२०८३, आश्विन २३ गते

Oct 09 2026

images
images

स्याङ्जाका कृषकले उत्पादन गरे पाँच करोडको मह

स्याङ्जाका कृषकले उत्पादन गरे पाँच करोडको मह

स्याङ्जाका कृषकले उत्पादन गरे पाँच करोडको मह

स्याङ्जाका कृषकले उत्पादन गरे पाँच करोडको मह

स्याङ्जाका कृषकले उत्पादन गरे पाँच करोडको मह
लुम्बिनी पत्रिकाले सञ्चालनमा ल्याएको आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, अन्तर्वार्ता, सूचना प्रविधि तथा जीवनका विभिन्न आयामका सम्पूर्ण समाचार र विश्लेषणलाई समुचित रूपमा पस्कँदै आएको छ।
शुक्रवार, भाद्र १३ २०८२
शुक्रवार, भाद्र १३ २०८२
  • प्रकाश डोटेल
    स्याङ्जा
    स्याङ्जाका मौरीपालक कृषकले पाँच करोड मूल्य बराबरको मह उत्पादन गरेका छन् । जिल्लाका व्यावसायिक मौरीपालक ५२९ कृषकले गएको वर्ष तीन मौसम (सिजन) मा गरि ५ करोड ४५ लाख ७२ हजार मूल्यको मह उत्पादन गरेका हुन् ।


    ११ हजार १३७ घार (गोला) मौरीपालन गर्दै आएका कृषकले ३८ हजार ९८० किलोग्राम मह उत्पादन गरेका छन् । मह उत्पादन हुने मौसममा प्रतिकिलो १२ सयमा बिक्री गरेका कृषकले बेमौसम (अफसिजन) मा १६ सय रुपैयाँसम्मको मूल्यमा प्रतिकिलो मह बिक्री गर्दै आएका छन् ।


    जिल्लामा वार्षिक रुपमा सबैभन्दा बढी बिरुवा गाउँपालिकामा दुई हजार ५ सय घार पाल्ने ८० कृषकले ८ हजार ७५० किलो मह उत्पादन गरेका छन् । वालिङ नगरपालिकाका ४० कृषकले १ हजार ५ सय घारबाट ५ हजार २५०, र फेदीखोला गाउँपालिकाका ४० कृषकले एक हजार तिन सय घारबाट चार हजार ५५० किलोग्राम मह उत्पादन गरेको कृषि ज्ञान केन्द्रले जनाएको छ । 


    केन्द्रले दिएको जानकारी अनुसार चापाकोट नगरपालिकाका ८० कृषकले चार हजार दुई सय, कालिगण्डकी गाउँपालिका झण्डै सय कृषकले तीन हजार ८५०, पुतलीबजार नगरपालिकाका ७५ मौरीपालक कृषकले तीन हजार ५ सय र अर्जुनचौपारी गाउँपालिकाका ३० कृषकले तीन हजार पाँच सय किलोग्राम मह उत्पादन गरेका छन् । 


    त्यस्तै गल्याङ नगरपालिकाका ८० कृषकले दुई हजार ४५०, आँधीखोलाका २२ कृषकले एक हजार ७५०, हरिनाश गाउँपालिकाका १२ कृषकले ६५५ र भीरकोट नगरपालिकाका १० कृषकले ५२५ किलोग्राम मह उत्पादन गरेको केन्द्रका कृषि विकास अधिकृत विकास विकले जानकारी दिए । 


    राम्रो चरन भएको ठाउँका मौरीको घारबाट वर्षमा जेठ–असार, असोज–कार्तिक र फागुन–चैत्रमा गरि तीन पटक मह निकाल्ने (काड्ने) गरिन्छ । उत्पादित महको ७० प्रतिशत ठूलो हिस्सा स्थानीय बजारमा खपत हुँदै आएको छ भने ३० प्रतिशत पोखरा, बुटवल र काठमाडौं जस्ता सहरमा निकासी हुँदै आएको छ ।


    जेठ–असार र असोज–कार्तिकमा निकालेको मह राम्रो र गुणस्तर देखिन्छ भने फागुन–चैत्रमा निकाल्ने मह गुणस्तरीय भए पनि राम्रो नदेखिने २५ वर्षदेखि मौरीपाल्दै आएका ७४ वर्षीय अनुभवी कृषक श्यामप्रसाद अर्याल बताउँछन् । राम्रो चरनका पहाडे मौरीको मह स्थानीय बजारमै खपत हुँदै आएको दाबी गर्ने अर्यालले भारतीय कम्पनीमा बनेका कृत्रिम महले सक्कली (स्थानीय÷रैथाने) महको बजार बिगारेको सुनाए । 


    पछिल्ला केही वर्षदेखि व्यावसायिक कीट विकास केन्द्र बन्दिपुर तनहुँले मौरीपालन र च्याउ खेतीमा स्याङ्जाका कृषकलाई सहयोग गर्दै आएको केन्द्रले जनाएको छ । केन्द्रको सहयोगमा मौरीपालक र च्याउ खेती गर्ने कृषकको संख्या र उत्पादनमा वृद्धि हुने अपेक्षा गरिएको छ ।

    images
    images
    images
    images

    © 2026 All right reserved to lumbinipatrika.com  | Site By : Sobij