बुटवल । न्यू होराइजन अंग्रेजी आवासीय मावि बुटवलमा तीज विशेष गीत र नृत्य प्रतियोगिता सम्पन्न भएको छ । कक्षा २ देखि १२ सम्मका सबै कक्षा र सेक्सनबाट छनोट भएका तथा शिक्षिका र महिला कर्मचारी टोलीलाई ५ समूहमा विभाजन गरी प्रतिस्पर्धा गराइएको थियो । प्रतियोगी समूहहरुले तहगतरुपमा तीजको महत्व, सामाजिक सञ्जालको प्रयोगका फाइदा र बेफाइदा, शिक्षाको महत्व र राष्ट्रियता लगायतका विषयका गीत र नृत्य प्रस्तुत गरेका थिए । जस अन्तर्गत कक्षा २–४ समूहमा कक्षा ३ प्रथम, ४ दोस्रो र २ तेस्रो भए । कक्षा ५–७ समूहमा ६ डी प्रथम,७ जी दोस्रो र ५ तेस्रो भए । कक्षा ८–१० समूहमा १० डी÷जी प्रथम,९ जी दोस्रो र ८ सी तेस्रो भएको छ ।
यस्तै कक्षा ११ र १२ समूहमा ११ को व्यवस्थापन संकाय प्रथम, १२ को विज्ञान दिवा टोली दोस्रो र ११ को व्यवस्थापन दिवा टोली तेस्रो भएका छन् । यस्तै महिला शिक्षिक र कर्मचारी समूहबाट कक्षा ८–१२ का शिक्षिका टोली प्रथम,महिला कर्मचारी टोली दोस्रो तथा प्रि नर्सरीदेखि कक्षा ३ सम्मका शिक्षिका टोली र कक्षा ४ देखि ७ सम्मका शिक्षिका टोली संयुक्त रुपमा तेस्रो भएका छन् ।
विजयी टोलीहरुलाई विद्यालय सञ्चालक समिति अध्यक्ष ज्ञानेन्द्र कसजू, संस्थाका कोषाध्यक्ष रामेश्वर श्रेष्ठ,प्राचार्य लोकनाथ उपााध्याय,उपप्राचार्यहरु बालकृष्ण भण्डारी,बासुदेव अर्याल, राजीव श्रेष्ठ, शिक्षकहरु विष्णुप्रसाद बस्याल, ईसीए इन्चार्ज बालकृष्ण बस्याल,शिक्षक कपिल आचार्य, हरि पौडेल, मिलन राना लगायतले पुरस्कार तथा प्रमाणपत्र वितरण गरेका थिए । प्रमाणपत्र वितरण गर्दै वक्ताहरुले न्यू होराइजनले विद्यार्थीको शैक्षिक गुणस्तरसंगै सर्वाङगीण विकासलाई उत्तिकै प्राथमिकता दिएर अध्ययापन र प्रशिक्षण गराइरहेको बताएका थिए ।




