२०८३, आश्विन २३ गते

Oct 09 2026

images
images

बसाइँसराइलाई रोक्ने चुनौती

बसाइँसराइलाई रोक्ने चुनौती

बसाइँसराइलाई रोक्ने चुनौती

बसाइँसराइलाई रोक्ने चुनौती

बसाइँसराइलाई रोक्ने चुनौती
लुम्बिनी पत्रिकाले सञ्चालनमा ल्याएको आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, अन्तर्वार्ता, सूचना प्रविधि तथा जीवनका विभिन्न आयामका सम्पूर्ण समाचार र विश्लेषणलाई समुचित रूपमा पस्कँदै आएको छ।
आइतवार, भाद्र ८ २०८२
आइतवार, भाद्र ८ २०८२
  • अर्घाखाँचीबाट तीन वर्षमा ३ हजार घरपरिवारले बसाइँ सरे । गत आर्थिक वर्ष २०८१-०८२ मा ७ सय ५५ घरपरिवारले बसाइँ सरेर तराई झरे । पहाडबाट बसाइँसराइ तीब्र भइरहेको छ । बसाइँसराइले अर्घाखाँची मात्रै नभई मध्यपहाड रित्तिने जोखिम बढेको छ ।
    २०७८ को जनगणनामा जनसंख्या घट्ने लुम्बिनी प्रदेशका ३१ मध्ये २९ पालिका पहाडका हुन् । पहाडका ती पालिकाबाट मानिस बसाइँ सरेर तराई झरे । पहाड रित्तिंनै जाँदा जति समस्या चुलिंदै जानेछन्, तराईमा जनसंख्याको चापले उत्तिकै समस्याका चाङ थपिनेछन् । जनसंख्याको असमान वितरणले राज्य स्रोतको प्रयोग र वितरण जटिल बन्दै जाने जोखिम छ । स्रोतको वितरणअनुसार अपेक्षित प्रतिफल प्राप्त नहुँदा सरकार र शासन व्यवस्थाप्रति अनेकौं प्रश्न खडा हुन सक्छन् ।


    पहाडमा अहिले विकास पुगेको छ । गाउँ–गाउँमा सडक पुगेको छ । विद्यालयमा पूर्वाधार राम्रो छ । स्वास्थ्य चौकी भवन मात्रै होइन्, सेवा प्रवाह पनि राम्रो छ । जिल्ला सदरमुकाम अहिले नागरिकताको कामको लागि मात्रै जानुपर्छ । पहिले कृषि, शिक्षालगायत अरु कामका लागि सदरमुकाम जानुपर्ने बाध्यता छैन । अहिले पालिका कार्यालय र वडा कार्यालयबाटै धेरै काम हुन्छ । मुलुक संघीयतामा गएपछि गाउँघरमै सेवाप्रवाह छिटो छरितो हुन्छ । गाउँमा विकास पुगेको छ, तर मान्छे छैनन् ।

    विकासमा भएको असमानताले मानिसहरु बढी विकास भएको ठाउँमा जान खोज्नु स्वाभाविकै हो । अझ गाउँमा मान्छे टिक्न नखोज्नुकोे कारण आयआर्जन र उद्यमशिलताको विकास भएन् । आम्दानीको बाटो गाउँमै हुन्थ्यो भने मान्छे गाउँमै टिक्थे । अझ अर्घाखाँचीको कुरा गर्ने हो भने २०६४ मै साविकका ४२ गाविसमा सडक पुगेको हो । विकास गाउँ पुग्दा थातथलो छाडेर हिंड्ने अवस्था किन आयो ? त्रुटि कहाँ कहाँ भए ? यी प्रश्नको उत्तर खोज्नुपर्छ । 


    पहाड समस्याका चाङ होइन् सम्भावनाको खानी हो । सम्भावनालाई अवसरमा बदलेर नागरिकको दैनिकीसँग जोड्नुपर्छ । तहगत सरकारले पहाडलाई नागरिकको दैनिकीसँग जोड्न सक्दा धेरै गर्न सकिन्छ  । पाल्पाको रिब्दीकोट गाउँपालिकाले अकबरे खुर्सानी खेतीमा प्रोत्साहन गरेपछि यहाँका किसानले राम्रो आम्दानी गर्न थालेका छन् । शहर पसेका  र विदेश गएका केही युवा गाउँ फर्केका छन् । गुल्मीको धुर्कोटका केही युवा व्यवसायिक सुन्तला खेती गर्न शहरबाट गाउँ फर्केका छन् । स्थानीय तहले गाउँमै टिक्ने वातावरण बनाउन प्रदेश र संघीय सरकारको सहयोग लिनुपर्छ । पालिकाले आफ्नै ढंगले उत्पादनको मौलिक मोडल तयार गर्न सक्छन् ।


    अब विकास माथिबाट लाद्नै होइन । अवसरको पहिचान गरी उत्पादन बढाउन लाग्नुपर्छ त्यसका लागि हरेक पालिकाले आफ्नै मोडल बनाउन सक्छन् । पालिकाले उत्पादनमुखी विकासको मोडल तयार गर्दा गाउँ छाड्ने होइन्, फर्कनेहरु बढ्नसक्छन् । 

     

    images
    images
    images
    images

    © 2026 All right reserved to lumbinipatrika.com  | Site By : Sobij