा ज्ञवालीले उत्कृष्ट नतिजासहित उत्तीर्ण छात्राका लागि साइकल वितरण गरिएकोमा केन्द्रलाई धन्यवाद दिइन् । उत्कृष्ट नतिजा हासिल गर्ने छात्रछात्रालाई पालिकाले पनि पुरस्कार र प्रोत्साहनका कार्यक्रम गरिरहेका जनाउँदै आउँदा दिन पालिकासँग हातेमालो गर्न केन्द्रलाई आग्रह गरिन् । जीवनमा सफलता प्राप्त गर्न उच्च शिक्षा जरुरी रहेकाले त्यसका लागि साइकल वितरणले प्रेरणा प्रदान गरेको ज्ञवालीको भनाइ छ ।


    कार्यक्रममा लुम्बिनी प्रेस क्लबका अध्यक्ष कमल रायमाझी, नेपाल–भारत भूतपूर्व गोर्खा सैनिक परिवारका अध्यक्ष रेशम केसी, मैत्री केन्द्रका उपाध्यक्ष उमापति न्यौपाने, मैत्री केन्द्रका सचिव प्रशान्तविक्रम मल्लले छात्राहरुको शिक्षालाई यस्ता सहयोगले थप प्रेरित गर्ने जनाए । उनीहरुले मैत्री केन्द्रले मैत्रीभाव राखेर विद्यार्थीहरुलाई साइकल उपहार दिएको जनाउँदै आउँदा दिनमा यस्ता कार्यक्रमलाई निरन्तरता दिँदै जाने जनाए ।


    कार्यक्रममा साइकल उपहार पाएका छात्रा विद्यार्थी, उनीहरुका परिवार, जनप्रतिनिधि, स्थानीय अगुवाहरुले यस्ता प्रोत्साहनका कार्यक्रमले छात्राहरुलाईलाई उच्च शिक्षा हासिल गर्न र व्यक्तित्व विकासमा सकारात्मक सहयोग पु¥याउने जनाए । उनीहरुले मैत्री केन्द्रले सह्रानीय कार्य गरेको भन्दै सहयोग र सहकार्यलाई निरन्तर गर्न आग्रह गरेका थिए ।

    images
    images
    images
    images

    © 2026 All right reserved to lumbinipatrika.com  | Site By : Sobij