२०८३, आश्विन २३ गते

Oct 09 2026

images
images

अपरिपक्कताले निम्त्याएका समस्याहरू

अपरिपक्कताले निम्त्याएका समस्याहरू

अपरिपक्कताले निम्त्याएका समस्याहरू

अपरिपक्कताले निम्त्याएका समस्याहरू

अपरिपक्कताले निम्त्याएका समस्याहरू
लुम्बिनी पत्रिकाले सञ्चालनमा ल्याएको आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, अन्तर्वार्ता, सूचना प्रविधि तथा जीवनका विभिन्न आयामका सम्पूर्ण समाचार र विश्लेषणलाई समुचित रूपमा पस्कँदै आएको छ।
सोमवार, भाद्र ९ २०८२
सोमवार, भाद्र ९ २०८२
  • तुल्सीराम पाण्डे

    वि.स. २०१६ सालमा विदेशी गैह्र सरकारी संस्थाहरुले नेपालमा परिवार नियोजन योजना ल्याए । त्यसपछि फाटफुट रुपमा शहरमा बस्ने केही शिक्षित र आधुनिक साँेच भएका मानिसहरुले परिवार नियोजन गर्न थाले । ०४० साल पछि धेरै प्रचार प्रसार बढेको हुनाले सबैले जानकारी पाए । तत्कालिन रुपमा राम्रा र नराम्रा पक्षहरुमा छलफल भयो । दीर्घकालिन रुपमा पर्ने प्रभावको बारेमा कतै पनि छलफल भएन ।


    त्यस समयमा चर्चा भएका नराम्रा पक्षहरुमा नशबन्दी गर्नु भनेको खसी पर्नु हो । खसी परेपछि पण्डितले  पूजापाठ गराउनु हुँदैन । किरिया गर्न, तिथि श्राद्घ गर्न, रुद्री सप्ताहा गर्न र अरु धर्म र कर्ममा सहभागी हुन हुँदैन । खसीले गरेको कर्मको फल मिल्दैन भन्दथे । अरु पक्षहरुमा एउटा छोरा पाएर नशबन्दी गर्दा दैव सम्योग परेमा अपुताली पर्न सक्न्ने । यौन क्रिया गर्दा आनन्द नआउने । श्रीमानले नशबन्दी गरेमा श्रीमती पोइला जाने । सन्तुष्टी नभएमा पर पुरुषसँग लाग्ने । श्रीमतीले गरेमा शरीर कमजोर हुने । घरको काम गर्न कठीन हुने ।  


     राम्रा पक्षहरुमा दुईमात्र सन्तान इश्वरका वरदान । हामी दुई हाम्रा दुई, सानो परिवार सुखी परीवार, धेरै सन्तान गरिबिको बाटो थोरै  सन्तान सम्पनताको बाटो, धेरै सन्तान रोगी सन्तान । थोरै सन्तान स्वस्थ सन्तान । जस्ता धेरै कुरामा प्रचार प्रसार भयो । केही उखान र ठट्यौली समेत बने । भाग्यमानिको भँसी वर्षाैैंटे, अभागिको स्वास्नी वर्षौंटे । दुईमात्र सन्तान इश्वरका वरदान, धेरै सन्तान आफ्नै वरदान । एउटो छोरो, एकमानो खर्च । 


    ०४० सालपछि फाटफुट रुपमा परिवार नियोजन गर्नेहरु बढ्न थाले । त्यस बेलासम्म धर्म र परम्पराको प्रभाव रहेको हुनाले ०४५÷०४६ सालसम्म ९-१० वटी छोरी पाएपछि छोरा पाउने आशामा केही मानिसले दोस्रो र तेस्रो विवाह समेत गरे । एउटा छोरो पाएपछि नशबन्दी गरे । सुरुमै छोरा पाउनेले ४ वटासम्म पाए । छोरी पाउनेले छोरालाई कुर्दा ८-९ वटासम्म छोरी पाए । एउटा वा २ वटा छोरा जन्मेपछि नशबन्दी गरे । 


    २०४५ सालपछि शहरमा लुकिछिपी गर्भपतन गर्ने चलन आयो । नशबन्दी गर्न गएकी महिला गर्भवती परेमा अस्पतालमा वा परिवार नियोजनको शिविरमा र्ने गर्भपतन गरिदिएर नशबन्दी गराए । स्वास्थ्य संस्थामा काम गर्ने नर्सहरुमा समेत परिवार नियोजन गर्न मानिसहरु लगेमा प्रति व्यक्ति भत्ता दिइन्थ्यो । ०४४-०४५ सालमा  परिविार नियोजन गर्ने महिलाले रु १०० पाउँथे भने नर्सहरुले कम्तिमा प्रति व्यक्ति रु ५० पाउँथे । नर्सको भत्ता हाकीमको र संस्थाको तजबिजअनुसार धेरै वा थोरै हुन्थ्यो जन्मेका सन्तानहरु हुर्कदै गए । छलफल चल्दै गयो । प्रभाव बढ्दै गयो । ०५०-०५२ सालपछि शहरमा गर्भको लिँङ्ग परीक्षण गर्ने चलन आयो । त्यस प्रविधिले गर्दा व्यापक  रुपमा छोरीको भ्रुण हत्या भयो । ०५९ सालमा गर्भ पतनले कानुनी मान्यता पायो । परिवार नियोजनको बहश चलाउँदा सुरुमा नै छोरा मान्छेले आत्म निर्भर बनेर ३५ वर्षमा र छोरी मान्छेले २५ वर्षमा विवाह गर्ने र ५ वर्षको फरकमा मात्र सन्तान जन्माउने कुरा चल्यो । त्यसो गरेमा नशवन्दी गर्नु पर्दैन भन्थे । रेडियोमा पनि “दोस्रो बच्चा कहिले, पहिलो स्कुल जान्छ जहिले” भन्ने गीत आउँथ्यो ।


    जन्म दरमा फरक परेपछि हाम्रो सामाजिक संरचना, व्यक्तिको बानि र व्यवहारमा  फरक आउन थाल्यो । पहिले आफ्ना सन्तानलाई जनतन हुर्काएर हात खुट्टो लाइदिएपछि आफ्नो भाग्य खाने हो । अरुको रिस गर्न हँुदैन । चर्खा घुमे जस्तै भाग्य पनि घुम्छ भन्दथे । सबै मानिसहरु आफ्नो हैसियत अनुसार व्यवहार चलाउँथे । सन्तानहरुले पनि आफ्नो कर्तव्य निभाउँथे । मान्यजनहरुको इज्जत गर्थे । 


    ०५० सालपछि छोरा मान्छेहरु धन कमाउन विदेश जान थालेपछि जन्मदरमा स्वत कमी आयो । परिवार नियोजनको प्रभाव विवाहमा पर्न थाल्यो । ०५० सालदेखि ०७० सालसम्म छोरीहरु धेरै हुर्केको र बहुविवाह गर्न नपाइने हुनाले केटा खोज्न मुस्किल भयो । स्नातक पढ्दै गरेका कन्याहरु एस.एल.सी. फेल भएका अरबी लाहुरेलाई समेत दिए । छोराहरुले कमाउनु पर्ने हुनाले पढ्न पाएनन् । गाउँहरुमा उच्च मा. वि. बनेपछि हुर्केका छोरीहरुले घरैबाट हिँडेर बाहृ कक्षा पास गरे । बीस वर्ष पुगेपछि मात्र छोरीको विवाह गर्नुपर्छ भन्ने चेतना फैलिएकाले बाहृ कक्षा पास हुनेहरु सबै क्याम्पसमा भर्ना भए । विवाह भएपछि थोरैले मात्र पढाइ पुरा गरे र धेरैले पढ्न छोडे । 


    ०७०÷०७२ सालपछि सबैको हातमा मोबाइल आएपछि व्यापक  रुपमा प्रेम गर्ने चलन आयो । केटीले केटा रोजेर बस्ने र परिवारले दिएको ठाउँमा विवाह गर्न नमान्ने गर्न थाले । परिवार नियोजन र गर्भ पतनले गर्दा ०७०-०७२ सालपछि विवाह योग्य कन्या पाउन मुश्किल भएको छ । अभिभावकले पैसा खर्च गरेर भाग्य बनाइ दिनुपर्दछ भन्ने सोँचको विकास भएको छ र केही रोजगार पाएका कन्याहरुले स्वतन्त्रता र आत्मनिर्भरताको ढोङ्मा बुढी कन्या बस्न चाहन्छन् । 


    त्यस्ता कन्याहरुले ३५ वर्ष काटेर माइतमा बस्दा भाउजू बुहारीले हेप्न थालेपछि र सँगी दमालीले छोराछोरी डो¥याउँदै श्रीमानसँग हिँडेको देख्दा बल्ल झसङ्ग भएर विवाह गरेका छन् । बुढी कन्याहरुले श्रीमती बितेका, सम्बन्धविच्छेद भएका, छोरा बुहारी विदेशमा भएका पुरुषसँग विवाह गर्ने गरेका छन् । पे्रम सम्बन्ध नभएका केटाहरुको असल व्यक्तित्व र प्रशस्त धन भए पनि कन्या पाउँन साह्रै मुश्किल भएको छ ।


    ०७० सालपछि फाटफुट रुपमा एउटा सन्तानमा चित्त बुझाएर बस्ने चलन आएको छ । धेरैको भनाइमा अहिलेको ठूलो खर्चले गर्दा त्यसो गरेको बताउँछ । ३ वटा सन्तान हुनेलाई धेरै जन्माएको भन्दछन् । ०७५-०७६ सालपछि पुरानो समाजिक संरचना व्यापक रुपमा फेरिएको छ । बच्चाहरुले धेरै सुसार पाएको हुनाले मोटोपन बढेको छ । घरको सामान्य काम गर्न पनि जान्दैनन् । पढाइमा र मोबाइलमा व्यस्त रहनाले मान्यजनको र आफन्तको इज्जत गर्दैनन् । 


    ०८०-०८१ सालसम्म आइपुग्दा ३÷४ वर्षसम्म कन्या खोज्दा नपाएर विवाह नभएका ३० वर्ष काटेका वरहरु प्रशस्त भेटिन्छन् । २५ वर्ष काटेका कन्याहरु विवाह गरेर अर्को घरमा जाँदा सोही घरको व्यवहारमा ढल्न नसकेको हुनाले कलह र सम्बन्धविच्छेद बढेको छ । प्राकृतिक रुपमा गर्भ बस्न समेत गाह्रो भएको छ । पहिले छोरा जन्मेमा २ वटा पाउने । छोरी जन्मेमा दोस्रो तेस्रो छोरी जन्मन नपाउने । केही जोडीहरुले एउटा सन्तानमा चित्त बुझाएर बस्न थालेका छन् । सबैले छोराको चाहना राख्दा अब हुर्कने सन्तानको विवाह कसरी होला ।


    समाज र धर्म जोडिएको हुनाले जन्मदरको प्रभाव धर्ममा पनि परेको छ । कसैले दुर्गा पूजा गरेर कन्याको पूजा गर्न ९ वर्ष मुनिका कन्याहरु खोज्दा गाउँमा नपुगेर अर्को गाउँबाट ल्याउनु परेको छ । केही ढाँेगीहरुले आफ्ना कन्याहरु गर्भमा मार्ने र पूजा गर्ने भनेर अरुको घरमा कन्या खोज्दै जान्छन् । एउटा मात्र छोरो भएमा योगी र सन्यासी लोप हुन सक्छन् । एउटा छोरो सन्यासी भएमा पितृहरु भोकै पर्छन् ।

    एउटा छोरो एकमानो खर्च भनेको पाहुनालाई खान दिए आफू भोकै, आफूले खाए पाहुनाभोकै भने जस्तै घर कुरेर बसेमा केही गर्न नसकेको हुने । छोरो विदेश गएको समयमा मोरु परेमा लास कुरेर बस्नु पर्ने र समयमा छोरो आउन नपाएमा अरुले किरिया गर्नुपर्ने भएको छ । छोरो नै मरेमा अपुताली पर्ने । ढिलो विवाह गर्ने र कमाउन विदेश जानाले जनसंख्या घट्ने । सन्तानहरुले कर्तव्य बोध र अनुशासनको शिक्षा नपाउनाले बुढाबुढी भएपछि सन्तानले हेप्ने गरेका छन् । 
    अहिलेको समस्यालाई फुकाउन नयाँ बहस चलाउनुपर्ने देखिन्छ । केटाकेटीले १६ वर्ष पुगेपछि विवाह गर्न पाउनु पर्ने । बुढी कन्या बस्न नपाइने । लमीले र पुरेतले समेत परिवार नियोजन र गर्भ पतन नगर्ने प्रतिबद्घता गराएर मात्र विवाह गरिदिने गरेमा आउने पुस्ताको लागि विवाहमा सजिलो हँुदै जाला ।

    images
    images
    images
    images

    © 2026 All right reserved to lumbinipatrika.com  | Site By : Sobij