२०८३, आश्विन २३ गते

Oct 09 2026

images
images

सर्वोच्चको आदेशपछि लुम्बिनी क्षेत्रका कार्बन उत्सर्जन गर्ने यी उद्योगहरू सार्नुपर्ने

सर्वोच्चको आदेशपछि लुम्बिनी क्षेत्रका कार्बन उत्सर्जन गर्ने यी उद्योगहरू सार्नुपर्ने

यो फैसलाले वृज सिमेन्ट, अम्बे स्टील, अर्घाखाँची सिमेन्ट, जगदम्बा सिमेन्ट र हिमाल स्न्याक्सलाई प्रत्यक्ष प्रभाव पर्ने

सर्वोच्चको आदेशपछि लुम्बिनी क्षेत्रका कार्बन उत्सर्जन गर्ने यी उद्योगहरू सार्नुपर्ने

सर्वोच्चको आदेशपछि लुम्बिनी क्षेत्रका कार्बन उत्सर्जन गर्ने यी उद्योगहरू सार्नुपर्ने

यो फैसलाले वृज सिमेन्ट, अम्बे स्टील, अर्घाखाँची सिमेन्ट, जगदम्बा सिमेन्ट र हिमाल स्न्याक्सलाई प्रत्यक्ष प्रभाव पर्ने

सर्वोच्चको आदेशपछि लुम्बिनी क्षेत्रका कार्बन उत्सर्जन गर्ने यी उद्योगहरू सार्नुपर्ने
लुम्बिनी पत्रिकाले सञ्चालनमा ल्याएको आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, अन्तर्वार्ता, सूचना प्रविधि तथा जीवनका विभिन्न आयामका सम्पूर्ण समाचार र विश्लेषणलाई समुचित रूपमा पस्कँदै आएको छ।
बिहिवार, भाद्र १२ २०८२
बिहिवार, भाद्र १२ २०८२
  • बुटवल । लुम्बिनी क्षेत्र वरपरको १५ किलोमिटर वा ८०० मिटर आसपासका कार्बन उत्सर्जन गर्ने उद्योग सार्न र नयाँ नखोल्न सर्वोच्च अदालतले परमादेश जारी गरेको छ । 

    बुधबार सर्वोच्चका न्यायाधीशद्वय कुमार रेग्मी र सुनिलकुमार पोखरेलको संयुक्त इजलासले कार्बन उत्सर्जन गर्ने उद्योग दुई वर्षभित्र अन्यत्र स्थानान्तरण गरेर यस्ता किसिमका नयाँ उद्योग नखोल्न आदेश दिएको हो । उद्योगबाट निस्किएको फोहोरले प्रदूषित भएकोले अहिले सञ्चालनमा भएका उद्योगको विकल्प खोज्न समेत सर्वोच्चले आदेश गरेको छ । 

    यो फैसलाले वृज सिमेन्ट, अम्बे स्टील, अर्घाखाँची सिमेन्ट, जगदम्बा सिमेन्ट र हिमाल स्न्याक्सलाई प्रत्यक्ष प्रभाव पर्ने छ । यसको पक्षमा यी उद्योगको तर्फबाट अधिवक्ताहरूले बहस गरेका थिए । 

    जैविक विविधताको हिसाबले लुम्बिनी धेरै नै महत्त्वपूर्ण मानिने र यसलाई जोगाउनुपर्ने फैसलामा उल्लेख छ । "लुम्बिनीमा १६ वटा सिमसार क्षेत्र रहेका छन् र ती सिमसार क्षेत्रमा सारस लगायतका विभिन्न चराहरूको वासस्थान रहेको पाइन्छ । पछिल्लो अनुसन्धानले नेपालमा पाइने ६९० सारसमध्ये ६५२ वटा लुम्बिनीमा रहेको पाइएको छ । लुम्बिनी क्षेत्रमा अत्यधिक वातावरण प्रदूषणले हराउँदै गएका लोपोन्मुख चराचुरुंगीको वासस्थानमा समेत गम्भीर क्षति पुगिरहेको छ," फैसलामा भनिएको छ । 

    नेपालका ऐतिहासिक, सांस्कृतिक, धार्मिक, पुरातात्विक र प्राकृतिक सम्पदाहरूको पहिचान, संरक्षण, प्रवर्धन एवं प्रचार प्रसारमार्फत राष्ट्रिय अर्थतन्त्रको महत्त्वपूर्ण आधार बन्ने पनि फैसलामा उल्लेख छ । "पर्यावरण अनुकूल पर्यटन उद्योगको विकास गर्ने, पर्यटन संस्कृतिको विकास गर्न आवश्यक वातावरण एवं नीति निर्माण गर्ने तथा पर्यटन उद्योगको लाभ वितरणमा स्थानीय जनतालाई प्राथमिकता दिने भन्ने व्यवस्था रहेको छ । यसबाट नेपाली अर्थतन्त्रको महत्त्वपूर्ण आधार ऐतिहासिक, सांस्कृतिक, धार्मिक, पुरातात्विक र प्राकृतिक सम्पदा केन्द्रित पर्यटन उद्योगको विकास भन्नेमा विवाद रहेन," फैसलामा भनिएको छ । 

    लुम्बिनी मासिएमा अर्को लुम्बिनी बन्न नसक्ने भन्दै उद्योग सार्न सकिने पनि फैसलामा लेखिएको छ । "लुम्बिनी सार्न वा यसको विकल्प खोज्न सकिँदैन । तसर्थ, लुम्बिनीलाई नेपाल र नेपालीले गर्नसक्ने सम्पूर्ण निर्णय र प्रयास गरी बचाउन जरुरी छ । उद्योग, कलकारखानाले रोजगारी दिन्छन्, राजस्वमा योगदान पुयाउँछन् भन्ने तथ्यलाई स्वीकार्दा पनि लुम्बिनी आफैँमा धेरै ठूलो आध्यात्मिक उद्योग हो र यसले पर्यटन उद्योगको माध्यमबाट राष्ट्रिय अर्थतन्त्रमा पार्ने सकारात्मक प्रभावको तुलना अन्य उद्योगसँग गर्न मिल्दैन," फैसलामा उल्लेख छ ।

    लुम्बिनी झण्डै दुई अर्ब विश्वको जनसंख्याको धार्मिक आस्थाको केन्द्र र शान्ति र अहिंसा प्रेमी विश्वभरका मानवहरूको समेत आस्था र आकर्षणस्थल भएकाले विश्व मानवताका लागिसमेत नेपालको भू–भागभित्र रहेको भगवान बुद्धको जन्मस्थल लुम्बिनी र बृहत्तर लुम्बिनीको संरक्षणका लागि आवश्यक सबै कदम चाल्न नेपाल सरकारलाई भनिएको छ । 

    images
    images
    images
    images

    © 2026 All right reserved to lumbinipatrika.com  | Site By : Sobij