२०८३, आश्विन २३ गते

Oct 09 2026

images
images

ब्रिटिस ग्रामर स्कुल रुपन्देहीमा ग्रेजुयसन तथा स्वागत कार्यक्रम सम्पन्न

ब्रिटिस ग्रामर स्कुल रुपन्देहीमा ग्रेजुयसन तथा स्वागत कार्यक्रम सम्पन्न

ब्रिटिस ग्रामर स्कुल रुपन्देहीमा ग्रेजुयसन तथा स्वागत कार्यक्रम सम्पन्न

ब्रिटिस ग्रामर स्कुल रुपन्देहीमा ग्रेजुयसन तथा स्वागत कार्यक्रम सम्पन्न

ब्रिटिस ग्रामर स्कुल रुपन्देहीमा ग्रेजुयसन तथा स्वागत कार्यक्रम सम्पन्न
लुम्बिनी पत्रिकाले सञ्चालनमा ल्याएको आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, अन्तर्वार्ता, सूचना प्रविधि तथा जीवनका विभिन्न आयामका सम्पूर्ण समाचार र विश्लेषणलाई समुचित रूपमा पस्कँदै आएको छ।
आइतवार, भाद्र ८ २०८२
आइतवार, भाद्र ८ २०८२
  • बुटवल । ब्रिटिस एजुकेसन ग्रुपको व्यवस्थापनमा सञ्चालित ब्रिटिस ग्रामर स्कुल (नमस्ते एकेडेमी) Rupandehi ले कक्षा–१२ उत्तीर्ण विद्यार्थीहरूको ग्रेजुएसन तथा नवप्रवेशी कक्षा–११ का विद्यार्थीहरूको स्वागत समारोह भव्य रुपमा सम्पन्न गरेको छ । सो समारोह तिलोत्तमा–५, टाइगर प्यालेस बाई सोल्टीमा आयोजना गरिएको हो ।

    कार्यक्रम ब्रिटिस एजुकेसन ग्रुपका कन्ट्री डाइरेक्टर तथा विद्यालय प्रमुख अरुणकुमार कँडेलको अध्यक्षता र सिईओ राजन कँडेलको प्रमुख आतिथ्यतामा सम्पन्न भयो । सो अवसरमा विद्यालयका निर्देशक डिल्लीनारायण पाण्डेय, पुष्पा कँडेल, संस्थापक श्यामलाल खरेल, संस्थापक प्राचार्य राजेन्द्र कुँवरलगायतले शुभकामना मन्तव्य व्यक्त गरे ।

    प्रमुख अतिथि कँडेलले विद्यालयलाई अन्तर्राष्ट्रिय स्तरको ब्रान्डमा स्थापित गर्न निरन्तर लागिपरेको बताउँदै उत्कृष्ट नतिजाले विद्यालयको गौरव बढाएको उल्लेख गरे । उनले आगामी दिनमा गुणस्तरीय शिक्षामा निरन्तर सुधार गर्ने प्रतिबद्धता समेत व्यक्त गरे ।

    कार्यक्रमको पहिलो सत्रमा कक्षा–१२ को ग्रेजुएसन सम्पन्न भएको थियो । यसअन्तर्गत मोफसलमा दोस्रोपटक व्यवस्थापन संकायमा शतप्रतिशत र विज्ञान संकायमा ९६ प्रतिशत नतिजा ल्याउँदै विद्यालय तिलोत्तमा नगरपालिकामा प्रथम बनेको घोषणा गरिएको थियो । प्रमुख अतिथिले गाउन र प्रमाणपत्र वितरण गर्दै विद्यार्थीलाई दिक्षित गरे भने उत्कृष्ट नतिजा दिलाउन योगदान गर्ने शिक्षक तथा कर्मचारीलाई सम्मान गरिएको थियो ।

    ग्रेजुएट विद्यार्थी तर्फबाट अनुज पन्थीले र अभिभावक तर्फबाट शोभाखर पोखरेलले मन्तव्य राख्दै ब्रिटिस ग्रामर स्कुललाई मोफसलमा फरक र उत्कृष्ट +२ शिक्षा दिने संस्थाको रुपमा प्रशंसा गरे ।

    दोस्रो सत्रमा कक्षा–१२ का विद्यार्थीहरूले नवप्रवेशी कक्षा–११ का विद्यार्थीलाई टीका, खादा र स्वागतपत्रसहित स्वागत गरे । यस अवसरमा विद्यालयका निर्देशक डिल्लीनारायण पाण्डेय, संस्थापक प्राचार्य राजेन्द्र कुँवर र संयोजक दीपक पोखरेलले स्वागत मन्तव्य राखेका थिए ।

    कार्यक्रममा ४० भन्दा बढी सांगीतिक प्रस्तुति प्रस्तुत गरिएको थियो । सञ्चालन विद्यार्थी अन्जुम बेगम, विद्या ढकाल, विष्णु यादव, मनिष गैरे र जन्नत इस्लाम खानले गरेका थिए भने प्रशान्त चौधरी र अनुज पन्थीले मन्तव्य राखेका थिए । समारोहमा सहभागी भएका नेपाल प्रहरीका डिआइजी आर. पी. दासले विद्यालयको कार्यक्रममा सहभागी हुन पाउँदा गर्व लागेको बताए ।

    images
    images
    images
    images

    © 2026 All right reserved to lumbinipatrika.com  | Site By : Sobij